• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ४, २०८२ Tue, Oct 21, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

साढे २ किलोमिटर सडक ग्राभेलको योजनामा साढे १६ लाख घोटाला: फिल्डमा ११ सय घनमिटरको काम, कागजमा बन्यो १८ सय! 

64x64
नारायण अधिकारी आइतबार, भदौ ५, २०७९  १५:१६
1140x725

काठमाडौं– साढे २ किलो मिटर सडक ग्राभेल गर्दा नै १६ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको पाइएको छ। फिल्डमा कम गरेर कागजमा भने सम्झौता अनुसारको काम सम्पन्न भएको देखाउँदै १६ लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ। 

पूर्वाधार विकास कार्यालय, रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजी प्रसाद रायसहित सोही कार्यालयका इन्जिनियर राम किशोर साह, सव–इन्जिनियर प्रेमचन्द्र झा, पूर्वाधार विकास कार्यालय रौतहटका लेखा अधिकृत महम्मद दाउद र सडक मर्मत तथा ग्राभेल निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष राम कुमार महतो मिलेर १६ लाख भन्दा बढी भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानमा खुलेको छ।

विशेष अदालतमा मुद्दा
यी ५ जना मिलेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भइसकेको छ। उनीहरु विरुद्धको अभियोग पत्रमा फिल्डमा कम काम गरेर कागजमा भने पूर्वसम्झौता बमोजिम देखाएर भ्रष्टाचार गरेको उल्लेख गरिएको हो। सर्लाहीको रामनगर गाउँपालिका–६ स्थित मलघट्टा चोकदेखि गोडैता नगरपालिकाको रामवन चोकसम्मको सडक स्तरोन्नति गर्दा उनीहरुले भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ। 

४७ लाख ८३ हजार ८१४ रुपैयाँ लागत अनुमान गरिएको यो सडक स्तरोन्नति गर्नका लागि २०७६ वैशाख १५ गते ठेक्का सम्झौता भएको थियो। सडकको दुबैतर्फको किनारामा माटो खन्ने, भर्ने र सडक चौडा पार्ने, ग्राभेल गरी सडकको सतह तयार पार्ने, ग्राभेल गरी रोलर मेसिनले थिचेर सडक तयार पार्ने भन्दै सम्झौता गरिएको थियो। 

निर्माण सम्पन्न गर्दा ४७ लाख ७९ हजार ८२ रुपैयाँ लागेको भन्दै रकम समेत भुक्तानी गरिएको थियो। तर, रकम भुक्तान गरेर जिम्मा समेत लगाइएको उक्त सडकमा ग्राभेल गर्दा भ्रष्टाचार गरेको निष्कर्ष अख्तियारले निकालेको छ।

साढे २ किलोमिटर लम्बाइको उक्त सडकमा ५ मिटर चौडाइ समेत बनाई ०.५ मिटर मोटो ग्रोभलेको चौडाइ बनाइ काम गर्नका लगि २०७६ वैशाख १५ गते रकम स्वीकृत भएको थियो। 

काम सम्पन्न गरी बिल भर्पाइसहित मूल्याङ्कन पेस गर्नको लागि ‘सडक मर्मत तथा ग्राभेल निर्माण कार्य उपभोक्ता समिति’ लाई निर्देशन दिइएको थियो। समितिले २०७६ असार १० गते सडक निर्माण सम्पन्न भएको भन्दै रकम भुक्तानीका लागि पूर्वाधार विकास कार्यालय, रौतहटलाई पत्राचार गरेको थियो। 

काम सम्पन्न भयो भनेर पेस गरिएका कागजातहरुमा १८७३ घनमिटर ग्राभेलको काम भएको भनेर उल्लेख गरिएको थियो। 

Ncell 2
Ncell 2

उक्त काम सम्पन्न गर्नका लागि ४७ लाख ७९ हजार ८२ रुपैयाँ लागको भन्दै उनीहरुले रकम भुक्तानी लिइसकेका थिए। २५ सय मिटर लम्बाइ र ५ मिटर चौडाइको सडकमा ०.१५ मिटर ग्राभेलको मोटाइ गरी १८ सय ७३ घनमिटर काम भएको भनि पूर्वाधार विकास कार्यालय रौतहटले रकम भुक्तान गरेको थियो। 

उक्त ग्राभेल गर्ने कामको दररेट प्रतिघनमिटर २ हजार ३१५ रहेको पूर्वाधार विकास कार्यालयले गरेको दररेटको विश्लेषणबाट देखिन्छ।

अख्तियारको बर्दिबासबाट खटिएको टोलीले समेत उक्त सडक तोकिएको मापदण्ड अनुसार नै भएको भनेर स्वीकृत समेत गरेको थियो। अख्तियारको बर्दिबासबाट शाखा अधिकृत रोशन कुमार घिमिरे र इन्जिनियर सबिन कासुलाको टोलीले २०७६ माघ २२ गते स्थलगत जाँच गरी पेस गरिएको भनिएको प्रतिवेदनमा लागत अनुमान गरिए अनुसार नै १,८७३ घनमिटरको काम भएको भन्दै नापी किताब स्कृवीत समेत गरेको देखिन्छ। तर, पछि पुनः स्थलगत नापजाँच गर्दा २ हजार ५ मिटर लम्बाइ हुनुपर्नेमा २ हजार ४६० मिटर लम्बाइ, ५ मिटर चौडाइ हुनेपर्नेमा ४.७० मिटर चौडाइ र ग्राभेलको मोटाई ०. १५ हुनुपर्नेमा ०.१० मिटर ग्राभेलको मोटाइ गरी १ हजार १५६ घनमिटरको मात्रै काम भएको पाइएको थियो। 

काम गरेभन्दा  बढी रकम भुक्तानी 
यसरी उक्त ग्राभेलको आइटममा १ हजार १५६ घनमिटरको काम गर्दै १ हजार ८७३ घनमिटर दाबी गरेर भुक्तान लिइएको अनुसन्धानबाट खुलेको छ। काम गरेभन्दा ७१६.८० घनमिटर बढीको रकम उनीहरु ५ जनाले लिएको अख्तियारको दाबी छ। 

प्रतिघनमिटरको दररेट २ हजार ३१५ का दरले उनीहरु ५ जनाले १६ लाख ५९ हजार ९७२ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ। सोही अनुसार उनीहरुलाई कारबाहीको माग गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा मुद्दा दर्ता गरिएको हो।

निमित्त कार्यालय प्रमुख शिवजी, इन्जिनियर राम किशोर र सव इन्जिनियर झाले गलत नापी किताब र भुक्तानी बिल बनाएर भ्रष्टाचारको भन्दै बिगो बमोजिमको जरिवना मागदाबी गरिएको छ। उनीहरु सरकारी निकायमा कार्यरत कर्मचारी भएकाले ऐनको दफा १९ को उपदफा १ बमोजिम १० वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवनाको समेत माग दाबी गरिएको हो। 

रकम भुक्तानी गर्दा मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त समेत नगरेका कम्पनीलाई बिल विजक समेत जारी गर्न नलगाइ मूल्य अभिवृद्धि करबापतको कर राजश्व ४ लाख ९७ हजार ५६६ रुपैयाँ चुहावट गरेको भन्दै लेखा अधिकृत महम्मदलाई उक्त रकमको दोब्बर जरिवाना माग गरिएको छ।

उपभोक्ता समितिका अध्यक्ष राजकुमारले उक्त सडक निर्माण कार्यको गलत नापी किताब र भुक्तानी बिल तयार पारी गैरकानुनी लाभ लिएको भन्दै उनीविरुद्ध पनि सजाय मागदाबी गरिएको छ।

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  १५:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
विपिन जोशीको अन्तिम बिदाइ मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीले आज चुनावबारे ७ राजनीतिक दलहरुसँग छलफल गर्ने मंगलबार, कात्तिक ४, २०८२
भारतीय अभिनेता असरानीको निधन मंगलबार, कात्तिक ४, २०८२
अर्जेन्टिनालाई हराउँदै मोरोक्कोले जित्यो फिफा यु–२० विश्वकपको उपाधि सोमबार, कात्तिक ३, २०८२
आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना मंगलबार, कात्तिक ४, २०८२
आज पनि बढ्यो सुनको मूल्य सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
हमासले युद्धविराम उल्लंघन गरेको भन्दै इजरायलद्वारा गाजामा हवाई आक्रमण आइतबार, कात्तिक २, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्