• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

पैदलयात्रीको लापरबाही : माथि आकाशे पुल, सडकबाटै वारपार

के पैदलयात्रीमैत्री छैनन् पुल?
64x64
धनु विश्वकर्मा शुक्रबार, असार ३१, २०७९  ०९:५६
1140x725

काठमाडौं– नयाँ बानेश्वर क्षेत्र काठमाडौंको व्यस्त मध्येको स्थान हो। सवारीसँगै पैदलयात्रीको अत्यधिक चाप हुने यो क्षेत्रमा दुई वटा आकाशे पुल छन्। कोटेश्वर-त्रिपुरेश्वर सडक खण्ड अन्तरगत बानेश्वरमा आकाशे पुल छ भने मध्यबानेश्वर, थापागाउँ र नयाँ बानेश्वर जाने बाटोलाई जोड्ने अर्को आकाशे पुल छ। संसद्‍ भवन प्रवेश गर्ने गेट नजिक रहेको यो क्षेत्र पैदलयात्रीका साथै साँझको समय सडकमा व्यापार गर्नेहरु, साइकल, ठेलामा फलफूल बेच्नेहरुका कारण साँझको समयमा अस्तव्यस्त हुने गरेको छ। 

साँझको समयमा सवारी जामलाई व्यवस्थापन गर्न खटिएका ट्राफिक असिनपसिन हुने गरेका छन्। बुधबार साँझ उक्त क्षेत्रमा पुग्दा आकाश पुलमा टिकटक बनाउनेको संख्या बाक्लै थियो भने आकाशे पुल मुनिबाट बाटो काट्ने सर्वसाधारणका कारण जाम थियो। बाटो पार गर्न बनाइएको पुल खाली भए पनि थापागाउँको माछाबजारसम्म जाम हुनेगरि मान्छे बाटो वारपार गरिरहेका थिए।  

त्यस्तै अर्को मुख्य चोक हो कोटेश्वर। चक्रपथमा पर्ने कोटेश्वर अरनिको राजमार्ग र विपी राजमार्गको नाका मार्ग भएका कारण पनि सावरीका साथै मानिसहरुको बाक्लो उपस्थिति हुने गरेको छ।

कोटेश्वर चोकबाट ग्वार्को जानेतर्फको सडकमा पैदल हिँड्नेलाई बाटो पार गर्न सजिलो हुने गरि आकाशे पुल राखिएको छ। कोटेश्वरको चोक भन्दा करिब २० मिटर तल रहेको यस पुलमा पनि सडक पार गर्नको भन्दा टिकटक र भिडियो बनाउनेका साथै फुटपाथ व्यापारीको भीड धेरै देखिन्छ। बाटो पार गर्नेहरु भने मुख्य चोकबाटै सडक पार गर्न लाइन लागेर बस्ने गरेका पाउन सकिन्छ। 

Paidal_yatri_11657867389.jpg

पैदलयात्री भन्दा व्यापारीको संख्या बढी हुने अर्को आकाशे पुल बागबजारको हो। रत्नपार्क क्षेत्र सामान्य अवस्थामा पनि भीडभाड हुने क्षेत्र हो। त्यहाँ आकाशे पुल भए पनि मानिसहरु जोखिम मोलेर सडक पार गरिरहेका देख्न सकिन्छ। बागबजारको उक्त पुलमा पनि फुटपाथ व्यापारीहरुको कब्जा रहने गरेको छ।
०००
७८ वर्षीय श्याम ठकुरी सडक पार गर्न हतार हतार बानेश्वरस्थित पिपलबाटको आकाशे पुलको मुनि लाइन लागेका छन्।  ‘म बुढो भैसके, पुल चढ्न सक्दिन। घुडामा समस्या छ,’ उनले भने। उमेर बढी भएकाहरुले आकाशे पुल चढ्न नसक्ने भएकाले समस्या भएको उनी बताउँछन्। आकाशे पुलमा उक्लिन डर लाग्ने बताएका ठकुरीले भने, 'अपांग जान मिल्दैन, जेष्ठ नागरिक जान सक्ने छैन। समात्न सजिलो छैन, कसरी जानू।' उनको विचारमा बानेश्वरको पिपलबोटस्थित उक्त पुल गलत स्थानमा राखिएको छ। मान्छेको भीड हुने स्थानमा उक्त पुल राख्नु पर्ने उनी बताउँछन्। 

यो पनि पढ्नुहोस् 
पैदलयात्री हिँड्न नपाउने फुटपाथ

बानेश्वरका  स्थानीय अच्युत थपलिया पिपलबोटसँगैको आकाशे पुल निर्माण सुरु भएदेखिनै बिरोधमा छन्। त्यसमाथि अपांग र जेष्ठनागरिक मैत्री पुल नबनेको भन्दै उनले आक्रोश पोखे। आकाशे पुलका लागि यो स्थान उपयुक्त नभएको उनी ठान्छन्।

nimb
nimb

खुट्टामा समस्या भएका कारण घरमा भर्‍याङ सहजरुपमा तलमाथि गर्न नसक्ने उनी अहिलेको आकाशे पुल चढ्न समस्या हुने बताउँछन्। सडकमा मानिसहरुको चाप हुन्छ। त्यसमा पुल सहज छैन।  सवारी कुदिरहेको बेलामा पुल मुनिबाटै सडक पार गर्दा कयौं पटक उनले ट्राफिकको खप्पि खाएका छन्। 'कति पटक आकाशे पुलबाट बाटो काट्नुस् भनेर प्रहरीले भन्छन्, के तपाईं बोकेर लग्दिनुहुन्छ? भनेर जवाफ फर्काउने गरेको छु' उनले भने।

विकशित देशमा आकाशे पुलमा लिफ्ट राखेको हुन्छ। 'यहाँका आकाशे पुलका रुप हेर्दा नै कुरुप लाग्छन्। बच्चाबच्ची, बुढाबुढी र अपाङ्गता भएका व्यक्ति मैत्री पुल छैन' उनले भने, ‘घरमा त चढ्न सक्दैन् अब यो करङ्ग जस्तो पुलमा को चढ्न सक्छ। अहिलेको महानगरपालिकामा मेयर साव बालेनजी एन्जिनियर नै आउनु भएको छ, उहाँको ध्यानाकर्षण होस्’ उनले भने। 

कोटेश्वरको आकाशे पुल मुनिबाट बाटो पार गर्नका लागि सागर बस्नेत परबाट आइरहेको सवारी साधन हेरिरहेका छन्। आफ्नो खुट्टामा समस्या भएका कारण पुल चढ्न नसकेको उनी बताउँछन्। पुल चढ्न सहज खालका नभएका कारण यसरी बाटो पार गर्नु परेको उनको भनाइ छ। 

बाटो पार गर्दा चाँडो हुने र सजिलो हुने भएका कारण आफूले आकाशे पुल नचढेको बागबजारको आकाशे पुल तलबाट सडक पार गरिरहेकी कृष्णकुमारी खड्काले बताइन्। हतार भएको बेलामा सडकबाटै पार गरे पनि अन्य बेलामा भने पुलबाट ओहोरदोहोर गर्ने गरेको उनी बताउँछिन्। 'पानी परेको समयमा फलामको पुल चिप्लो हुन्छ्। चिप्लेर अर्को छेउमा पुगिन्छ। बागबजारको ठूलो आकाशे पुल झन् पानी परेको बेलामा भरिने गरेको छ' उनले भनिन्। अलोकनगर बस्ने रिता शाह प्रेसरको औंषधि खाइरहेकी छन्। आकाशे पुल चढ्दा आफूलाई चक्कर लाग्ने गरेको उनी बताउँछिन्। हिँड्ने बेलामा समाउने ठाउँ पनि नहुँदा समस्या भएको उनी बताउँछिन्। 

Paidal_yatri_21657867389.jpg

के भन्छन् सरोकारवाला? 
काठमाडौं महानगरपालिकामा हाल १२ वटा आकाशे पुल छन्। महानगरपालिकाको आफ्नै लगानीमा आकाशे पुल निर्माण गरिएका हुन्। ३ वटा आकाशे पुल निर्माणाधीन छन्।  मित्रपार्क, शोभाभगवतीको पूर्वतिरको चोकमा र क्षेत्रपाटी, डल्लु र सोह्रखुट्टे चोकमा आकाशे पुल निर्माणाधीन रहेका महानगरपालिकाका पूर्वाधार विभाग प्रमुख राम थापाले नेपाल लाइभलाई जानकारी दिए।  

प्रमुख थापाका अनुसार काठमाडौं महानगरमा २०५७ साल पहिले नै ८ वटा आकाशे पुल निर्माण भैसकेका थिए। भर्खरै पनि ४ वटा महानगरपालिकाको आफ्नै बजेट र १ प्रदेशको बजेटबाट आकाशे पुल निर्माण सम्पन्न भएको उनले बताए। बानेश्वरको पिपलबाटको आकाशे पुल त्यही क्षेत्रका स्थानीयले निर्माण गरेका हुन्। लैनचौरस्थित अस्कल क्याम्पसको पुल भने स्वतन्त्र विद्यार्थी युनियनले निर्माण गरेको हो।  कम्तिमा एक आकाशे पुल निर्माण गर्न ७० लाखदेखि १ करोड लागत लाग्ने गरेको थापाले बताए। अहिलेसम्मको सबै भन्दा महंगो आकाशे पुल चावहिलको हो। जुन १ करोड २० लाखको लागतमा बनेको छ। 'आकाशे पुलको निर्माण यातायात व्यवस्थापनको सहजीकरणका लागि बनाइएको हो। तर, महानगरको हकमा भने आकाशे पुल भने जति प्रयोगमा देखिएको छैन' थापाले भने, 'जसका कारण कार्यक्रम नै परिमार्जन गर्ने स्थिति आउन सक्छ।'

अपाङ्गता, ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिका लागि भने आकाशे पुल सहज नभएको उनी स्वीकार गर्छन्।महानगरपालिकाको कार्ययोजनामा पैदलयात्री मैत्री रहे पनि प्राविधिक कारण त्यो बनाउन नसकिएको उनले बताए।

‘ठूलो ठाँउ नहुँदा पुतलीसडकको बागबजार, डिल्लीबजार जाने चोकमा बनाउन सकिएको छैन्। प्राविधिक परीक्षण गरिएको हो तर, सानो ठाउँ छ’, उनले भने। त्यस्तै महाराजगञ्जस्थित टिचिङ अस्पतालको अगाडि अस्पताल प्रशासन र ट्राफिक प्रहरीले पटक-पटक पुल निर्माण गर्न माग गरेको भए पनि ठाउँ अभावका कारण सम्भव नभएको थापाले बताए।  

ट्राफिक शिक्षाको कमी र आम मान्छेको बानी व्यवहारमा परिवर्तन नआएका कारण आकाशे पुल निर्माण गर्दा पनि कतिपय ठाउँमा प्रयोगमा नआएको उनी बताउँछन्।  तर, पूर्वाधार विकास विज्ञ सूर्यराज आचार्य भने आकाशे पुलबाट बाटो पार गर्ने बानी पैदलयात्रीमा नभएको बताउँछन्। ट्राफिक जाम कम गर्न र यात्रुको सुरक्षाका लागि चोक चोकमा पुल बनाइएको भए पनि यात्रु जोखिम मोलेरै लापरबाही ढंगले सडक पार गरिरहेको उनको भनाइ छ। 

‘सडकमा अरु ठाउँमा पहिलो प्राथमिकता पैदलयात्रीलाई दिएको हुन्छ। तर  आकाशे पुल मुनि सवारीलाई प्राथमिकता दिइन्छ।’चोकहरु सबैतिर ट्राफिक लाइटको व्यवस्था गरे आकाशे पुल त्यति धेरै आवश्यक नभएको उनी बताउँछन्। आकाशे पुल विशेषगरि ट्राफिक जाम घटाउनका लागि बनाइएको भए पनि मानिसहरुले त्यसलाई वेवास्ता गर्दा समस्या आउने उनको भनाइ छ। 

यो पनि पढ्नुहोस् 
हिँड्न असुरक्षित काठमाडौं उपत्यका: सवारी साधनले फुटपाथ र जेब्राक्रसमै दिन्छन् ठक्कर

विदेशमा नागरिकलाई ट्राफिक शिक्षा राम्रोसँग दिइएका कारण बाटो पार गर्नका लागि त्यहाँका जनताले नियमको पालना गरेको देखिने गरिएको उनी बताउँछन्। 

ट्राफिक जाम समाधानको पहिलो विकल्प आकाशे पुल नरहेको उनी बताउँछन्। आकाशे पुल बनाइएको स्थानमा पनि वैज्ञानिक ढंगले अध्ययन/अनुसन्धान नगरिएका कारण समस्या भएको उनी बताउँछन्। पैदलयात्री र सवारीको चाप हरेर आकाशे पुल बनाइनु पर्नेमा त्यसो हुन नसकेको आचार्य बताउँछन्।

'हालका धेरै जसो आकाशे पुल पैदलयात्री मैत्री छैनन्। वर्खामा पानीले भरिने र चिप्लो भएर लड्ने सम्भावना धेरै छ', उनले भने, 'विकशीत मुलुकमा जेष्ठ नागरिकका लागि आकाशे पुलमा लिफ्ट जडान गरिएको हुन्छ। स्रोत साधनले हाम्रोमा नभ्याइएला। तर, पनि सामान्य बालमैत्री आकाशे पुल, जेष्ठ नागरिकको सहजका लागि त्यही अनुसारको व्यवस्थापन गर्न सकिन्छ' उनले भने। 

त्यस्तै सहरी विकासका मन्त्रालयका पूर्वसचिव किशोर थापा आकाशे पुलको स्वरुप नै बदल्नुपर्ने बताउँछन्। 'आकाशे पुलको सिँढी कतिपय ठाउँमा ठाडो छ। जसले गर्दा ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्ति जोखिम मोलेर पनि मुनीबाट बाटो काट्न बाध्य छन्' थापाले भने।  रातिको समयमा आकाशे पुलमा महिलाहरुका लागि सुरक्षा नहुनु अर्को समस्या रहेको उनको भनाइ छ। यसका लागि महानगरपालिकाले सबै पैदलयात्रीलाई अनुशासनको पालना गराउनुपर्ने र चेतनामा अभिवृद्धि हुने कार्यक्रम ल्याउनु पर्ने उनी बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०९:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
रसुवा बाढी : बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला, ८ हजार ७३० जनाको उद्धार आइतबार, भदौ १४, २०८३
मुग्लिन–काठमाडौं वैकल्पिक बाटो खुल्यो, इन्धन आपूर्तिमा समस्या नहुने आइतबार, भदौ १४, २०८३
कप्तान सन्दीप लामिछानेले एक महिनाको तलब विपद् राहत कोषमा दिने आइतबार, भदौ १४, २०८३
फुर्केखोलामा तत्काल बेलीब्रिजल जोड्न सकिँदैन : महानिर्देशक डा. जैसी आइतबार, भदौ १४, २०८३
उद्धार र राहतमा पार्टीलाई प्रभावकारी काम गर्न रविको निर्देशन आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्