काठमाडौं– अल–शबाब आतंककारीहरुले सोमालियाको राजधानी मोगादिसुको हयात होटलमा आक्रमण गरेको झण्डै ३० घण्टापछि घेराबन्दी समाप्त भएको सरकारी सेनालाई उद्धृत गर्दै सञ्चारमाध्यमहरु जानकारी दिएका छन्।
अल–शबाब आतंककारीहरुले गरेको आक्रमणमा ४० जनाको मृत्यु हुनुका साथै ७० भन्दा बढी घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षा अधिकारी र आक्रमणकारीहरूबीच झण्डै ३० घण्टासम्म गोली हानाहान जारी रहेको छ।
अल–कायदा आतंककारी समूहसँग आबद्ध अल–शबाबले सोमालियाको सरकारविरुद्ध सशस्त्र संघर्ष गरिरहेको छ र अझै पनि देशको दक्षिणी र मध्य भागमा ठूलो भूभागमा नियन्त्रण गरिरहेको छ।
भारतले मोगादिसुको हयात होटलमा भएको आक्रमणको कडा शब्दमा निन्दा गर्नुका साथै पीडित परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेको छ। भारतले सोमालियाको सरकार र जनताको आतंकवादविरुद्धको लडाइँमा साथ रहने आश्वासन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।