• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रदीप गिरि: जसको निधनले कांग्रेसमात्रै नभइ वामपन्थी दलहरुसमेत बने भावुक

64x64
भूपेन्द्र शाह ठकुरी आइतबार, भदौ ५, २०७९  १९:३१
1140x725

काठमाडा‌ै- नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको पार्थिव शरीरमा माल्यापर्ण गर्न आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा निकै भीड थियो। समाजवादी चिन्तक, आदर्श पुरुष र निष्ठाको दीपको रुपमा चिनिने प्रदीप कांग्रेसको मात्रै नेता नभएर देशकै नेताको रुपमा रहेको श्रद्धाञ्जली कार्यक्रमले समेत प्रष्ट देखायो।

उनको पार्थिव शरीरमा माल्यापर्णका लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) देखि सत्ता गठबन्धन दल र आम सर्वसधारणहरु भावुक मुद्रामा श्रद्धाञ्जली दिन पंक्तिवद्ध थिए। कांग्रेस नेताहरू मात्र नभएर कम्युनिष्टका नेताहरुले समेत भावुक हुँदै उनको निधनले देशले एक बौद्धिक, समाजवादी चिन्तक गुमाएको बताए। 

कांग्रेस नेता अर्जुन नरसिंह केसीले गिरि एक विश्लेषक, समाजवादी चिन्तक, लेखक, समीक्षक, आलोचकलगायतका थुप्रै दृष्टिकोणबाट बहुप्रतिभाको धनी रहेको बताए। केसीले अथक संषर्घले लोकतान्त्रिक समाजवादी चिन्तनलाई  गिरिले आफ्नो राजनीतिक जीवनको प्रारम्भिक कालदेखि नै सुरू गरेको स्मरण गरे।

श्रद्धाञ्जली दिँदै नेकपा समाजवादी पार्टी (एस) का अध्यक्ष माधवकुमार नेपालले प्रदीप गिरि नेपाली राजनीतिको एक शिखर पुरुष रहेको प्रतिक्रिया दिए। उनले गिरिले देखाएका सपनाहरु कांग्रेसले पूरा गरोस् भन्ने शुभेच्छासहित श्रद्धाञ्जली अर्पण गरे। 

उनले भने, ‘यो मुलुकमा जनतालाई सुशासनको प्रत्याभूति दिन सकियोस्  भन्ने नै प्रदीप गिरिको अन्तिम इच्छा, चाहना थियो। उहाँको भावनालाई कदर गर्दै नेपाली कांग्रेस उहाँले देखाएको बाटोमा अगाडि बढोस्।’ अध्यक्ष नेपालले वीपी कोइरालाको अत्यन्तै अनुयायी गिरि हाम्रो बीचमा नरहेको बताउँदै नेकपा एकिकृत समाजवादी दुखी भएको बताए। 

नेपालले भने, ‘पछिल्लो पुस्ताले गिरिका समपर्णको भावना, सारा जीवन र उच्च विचार। भ्रष्टाचारमा कहिले नमुछिने व्यक्ति, जो व्यक्ति सिद्धान्तनिष्ठ हुनुहुन्थ्यो। पदको उहाँलाई कहिले पनि चाहना थिएन। पदको निम्ती कहिले पनि मरिहत्ते गर्नुभएन। पारिवारिक जीवनभन्दा पनि उहाँ आनन्दको जीवन बाँच्न चाहनुहुन्थ्यो। उहाँको सेवा भावनालाई सबैले ग्रहण गरेर उहाँका विचार र आचरणहरु नयाँ पुस्ताले प्रेरित भएर अघि बढ्न सक्नु नै गिरिप्रति सच्चा श्रद्धाञ्जली हुन्छ।’

नेपाली कांग्रेसका नेता तथा पूर्व भूमिसुधार सहायक मन्त्री जनकराज गिरिले कांग्रेसको मात्र नभएर नेपालको राजनीतिमा एक प्रभावशाली व्यक्तित्व गुमेको प्रतिक्रिया दिए। उनले भने, ‘इमान्दारिता र सैद्धान्तिक राजनीतिमा एक नक्षत्रको अन्त्य भएको महसुस गरेको छु।’ 

पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्गले नेपाली राजनीतिले एक आदर्श शिखर पुरुष गुमाएको भन्दै दुःख व्यक्त गरे। श्रद्धाञ्जली सभापछि नेम्बाङले भने, ‘संविधान निर्माणको क्रममा दुई÷दुई पटक अन्यौल सिर्जना भयो। त्यतिबेला उहाँले म सँग भेटेर प्रष्ट रुपमा सुझाव दिनुहुन्थ्यो। एउटा अध्ययनशील व्यक्ति गुमाउनु पर्दा हामी सबै दुःखित छौं। उहाँबाट सिक्नुपर्ने महत्वपूर्ण कुरा भनेको एउटा त अध्ययनशीलता नै हो। उहाँको कसैसँग तुलना हुन सक्दैन।’

nimb
nimb
Ncell 2
Ncell 2

'मार्क्सवादको सन्दर्भमा उहाँको अध्ययन निकै गहन थियो। उहाँ बेलाबेला विभिन्न कम्युनिष्ट पार्टीका नेताहरुलाई भन्ने गर्नुहुन्थ्यो। हामीसँगै कुरा गर्नुहुन्थ्यो। संसदमा कहिलेकाहिँ बोल्ने गर्नुहुन्थ्यो। बोल्दा उहाँलाई सुन्न सबैले प्रदीप गिरि बोल्ने भनेपछि पर्खेर बसेका हुन्थे। प्रदीप गिरिको कुरा ध्यानपूर्वक सुन्थे’ नेम्वाङले भने।

जनता समाजवादी पार्टीका नेता सुरेन्द्र झाले प्रदीप गिरि आफ्नो अभिभावक भएको बताए। उनले आफ्नै घरमा बसेर गिरिले २०५१ सालमा प्रथमपटक संसदमा निर्वाचित भएको बताए। झाले भने, ‘मेरो लागि उहाँ राजनीतिको प्रथम गुरु हुनुहुन्छ। मैले उहाँलाई नजिकबाट सेवा गर्ने अवसर पाएको थिएँ। 

उनले भने अहिले नेपालमा निष्ठाको राजनीतिमा खडेरी छ,त् यसमा उहाँ आदर्श पुरुष हुनुहुन्थ्यो। उहाँले लोकतन्त्रलाई आफ्नो जीवनशैली बनाउनुभएको थियो। उहाँको सदाचारिता, जीवनशैली थियो, लोकतन्त्र जीवनशैलीमा रुपान्तरण गर्न सकिन्छ भन्ने उदाहरणीय व्यक्तित्व प्रदीप गिरि हुनुभयो। नेपाली कांग्रेसभित्र थुपैं डुब्लिकेट मधेशी नेता भएपनि गिरि सच्चा मधेशी आमाको सच्चा मधेशी सुपुत्र होे। ०६२/०६३ को आन्दोलन गर्दैगर्दा त्यो आन्दोलनको नेतृत्व समेत गिरिले गरेको मेरो स्मरणमा छ,’ झाले भने। 

गिरिको निधनप्रति नेपाल विद्यार्थी संघ त्रिविका कार्यबाहक अध्यक्ष गणेश भण्डारीले कांग्रेसले एक बौद्धिक नेता गुमाउँदा ठूलो क्षति पुगेको बताए। उनले भने, ‘पार्टीभित्र वैचारिक राजनीतिको एउटा अंश बाँकी थियो। त्यो अंश पनि हिजोका दिनदेखि सकिएको छ। कांग्रेस भित्र वैचारिक न्यायको आशा लाग्दो दीप निभेको छ’। गिरिका आदर्शलाई कांग्रेसले व्यवहारमा उतार्नु पर्नेमा भण्डारीले जोड दिए। 

 नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले गिरिको निधनले पार्टीको मात्र क्षति नभएर देशकै क्षति भएको प्रतिक्रिया दिए। उनले भने, ‘उहाँको जुन राजनीति दर्शन हो, त्यो जन्मनका लागि युग नै लाग्छ होला। त्यो युगले पनि त्यस्तो मानिस जन्माउँछ या जन्माउँदैन थाहा छैन। त्यसैले जिउँदाहरुले उहाँको दर्शन, शैली, विचार अनि उहाँको जनशैली र नेपालको समृद्धिका लागि देखाउनु भएको खाका आफ्नो बौद्धिकताले दिनुभएको छ। बाँकी रहेका राजनीतिकर्मीहरुले त्यसलाई परिपूर्ति गर्ने बाटोतिर लाग्यो भने नेपालले समृद्धि प्राप्त गर्न सक्छ।’

नेपाल तरुण दलका पूर्वमहासचिव भूपेन्द्र शाहीले नेपाली राजनीतिमा एउटा प्रभावशाली व्यक्तित्वको अन्त्य भएको बताए। ‘इमान्दारिताको राजनीति, सैद्धान्तिक मूल्यमान्यताको राजनीतिमा त्यो क्षेत्रको नक्षत्र गुमाएको महसुस भएको छ। सिंगो पार्टी र लोकतान्त्रिक आन्दोलनमा क्षति पुगेको छ। राजनीति गर्न चाहने सबैले उहाँको प्रेरणा लिएर अध्ययन, नैतिकता, इमान्दारितामा जोड दिन जरुरी छ,’ शाहीले भने।

कांग्रेस नेता एवं प्रवक्ता प्रकाशशरण महतले प्रदीप गिरि बहुआयामिक प्रतिभा भएको व्यक्तित्वको रुपमा स्मरण गरे। उनले भने, ‘गिरिमा कुनै लोभलालच थिएन। त्यसैले उहाँ निर्वाध रुपमा आफ्ना कुरा राख्न सक्नुहुन्थ्यो। आफ्नै नेता आफ्नै पार्टीका विषयमा पनि कहीं कमीकमजोरी देखियो भने समालोचना, आलोचना गर्नुहुन्थ्यो। उहाँमा अथाह ज्ञान थियो। उहाँ समाजवादी चिन्तक पनि हुनुहुन्थ्यो।’

कांग्रेसका ऐतिहासिक ग्रन्थ र पुँजीमा समेत गिरिसँग महत्वपूर्ण ज्ञान भएको महतले बताए। उनले समाजवादी चिन्तक हुँदै हरेक विषयवस्तुमा गहिरो विश्लेषण गर्न सक्ने व्यक्तित्व भएको बताउँदै कांग्रेसको जीवनमा उहाँको योगदानबाट अत्यन्तै फाइदा पुगेको दाबी गरे। यस्तो व्यक्तित्व यदाकदा मात्रै जन्मिने भएकाले कांग्रेस र मुलुकका लागि अपूरणीय क्षति भएको उनले बताए।
 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ चरित्र हत्या र गोपनीयता भंग हुनेगरी समाचार प्रकाशन गरेको आरोपमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा शुक्र... शुक्रबार, साउन २९, २०८३
बीपी राजमार्गमा राति सवारी रोक‚ अरनिकोमा तीन स्थानमा अवरोध लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। शुक्रबार, साउन २९, २०८३
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित] पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या १० पुगेको छ भने २ जना घाइतेलाई उपचारको लागि बुटवलतर्फ पठाइएको नेपाल प्रहरीले जनाएको... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ शुक्रबार, साउन २९, २०८३
कास्कीमा २ वटा पुल बगायो , मन्दिरमा फसेका ३ जनाको उद्दार प्रयास जारी शुक्रबार, साउन २९, २०८३
बाजुरामा पहिरो जाँदा दुई जना घाइते‚ एक बेपत्ता शुक्रबार, साउन २९, २०८३
‘नैतिक पतन’व्यक्तिलाई प्रज्ञा प्रतिष्ठानको कुलपति बनाएको आरोप शुक्रबार, साउन २९, २०८३
क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, साउन २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्