• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मौद्रिक नीतिको पर्खाइमा सेयर बजार, शुक्रबार सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

64x64
सुमित्रा कार्की बिहीबार, साउन ५, २०७९  १९:५१
1140x725

काठमाडौं– यतिबेला सेयर बजारले मौद्रिक नीति पर्खिरहेको छ। जसका कारण सेयर बजारमा सामान्यबाहेकको गतिविधि हुन सकेको छैन। लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा छन्। 

मौद्रिक नीतिले सेयर बजारलाई समेट्न सक्छ कि सक्दैन भनेर आफूहरु पर्खेर बसेको लगानीकर्ता संगठनका कार्यकारी बताएका छन्। 

सेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिप्रति धेरै अपेक्षा राखेको लगानीकर्ता राधा पोखरेल बताउँछिन्। उनी भन्छिन्, ‘लगानीकर्ताको मौद्रिक नीतिमा सबैभन्दा ठूलो अपेक्षा भनेको सेयर कर्जामा लगाइएको ४/१२ को सीमा हटाउँछ भन्ने नै हो।’

अन्य धेरै माग लगानीकर्ताले नेपाल राष्ट्र बैंकलाई सुझाइसकेको उनको भनाइ छ। मौद्रिक नीतिले अहिलेको सेयर बजारलाई सहज बनाउँछ कि बनाउँदैन भनेर कुरिराखेको उनी बताउँछिन्। गत आर्थिक वर्षमा मौद्रिक नीतिकै व्यवस्थाहरूका कारण घटेको सेयर बजारमा यसवर्ष भने सुधार आउने खालको सकारात्मक नीति आउनेमा आफूहरु विश्वस्त रहेको लगानीकर्ताको तर्क छ। 

चालू आवको सुरुआती ८ दिनको सेयर बजारको गतिविधि

चालू आर्थिक वर्षको सुरुआती ८ दिनसम्म बढेको सेयर बजार बिहीबार (९ औं दिन) मा आएर सामान्य घटेको छ। साउन १ गतेदेखि कै सेयर बजारको गतिविधि हेर्दा सामान्य खालको गतिविधि देखिन्छ। साउन १ गतेबाट बढेको सेयर बजार बिहीबारसम्म आइपुग्दा सामान्य गिरावट आएको छ। 

बिहीबारको दिन पनि सेयर बजार सुरुआति समयमा सामान्य घटेको थियो। ११ः३५ बजे ६.१८ अंकले घटेको सेयर बजार १ः५८ बजे ४.०८ अंकले बढेको थियो। बिहीबार अन्यमा सेयर बजार ५.८७ अंकले घटेर २०४४.७२ बिन्दुमा पुगेर बन्द भएको छ। बिहीबारको सेयर बजारको घटाईलाई लगानीकर्ताले सामान्य करेक्सनकोे रुपमा लिएका छन्।  

बिहीबार सेयर बजारमा एक अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। बिहीबारको दिन २२५ कम्पनीको ३९ लाख ८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

वाणिज्य बैंक र अन्यबाहेक बाँकी सबै समूहका सूचक घटेका छन्। १७ करोड ८० लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र नेपाल पुनर्बिमा कम्पनी परेका छन्।

अघिल्लो कारोबार दिन सेयर बजारमा सामान्य खालको गतिविधि मात्र देखिएको थियो। ओपनिङको सुरुआती समयमा सामान्य घटेको सेयर बजार बन्द हुँदा सामान्य बढेको थियो। बुधबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक ४.८९ प्रतिशतले बढेर २०५०.५९ बिन्दुमा पुगेको थियो। 

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तयारी
साउनको पहिलो हप्ता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको राष्ट्र बैंकले बिहीबार बेलुका प्रधानमन्त्रीसँग भेट गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई बिहानैदेखि भेट्न खोजेका गभर्नर महाप्रसाद अधिकारीले बेलुकासम्म भेट्ने निश्चित जस्तै भएको प्रधानमन्त्रीको सचिवालय श्रोतले जनाएको छ। 

श्रोतका अनुसार प्रधानमन्त्रीको समयव्यस्तताको कारण भेट हुन नसकेको हो। बिहीबार प्रधानमन्त्री र गभर्नरबीच भेट भए शुक्रबार मौद्रिक नीति आउने निश्चित रहेको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ। 

Xtrem

Xtrem

राष्ट्र बैंक श्रोत भन्छ, ‘गर्भनरले प्रधानमन्त्रीसँग भेट्नको लागि कोशिस गरिरहनु भएको छ। भेट भएर छलफल सकिने बित्तिकै पनि मौद्रिक नीति सार्वजनिक गर्न सकिन्छ। राष्ट्र बैंकबाट सम्पूर्ण तयारी पूरा भइसहेको छ। अब प्रधानमन्त्रीसँग बिफ्रिङ गर्ने बित्तिकै सार्वजनिक हुन्छ।’

कस्तो आउला मौद्रिक नीति? 
राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/०८० का लागि ल्याउन लागेको मौद्रिक नीति अहिले अर्थतन्त्रमा देखिएको समस्याको सुधार गर्ने खालको हुनुपर्ने विज्ञहरुको भनाइ छ। राष्ट्र बैंकले अहिले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव समाधान गर्ने, सेयर बजारमा देखिएको अस्वभाविक उत्तार चढावलाई नियन्त्रण गर्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता विभिन्न संस्थाहरुले औंल्याएका छन्। 

यसैगरी, राष्ट्र बैंकले अहिलेको आर्थिक अवस्थालाई पुनर्उत्थान गर्ने खालको मौद्रिक नीति ल्याउनुपर्ने व्यवसायीहरुको माग रहेको छ। यता राष्ट्र बैंकले भने चालू आर्थिक वर्षको मौद्रिक नीति संकुचित खालको आउने संकेत गरिहेको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको लागि ल्याउने मौद्रिक नीतिमा ब्याजदरमा कडाई, सहुलियतपूर्ण कर्जामा कटौती लगायतका विषय समेटिएको संकेत गरेका छन्। उनले विभिन्न कार्यक्रममा बोल्दै यस्तो अभिव्यक्ति दिँदै आएका छन्। 

प्रकाशित मिति: बिहीबार, साउन ५, २०७९  १९:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
वरिष्ठ उपसभापतिमा विश्वप्रकाशको उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्