• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

स्थलगतः खाँडो खोलाले दिने पीडा, भारतको बाँधले बर्सेनि डुबान (भिडियोसहित)

64x64
नेपाल लाइभ शनिबार, साउन ५, २०७५  ००:३०
1140x725

राजविराज– प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत २३ देखि भएको आफ्नो भारत भ्रमणका क्रममा समकक्षी नरेन्द्र मोदीसँग तराई डुबान समस्या समाधानबारे खुलेर कुरा गरेको बताएका थिए। उनले आफ्नो भ्रमण अन्य प्रधानमन्त्रीको जस्तो नभई अत्यन्त उपलब्धिमूलक भएको दाबी गर्दै भनेका थिए, ‘तस्बीर आफैं बोल्छ।’

यो भनाइको आशय थियो, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग नेपालको हितका लागि उठाएका विषयले चाँडै सार्थकता पाउनेछन् र त्यो देखिनेगरिको हुनेछ।

विशेषगरी भारतीय पक्षले सीमा क्षेत्रमा बनाएका बाँध, बाटो, पुल आदि संरचनाले नेपाली क्षेत्रमा बर्सेनि हुने गरेको डुबान समस्या समाधानको बाटोमा जाला भन्ने मधेसी जनताको ठूलो अपेक्षा थियो। तर, व्यवहारमा त्यस्तो देखिएको छैन। या भनौं प्रधानमन्त्रीले भनेजस्तो तस्बीर बोलेको छैन। सीमा नजिक बस्ने जनताले डुबानको समस्या कसरी भोगिरहेका छन् भन्नेबारे नेपाल लाइभले स्थलगत रिपोर्टिङ गरेको छ। हामीले त्यहाँको तस्बीर देखाउने प्रयास गरेका छौंः

...
धान रोप्ने बेलामा पर्याप्त वर्षात् नभएपछि सप्तरीका अधिकांश किसान यतिबेला आकाश हेरेर बसेका छन्। तर, तिलाठी लगायत एक दर्जनभन्दा बढी गाउँका मानिस भने आकाशमा कालो बादल र गड्याङगुडुङ्ग सुरु भएपछि पानी नपरे हुन्थ्यो भनेर पुकारा गर्छन्।

खाँडो खोलामा आउने बाढीले गाउँ जलमग्न हुने, विस्थापित हुनुपर्ने र ज्यानै जानसक्ने भयले वर्षायाम सुरु भएदेखि नै सर्वसाधारण त्रसित छन्। यो समस्या यस वर्षको मात्रै होइन, चुरे क्षेत्र हुँदै खाँडोमा आउने बाढीको डुबानले गाउँ जलमग्न हुन थालेपछि विगत १५–२० वर्षदेखि यस क्षेत्रका जनता आतंकित छन्।

२०७३ सालको बाढीले डुबानमा परेको तिलाठी

Ncell 2
Ncell 2
nimb
nimb

गत असार–साउनमा मात्रै तिलाठी कोइलाडी–४ का ८ वर्षीय बालक कमलु खंग तथा राजविराज नगरपालिकाका १५, देउरी भरुवाका ६० वर्षीय डोमी यादवसहित ३ जनाले खाँडोको बाढीका कारण ज्यान गुमाए। जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांक अनुसार बाढीका कारण तिलाठी कोइलाडीमा ३ हजार ९ सय ९७ घरसहित १४ करोड ६४ लाख र राजविराज नगरपालिकामा ८ हजार बढी घरसहित २८ करोड २७ लाख ५९ हजारको धनमाल क्षति भएको थियो।

‘वर्षा नलाग्दासम्म घरजग्गाको माया लाग्छ, वर्षा सुरु भएपछि परिवार र ज्यान जोगाउनै मुस्किल’, तिलाठीका राधाकान्त झा भन्छन्, ‘भएको झिटिझामटी चटक्क छोडेर हिँड्न नसक्दा हरेक वर्ष दुःख झेल्नुपरेको छ।’

वर्षा लागेपछि परिवारलाई कहाँ पठाउने भन्ने पिरलो सुरु हुने गरेको र आकाशमा कालो बादल मडारिन थालेपछि भोकतीर्खा सबै हराउने गरेको उनी बताउँछन्। खोलाको बाढी गाउँ पसेर एक घरबाट अर्को घरमा पुग्न समेत समस्या हुने गरेकाले एक–अर्कालाई सहयोग गर्ने भन्दा पनि आफू र आफ्नो परिवारको सुरक्षा गर्न सबैलाई हम्मे–हम्मे पर्ने गरेको राधाकान्तको अनुभव छ। 

हरेक वर्ष दोहिरिने यो समस्या समाधानका लागि सरकारले कुनै पहल नगरेको स्थानीयहरुले आरोप लगाएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

के हो खाँडोको समस्या?

खाँडो खोला चुरे क्षेत्र हुँदै बग्ने खहरे खोला हो। उत्तर–दक्षिण बग्ने यो खोला चुरे क्षेत्रबाट निस्किएपछि सप्तरीको करिब २८ किलोमिटर भूभाग छिचोलेर तिलाठी हुँदै कुनौली ग्राम पञ्चायत भएर भारतीय क्षेत्र प्रवेश गर्छ।

हिउँदमा सामान्य लागे पनि वर्षायाममा खाँडोले नेपालतर्फ एक दर्जन र भारततर्फ आधा दर्जनभन्दा बढी गाउँमा विध्वंश मच्चाउने गरेको छ। भारतको कुनौली, कमलपुर, हरिपुर, डगमारा लगायतका गाउँ/बस्तीले खाँडोको प्रकोप भोगिरहेका छन्।

खाँडोको अहिलेको अवस्था


खाँडोले बर्सेनि धन–जनको ठूलो क्षति गर्न थालेपछि भारतको निर्मली प्रखण्डका तत्कालीन विधायक वैद्यनाथ मेहता करिब ४४ वर्षअघि (सन् १९७४) बाँध निर्माणको माग गर्दै दशगजा क्षेत्रमै अनसन बसे। फलस्वरुप भारतीय पक्षले कुनौली बोर्डरस्थित सप्तकोसीको पश्चिमी तटबन्ध (रमपुरा–मलहनियाँ)देखि खाँडो खोला (तिलाठी) सम्म झन्डै तीन किलोमिटर भू–भागमा पूर्व–पश्चिम बाध निर्माण गरेको छ।

दशगजासँग जोडेर एकतर्फी रुपमा निर्माण गरिएको सोही बाँधका कारण नेपाल भएर बग्ने खाँडो, महुली र जिता नदीको प्राकृतिक वहाब थुनिएको स्थानीयबासी बताउँछन्।

‘बाँध नहुन्जेल कुनै समस्या थिएन। बाढी आउँथ्यो, जान्थ्यो’, तिलाठी कोइलाडी गाउँपालिका १ का पूर्व शिक्षक ७० वर्षीय ललित नारायण कर्ण भन्छन्, ‘बाँधका कारण अब त गाउँ नै खोला सरह भयो।’

बाँधकै कारण करिब १०–१५ वर्षदेखि तिलाठी, लौनियाँ, बेल्ही, सकरपुरा, कोइलाडी, कोइलाडी बर्साइन्, बनरझुला, कुशाहा, तोपा, मन्सापुर, बभनगामा कट्टी र राजविराज नगरपालिकाका केही वडामा खाँडोले हरेक वर्ष दुःख दिने गरेको छ।

सडकका नाममा बाँधको मर्मत

अन्तर्राष्ट्रिय मान्यता विपरीत निर्माण भएको बाँध भारतीय पक्षले सीमाक्षेत्र विकास कार्यक्रम तथा इन्दिरा गान्धी स्वरोजगार कार्यक्रम लगायतका विभिन्न वहानामा मर्मत÷सम्भार गर्दै आएको छ। यसै क्रममा सन् २०१३ (२०६९ चैत) मा भारतीय पक्षले बाँध मर्मतको प्रयास गर्‍यो।

२०६९ सालमा भारतीय पक्षले दश गजामा निर्माण गर्दै गरेको कज–वे


भारतले ‘सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्रखण्डके कुनौली ग्रामसे बोर्डर सीमा बाँधके सडकमे कज–वे निर्माण कार्य’ नाम दिएको उक्त योजनाको नेतृत्व ग्राम पञ्चायतका तत्कालीन मुखिया वासिद अहमदले गरेका थिए। नेपाली स्थानीयको विरोधपछि नेपाल–भारत दुवैतर्फका अधिकारीहरुले योजनाको स्थलगत निरीक्षण गरे र सिमा क्षेत्र विकास कार्यक्रम अन्तर्गतको निर्माण कार्य तत्कालका लागि रोकियो।

नेपाली पक्षले तत्कालीन सिचाईं मन्त्री उमाकान्त झा मार्फत भारतीय दूतावास हुँदै खाँडोको समस्या दिल्लीसम्म पुर्‍यायो। तिलाठी निवासी देवनारायण यादव भन्छन्, ‘पटनाबाट चिफ इन्जिनियरको टोली घटनास्थलमा आएर निर्माण कार्य रोक्न आदेश दिएपछि हालसम्म बाँधमा थप काम भने भएको छैन।’

देवनारायण यादव


नेपाल–भारतबीच २०११ वैशाखमा भएको कोसी सम्झौता अनुसार सप्तकोसीका सहायक नदीहरुको नियन्त्रण तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी भारतीय पक्षको हो। सो सम्झौता अन्तर्गत खाँडो खोला नियन्त्रणको जिम्मेवारी पनि भारतकै पर्ने जानकारहरु बताउँछन्।

भारतसँग भएको पछिल्लो सम्झौता अनुसार कोसी लगायत कमला, बागमती, लालबकैया र खाँडो खोला नियन्त्रणको जिम्मेवारी भारत सरकारले नै लिएको छ। तर, नदी नियन्त्रणको काम त टाढाको कुरा, सिमानामा देखिएको सामान्य समस्या समाधान गर्न समेत भारत तयार नहुँदा नेपालीले दुःख झेल्नुपरेको स्थानीयहरुको गुनासो छ। 

दशगजामै झडप

२०७३ साउन १३ गते भारतीय पक्षले बाँध वाध्न थालेपछि भएको झडप


भारतीय पक्षले खाँडोमा निर्माण गरेको बाँध २०७३ साउनमा बाढीले भत्कायो। भारतीय पक्षले तत्कालै बाँध मर्मतको प्रयास गरे। पूर्व जिविस सदस्यसमेत रहेका तिलाठी निवासी देवनारायण यादवको नेतृत्वमा नेपालीपक्षले भारतीयको प्रतिकार गर्दा साउन १३ मा दशगजामै झडप भयो। ५४ वर्षीय देवनारायण, दुर्गानन्द झा, हर्षवर्धन कर्ण लगायत आधा दर्जन नेपाली घाइते भए। प्रहरीका अनुसार झडपमा १० जना भारतीय पनि घाइते भएका थिए।

आफ्नो सुरक्षाका नाममा भारतीय पक्षले २२३ (२७) नम्बरको पिलरबाट नेपालभित्र बाँध निर्माणको प्रयास गरेपछि प्रतिकार गरिएको यादवको दाबी छ। तिलाठीमा पानी निकासका लागि विवाद भएको त्यो पहिलो घटना भने थिएन। यो समस्या विगत १०–१५ वर्षदेखि निरन्तर बल्झिइरहेको छ। नेपाली प्रशासनले भारतसँग बोल्न नसक्ने र निर्णायक तहमा समस्याप्रति चासो नराख्ने प्रवृत्तिले स्थानीयबासीले सास्ती खेप्नु परेको देवनारायण बताउँछन्।

समस्या समाधानका लागि भएका पहल

नदीको प्राकृतिक बहाव परिवर्तन गर्न भारतीय पक्षले दशगजा क्षेत्रमै निर्माण गरेको बाँधका कारण सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकास्थित सीमावर्ती क्षेत्रमा खाँडो खोलाको प्रवाह थुनिएको छ। बाँधले नेपाली भूभाग डुबानमा पर्न थालेपछि त्यसको निकासका लागि स्थानीय स्तरमा केही पहल भएका छन्।

२०६७ सालदेखि नै नेपाल र भारत पक्षबीचमा औपचारिक/अनौपचारिक छलफल भइरहेको छ। सन् २०१४ मार्चमा पटनामा भएको दुई देशका जलस्रोत अधिकारीहरुको बैठकमा दशगजा हुँदै भारततर्फ बग्ने नदीको निकासका लागि विस्तृत योजनासहित काम अघि बढाउने सहमति भएको थियो।

सहमति अनुसार आव २०७२/०७३ मा नेपालको सकरपुरादेखि भारतको बिहारस्थित डगमारासम्म ‘संयुक्त सर्भे’ गरी संयुक्त कार्ययोजना समेत तयार भएको छ। भारतको सीमावर्ती क्षेत्र कुनौलीबाट दशगजा हुँदै खाँडोको पानी भलुवाही खोलामा खसाउने कार्ययोजना हालसम्म कार्यान्वयन भएको छैन।

गत असार १३ मा दुवै देशका प्राविधिकहरुको संयुक्त टोली खाँडो प्रभावित क्षेत्रको अनुगमनमा


हरेक पटक हुने दुई देशीय बैठकमा नेपाली पक्षले कुरा उठाउने गरे पनि भारती पक्षले चासो दिएको छैन। भारतीय पक्षले ‘योजना अध्ययन गरिरहेका छौं’ भन्दै झारा टारिरहेकाले निकास निस्कन नसकेको खाँडो खोला नियन्त्रण आयोजनाका प्रमुख विष्णुदेव यादव बताउँछन्।

यसैबीच, २०७५ असार १३ मा नेपाल–भारत उच्चस्तरीय टोलीले संयुक्त रुपमा प्रभावित क्षेत्रको स्थलगत अनुगमन तथा अध्ययन गरेको छ। नेपालको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप थापा र भारतको केन्द्रीय जलसंशाधन विभागका निर्देशक अजयकुमारको संयुक्त टोली अनुगमनमा सहभागी थियो।

दशगजामा निर्माण भएका संरचनाको कारण बाढी थुनिएर डुबानमा पर्ने पूर्वी तराईका नदीहरुको स्थायी निकास खोज्ने अध्ययनको उद्देश्य रहेको टोलीले जनाएको छ। तर, अध्ययनको प्रतिवेदन सार्वजनिक भएको छैन।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले खाँडो खोलामा भएको अवरोधका कारण वर्षौंदेखि दोहोरिँदै आएको समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको बताए। तत्काल दुई देशको संयुक्त प्राविधिक समितिले स्थलगत अध्ययन सम्पन्न गरेको जानकारी दिएका उनले त्यसको प्रतिवेदन भने आफूसम्म नआइपुगेको बताएका छन्।

खाँडो प्रभावित क्षेत्रको अनुगमन गर्दै सिडिओ सुरेन्द्र पौडेल लगायत सुरक्षा टोली


दुई देशका प्राविधिकसहितका आधिकारीले छलफल, समन्वय र निरीक्षण गरिरहेको जानकारी दिँदै पौडेल भन्छन्, ‘समस्या समाधानका लागि एकखालको प्रयास अघि बढेको छ, प्राविधिक दुष्टिकोणबाट नै समस्याको हल पनि हुन्छ।’

यसका अतिरिक्त समुदायस्तरमा पनि खाँडोको अवरोध हटाई निर्वाध रुपमा पानी बग्न दिने गरी सहमति भएको उनले जनाए। नागरिक स्तरमा भएको छलफलमा बाढीलाई ‘च्यानलाइज’ गरी निकास दिने सहमति भएको र भारतीय नागरिकले माथिल्ला निकायमा बजेट माग गरिरहेकोबारे आफूले जानकारी पाएको पौडेलले बताए।
 

प्रकाशित मिति: शनिबार, साउन ५, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्