• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

क्यानबाटै असफल बनाइएका प्रशिक्षक पुबुदु!

64x64
दीप सुवेदी शनिबार, साउन ७, २०७९  १९:०५
1140x725

काठमाडौं– करिब डेढ वर्षअघि नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप विजेता प्रशिक्षक डेभ वाट्मोरलाई ल्याउँदै गर्दा उनीमाथि चुनौतीको चाङ थियो।

अस्ट्रेलियाली प्रशिक्षकसामू सन् २०१८ मा पाएको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनुपर्ने चुनौती मात्रै थिएन, साथै यसैवर्ष आयोजना हुने टी–२० विश्वकपमा नेपाललाई पुर्‍याउनुपर्ने जिम्मेवारी पनि थियो। तर, एक वर्षको लागि क्यानले नियुक्त गरेका वाट्मोर सम्झौता नसकिँदै राजीनामा दिएर हिँड्न बाध्य भए। 

त्यतिखेर वाट्मोर भन्थे, ‘नेपालमा प्रतिभावान् खेलाडी छन्। तर, असहयोग पनि उत्तिकै छ। त्यसमाथि आइपर्ने दबाब झेल्न निक्कै गाह्रो।’ उनले यसो भनिरहँदा क्यानकै पदाधिकारी आफ्नो ‘डिफेन्स’मा मात्रै उत्रिँदैन थिए उनलाई नै निकाल्नुपर्ने आवाजसम्म उठाउँथे। उनीहरुको प्रयास सफल नभएको पनि होइन। तर, यही प्रवृत्तिले नेपालले विश्वकपमा स्थान बनाउन त सकेन नै एकदिवसीय मान्यतालाई समेत जोखिममा पार्‍यो। 

अहिले क्यानका अध्यक्ष चतुरबहादुर चन्द र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल एकदिवसीय मान्यतालाई जोगाउने प्रयास मात्रै गरिरहेका छैनन्, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)मा लविइङसमेत गर्ने कोशिशमा छन्। 

तर, यस्तो स्थिति खडा गर्नमा भने उनीहरुको भूमिका नै अहम् रह्यो। वाट्मोरलाई निकाल्दै गर्दा क्यानले उनीभन्दा प्रभावशाली प्रशिक्षक भित्र्याउने अनुमान गरिएको थियो। तरखर हेर्दा पनि उस्तै लाग्थ्यो।

तर, बढ्दै गएको राजनीतिक प्रभावले जो कोहीले क्यानसँगको हात मिलाउने दुश्प्रयाससमेत गरेनन्। जसका कारण क्यानको निर्विकल्प प्रशिक्षक बने पुबुदु दसानायके। तर, क्यानले भने खोजेको जस्तो प्रशिक्षक नपाउनुलाई आर्थिक संकटको सस्तो ढोङ पिट्दै गयो। जुन महंगो सावित भयो।

पुबुदु नेपालका लागि अपरिचित प्रशिक्षक भने थिएनन्। उनकै प्रशिक्षणमा नेपाल डिभिजन ५ देखि सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपमा समेत पुगेको थियो। तर, पूर्वकप्तान पारस खड्कासँगको हिमचिमका कारण क्यानका पदाधिकारीसँगको टकरावले पुबुदु टोलीमा टिक्न सकेनन्।

करिब ६ वर्षपछि उनैले विद्रोह गरेका पदाधिकारीले सम्हालेको नेपाली क्रिकेटमा गरेको आगमन अस्वभाविक मात्रै थिएन धेरैले यसलाई शंकाको घेरामासमेत राखेका थिए। उनको नियुक्ति नै यस्तै बेलामा भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उनी नेपाल फर्किनुपूर्व नै उनका प्रिय पूर्वकप्तान पारसका विश्वासिला मित्र मानिने ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी र कमलसिंह ऐरी क्यानविरुद्ध विद्रोहमा थिए। यता, क्यानले पनि उनीहरुलाई कारबाही गरेको अवस्था थियो। त्यसको विरोधमा एक दर्जनभन्दा खेलाडी आन्दोलनमा। 

यस्तो बेलामा पुबुदुको आगमनलाई सहज अवस्थामा लिने स्थिति थिएन। न त उनी नेपालका लागि वाट्मोरजस्तो प्रभावकारी प्रशिक्षक नै थिए। नेपालको ‘लेभल’ सन् २०१४ को स्थितिभन्दा विल्कुलै फरक थियो। यता, क्रिकेट खेल्ने शैली पनि ‘डिफेन्सिभ’बाट आक्रामकमा परिवर्तन हुँदै थियो। उनको खेलाउने शैली मात्रै होइन, रणनीतिसमेत हालको नेपाली टोलीका लागि सुहाउँदो थिएन।

तर, क्यानसँग अर्को विकल्प पनि सायदै केही थिएन। उनले पनि टोलीको आवश्यकता र दरार मेटेर २०२२ को अन्त्यतिर अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई छनोट गराउने जिम्मेवारी लिए। तर, उक्त जिम्मेवारी भने पूरा सकेनन्। 

ग्लोबल क्वालिफायरमा यूएईसँग सेमिफाइनलमा पराजित भएपछि नेपाल दोस्रोपटक टी–२० विश्वकपमा छनोट हुन सकेन। त्यसपछि एकदिवसीय विश्वकपको ‘रोडम्याप’को रुपमा रहेको क्रिकेट विश्वकप लिग–२ मा पनि नेपालको प्रदर्शन सम्झनलायक गर्न सकेन।  न त उनले टोलीमा देखिएको मतभेदपूर्ण वातावरण सहज बनाउन नै सके। जुन कुरा उनी संयम स्वीकार गर्छन्।

Xtrem

Xtrem

‘म पहिला आउँदा जितका लागि खेल्ने खेलाडी थिए, जित्नका लागि मरिमेट्थे,’ उनी भन्छन्,‘ तर, यसपटक अवस्था त्यस्तो थिएन। खेलाडी स–साना गुटमा बाँडिएका थिए। पहिलेका खेलाडीको सोचाइ र अहिलेका खेलाडीहरुको सोचाइ निकै फरक थियो। उनीहरुको ध्यान क्रिकेट खेल्नमा थिएन।’

प्रशिक्षकको काम नै खेलाडीलाई खेल्न प्रेरित गर्नुपर्ने हो। तर, पुबुदुको भने वात नै फरक छ। उनले दोस्रो कार्यकालका लागि नियुक्ति लिनुभन्दा अगाडि नै खेलाडीलाई एक ढिक्कामा बाँध्ने आश्वासन दिएका थिए। 

तर, आश्वासन भने पत्याउने स्थिति थिएन। उनले यस अगाडि नै टोलीको नेतृत्व सम्हाल्दा पारसबाहेक अरुले कप्तानी गरे राजीनामा दिने धम्की दिँदै आएका थिए। जसका कारण टोलीमा उनले नै एक गुट जन्म दिए भने शरद भेषवाकरजस्ता घरेलु प्रतियोगितामा सफल सावित भएका खेलाडीले कप्तानी जिम्मेवारी सम्हाल्ने मौका पाएनन्।

उनले त्यसैबेला पारसलाई साथ नदिएको भए अहिले नेपाली क्रिकेट दुर्घटनाको सम्मुखमा पुग्ने थिएन। तर, पुबुदुले त्यसबेला क्यानलाई निलम्बनमा पार्न र पारसलाई नेतृत्वमा ल्याएर आजीवन प्रशिक्षक बनिरहन साथ दिन उचित ठाने। त्यसबेला गरेको गल्ती नै अहिले उनको लागि गलपासो मात्रै बनेन, यसले उनै पारससँगको बनिबनाउन सम्बन्धलाई समेत बिगार्‍यो।

क्यानसँगको टकरावपछि पारसका प्रिय मित्र ज्ञानेन्द्रबाट खोसिएको कप्तानी फर्काउँदै टोलीमा राखेको भए अहिलेको अवस्था सिर्जना नै हुने थिएन। तर, पुबुदुको हैसियत क्यानसँग सिधा लविइङ गर्नसक्ने खालको थिएन। उनलाई ल्याउँदा नै क्यानले यस्तै बाध्यकारी शर्तमा बाँधिदिएको थियो। 

ज्ञानेन्द्रले घुमाउरो पारामा विभिन्न सञ्चारमाध्यममा दिएको अन्तर्वार्तालाई नै मान्ने हो भने नेपाली क्रिकेटमा पुबुदुको भूमिका जिम्मेवारविहीन प्रशिक्षकको मात्रै थियो। पुबुदुलाई ल्याउँदा नै क्यानले खेलाडी छनोटमा उनको पूर्ण अधिकार नरहने र पारसपक्षका खेलाडीको पक्षरोपोषण गर्न नपाइने शर्त अगाडि सारेको थियो। जुन उनले सोचविचार नै नगरी सहमति जनाए। 

त्यसबेला क्यानका पदाधिकारीलाई पनि आफू सही रहेको सावित गर्नुपर्ने परिस्थिति थियो। त्यसका साथै क्यानका पदाधिकारी मैदान बाहिर रहेका पारसको राष्ट्रिय टोलीमा रहेको दबदबा अन्त्य गर्ने यही सही समय ठान्थे। यसैका कारण पुबुदुलाई क्यानले हलचल गर्न दिएन भने स्थिति झनै बिगरिँदै गयो।

ग्लोबल क्वालिफायरमा राम्रो प्रदर्शन गरेका ज्ञानेन्द्रपक्षका खेलाडीले सोही लय लिग–२ मा देखाउन सकेनन्। त्यहीबेला कप्तान सन्दीप लामिछानेले पनि आफूलाई असफल बनाउन ज्ञानेन्द्रपक्षका खेलाडीले मुख्य भूमिका खेलिरहेको भाव झल्काउने ट्वीट गरे। उक्त ट्वीटले नेपाली क्रिकेटमा झन ‘ट्वीस्ट’ थप्यो भने गुट अन्त्य नभएको सन्देश प्रभाव गर्‍यो।

यसले क्यानको आलोचना झनै बढ्न थाल्यो। एकातिर पुबुदुले मध्यस्थता गर्न नसक्नु र अर्कोतर्फ क्यान आफैंले नियुक्त गरेको कप्तानले हात उठाउनुले नेपाली क्रिकेटको नतिजा के आउने हो भन्ने पहिला नै धेरैले अनुमान लगाइसकेका थिए। 

भयो पनि त्यस्तै। कम्तिमा लिग–२ को शीर्ष ३ मा पुग्ने लक्ष्य बनाएको नेपाली टोलीले अमेरिका र स्कटल्यान्डको भ्रमण गर्दा केही खेल जित्न सक्ने अवस्थामा हुँदाहुँदै हार्‍यो भने सात महिनासम्म ब्याटिङमा सुधारसमेत देखिएन। 

वाट्मोरको कार्यकालमा आक्रामक जस्तो देखिएको नेपाली ब्याटिङ पुबुदुको समयमा भने ‘डिफेन्सिभ’ जस्तो बन्न पुग्यो। जसले गर्दा टी–२० विश्वकप छनोटदेखि लिग–२ सम्म नेपाल निर्णायक क्षणमा चुक्न पुग्यो। गत फेब्रुअरीमा ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपालले ५ मध्य ४ खेल जित्यो। तर, यूएईविरुद्ध जित्नैपर्ने सेमिफाइनल खेल हार्‍यो। 

यता, नेपालको एकदिवसीय मान्यतासमेत संकटमा पर्‍यो। उनको प्रशिक्षणमा लिग–२ मा १२ खेलमा नेपालले ७ खेल पराजित भयो। ७ हारले नेपालको एकदिवसीय मान्यता नै संकटमा पुग्यो।

आईसीसीको यसअघिको एकदिवसीय मान्यताको आधिकारिकतालाई मान्ने हो भने हालसम्म शीर्ष पाँचमा पर्ने टोलीले मान्यता जोगाइराख्ने छ। नेपालले १६ खेल खेल्न बाँकी छ। शीर्ष तीनमा पर्न १२ खेल माथि जित्नुपर्ने हुन्छ।

अहिले आफैंले रोपेको गुटको बीउमा फल लाग्नु र ब्याटिङमा सुधार गर्न नसक्नुले एकदिवसीय मान्यता जोगाउन धेरै कठिन देखिन्छ। एकदिवसीय मान्यता गुम्नुअघि नै टोली छाड्नु उनको लागि सबैभन्दा उपयुक्त निर्णय हो।

यस्तै बेलामा यदि ज्ञानेन्द्रलाई पुन: टोलीमा फर्काउन र सन्दीपबाट कप्तानीको भूमिका खोस्न नसकेको भन्दै बाँकी खेलाडी विद्रोहमा उत्रिए भने झन नेपाली क्रिकेटले विकराल रुप लिने छ। यस्तो अवस्थामा उनको सम्बन्ध दुवैतिर बिग्रिने नै थियो भने प्रशिक्षणमा असफलताको कालो धब्बासमेत लाग्ने थियो।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्