• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

साढे २ किलोमिटर सडक ग्राभेलको योजनामा साढे १६ लाख घोटाला: फिल्डमा ११ सय घनमिटरको काम, कागजमा बन्यो १८ सय! 

64x64
नारायण अधिकारी आइतबार, भदौ ५, २०७९  १५:१६
1140x725

काठमाडौं– साढे २ किलो मिटर सडक ग्राभेल गर्दा नै १६ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको पाइएको छ। फिल्डमा कम गरेर कागजमा भने सम्झौता अनुसारको काम सम्पन्न भएको देखाउँदै १६ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ। 

पूर्वाधार विकास कार्यालय, रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद रायसहित सोही कार्यालयका इन्जिनियर राम किशोर साह, सव–इन्जिनियर प्रेमचन्द्र झा, पूर्वाधार विकास कार्यालय रौतहटका लेखा अधिकृत महम्मद दाउद र सडक मर्मत तथा ग्राभेल निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष राम कुमार महतो मिलेर १६ लाख भन्दा बढी भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ।

विशेष अदालतमा मुद्दा
यी ५ जना मिलेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ। उनीहरु विरुद्धको अभियोग पत्रमा फिल्डमा कम काम गरेर कागजमा भने पूर्वसम्झौता बमोजिम देखाएर भ्रष्टाचार गरेको उल्लेख गरिएको हो। सर्लाहीको रामनगर गाउँपालिका–६ स्थित मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्मको सडक स्तरोन्नति गर्दा उनीहरुले भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। 

४७ लाख ८३ हजार ८१४ रुपैयाँ लागत अनुमान गरिएको यो सडक स्तरोन्नति गर्नका लागि २०७६ वैशाख १५ गते ठेक्का सम्झौता भएको थियो। सडकको दुबैतर्फको किनारामा माटो खन्ने, भर्ने र सडक चौडा पार्ने, ग्राभेल गरी सडकको सतह तयार पार्ने, ग्राभेल गरी रोलर मेसिनले थिचेर सडक तयार पार्ने भन्दै सम्झौता गरिएको थियो। 

निर्माण सम्पन्न गर्दा ४७ लाख ७९ हजार ८२ रुपैयाँ लागेको भन्दै रकम समेत भुक्तानी गरिएको थियो। तर, रकम भुक्तान गरेर जिम्मा समेत लगाइएको उक्त सडकमा ग्राभेल गर्दा भ्रष्टाचार गरेको निष्कर्ष अख्तियारले निकालेको छ।

साढे २ किलोमिटर लम्बाइको उक्त सडकमा ५ मिटर चौडाइ समेत बनाई ०.५ मिटर मोटो ग्रोभलेको चौडाइ बनाइ काम गर्नका लगि २०७६ वैशाख १५ गते रकम स्वीकृत भएको थियो। 

काम सम्पन्न गरी बिल भर्पाइसहित मूल्याङ्कन पेस गर्नको लागि ‘सडक मर्मत तथा ग्राभेल निर्माण कार्य उपभोक्ता समिति’ लाई निर्देशन दिइएको थियो। समितिले २०७६ असार १० गते सडक निर्माण सम्पन्न भएको भन्दै रकम भुक्तानीका लागि पूर्वाधार विकास कार्यालय, रौतहटलाई पत्राचार गरेको थियो। 

काम सम्पन्न भयो भनेर पेस गरिएका कागजातहरुमा १८७३ घनमिटर ग्राभेलको काम भएको भनेर उल्लेख गरिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

उक्त काम सम्पन्न गर्नका लागि ४७ लाख ७९ हजार ८२ रुपैयाँ लागको भन्दै उनीहरुले रकम भुक्तानी लिइसकेका थिए। २५ सय मिटर लम्बाइ र ५ मिटर चौडाइको सडकमा ०.१५ मिटर ग्राभेलको मोटाइ गरी १८ सय ७३ घनमिटर काम भएको भनि पूर्वाधार विकास कार्यालय रौतहटले रकम भुक्तान गरेको थियो। 

उक्त ग्राभेल गर्ने कामको दररेट प्रतिघनमिटर २ हजार ३१५ रहेको पूर्वाधार विकास कार्यालयले गरेको दररेटको विश्लेषणबाट देखिन्छ।

अख्तियारको बर्दिबासबाट खटिएको टोलीले समेत उक्त सडक तोकिएको मापदण्ड अनुसार नै भएको भनेर स्वीकृत समेत गरेको थियो। अख्तियारको बर्दिबासबाट शाखा अधिकृत रोशन कुमार घिमिरे र इन्जिनियर सबिन कासुलाको टोलीले २०७६ माघ २२ गते स्थलगत जाँच गरी पेस गरिएको भनिएको प्रतिवेदनमा लागत अनुमान गरिए अनुसार नै १,८७३ घनमिटरको काम भएको भन्दै नापी किताब स्कृवीत समेत गरेको देखिन्छ। तर, पछि पुनः स्थलगत नापजाँच गर्दा २ हजार ५ मिटर लम्बाइ हुनुपर्नेमा २ हजार ४६० मिटर लम्बाइ, ५ मिटर चौडाइ हुनेपर्नेमा ४.७० मिटर चौडाइ र ग्राभेलको मोटाई ०. १५ हुनुपर्नेमा ०.१० मिटर ग्राभेलको मोटाइ गरी १ हजार १५६ घनमिटरको मात्रै काम भएको पाइएको थियो। 

काम गरेभन्दा  बढी रकम भुक्तानी 
यसरी उक्त ग्राभेलको आइटममा १ हजार १५६ घनमिटरको काम गर्दै १ हजार ८७३ घनमिटर दाबी गरेर भुक्तान लिइएको अनुसन्धानबाट खुलेको छ। काम गरेभन्दा ७१६.८० घनमिटर बढीको रकम उनीहरु ५ जनाले लिएको अख्तियारको दाबी छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रतिघनमिटरको दररेट २ हजार ३१५ का दरले उनीहरु ५ जनाले १६ लाख ५९ हजार ९७२ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। सोही अनुसार उनीहरुलाई कारबाहीको माग गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा मुद्दा दर्ता गरिएको हो।

निमित्त कार्यालय प्रमुख शिवजी, इन्जिनियर राम किशोर र सव इन्जिनियर झाले गलत नापी किताब र भुक्तानी बिल बनाएर भ्रष्टाचारको भन्दै बिगो बमोजिमको जरिवना मागदाबी गरिएको छ। उनीहरु सरकारी निकायमा कार्यरत कर्मचारी भएकाले ऐनको दफा १९ को उपदफा १ बमोजिम १० वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवनाको समेत माग दाबी गरिएको हो। 

रकम भुक्तानी गर्दा मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त समेत नगरेका कम्पनीलाई बिल विजक समेत जारी गर्न नलगाइ मूल्य अभिवृद्धि करबापतको कर राजश्व ४ लाख ९७ हजार ५६६ रुपैयाँ चुहावट गरेको भन्दै लेखा अधिकृत महम्मदलाई उक्त रकमको दोब्बर जरिवाना माग गरिएको छ।

उपभोक्ता समितिका अध्यक्ष राजकुमारले उक्त सडक निर्माण कार्यको गलत नापी किताब र भुक्तानी बिल तयार पारी गैरकानुनी लाभ लिएको भन्दै उनीविरुद्ध पनि सजाय मागदाबी गरिएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्