• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १६, २०८२ Tue, Dec 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

हिँड्न असुरक्षित काठमाडौं उपत्यका: सवारी साधनले फुटपाथ र जेब्राक्रसमै दिन्छन् ठक्कर

64x64
नेपाल लाइभ शुक्रबार, असार ३१, २०७९  ०८:४९
1140x725

काठमाडौं– असार १३ गते राति करिब ८ बजेतिर कोटेश्वरमा सडक पेटीमा हिँड्दै गरेका ५२ वर्षीय देवकुमार सेनलाई गाडीले ठक्कर दियो।

प्रदेश २–००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बर माइक्रोबस ठोक्किएर दुर्घटना हुँदा सेनलाई गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट उनी गम्भीर घाइते भए। उपचारका लागि ललितपुरस्थित बी एण्ड सी अस्पताल पुर्‍याइएका सेनको मृत्यु भयो। 

२०७६ मंसिर २८ गते बिहानीपख २१ वर्षीय पृथ्वी मल्लले चलाएको बा १४ च ६१२३ नम्बरको कारको ठक्करबाट फुटपाथमा हिँड्दै गरेकी लीला देवकोटाको ज्यान गयो। साथीहरुसँग मदिरा पिएर रातभर ठमेलका क्लबहरुमा रमाइलो गरेपछि मल्ल कार लिएर बूढानीलकण्ठस्थित ग्रिनभ्याली रिसोर्टमा पुगेका थिए।

मदिराले लठ्ठ भएका मल्लले चलाएको कारको ठक्करबाट पैदलयात्री देवकोटाको मृत्यु भएको थियो। प्रहरीमा मल्लले रातभरको अनिद्राले झ्याप्प निदाएपछि आफूले चलाएको कार अनियन्त्रित भई सडकको पल्लो छेउमा हिँडिरहेकी बटुवालाई ठक्कर दिन पुगेको बयान दिएका थिए।  

उनीसँग नेपालको ड्राइभिङ लाइसेन्स समेत थिएन। तर, प्रहरीमा गरेको भन्दा उनले अदालतमा उल्टो बयान गरे। कारको गति धेरै भएको र स्टार्ट बन्द नहुँदा भवितव्यका रुपमा दुर्घटना भएको दाबी गरे।

१० वर्ष कैद माग दाबी गर्दै दायर भएको मुद्दामा ६ महिना मात्रै कैदको फैसला सुनाइएको थियो। उक्त अवधि पनि जेलमा नबसी अस्पताल बसेरै मल्ल छुटेका थिए। मल्लको गम्भीर गल्तीका कारण पैदलयात्री देवकोटाले भने अनाहकमै ज्यान गुमाउनु परेको थियो। 

काठमाडौं उपत्यकामा पैदलयात्री कति असुरक्षित छन् भन्ने प्रतिनिधि घटना मात्रै हुन्, यी। सडकपेटीमा हिँडेका बटुवाको ज्यान जाने घटना भने रोकिनुको साटो बढ्ने क्रममा रहेको तथ्यांकले देखाएको छ। यतिमात्रै होइन पैदलयात्रीका लागि सडक पार गर्न बनाइएका जेब्रा क्रसिङबाटै पार गर्दासमेत असुरक्षित हुनुपर्ने अवस्था काठमाडौं उपत्यकामा छ। 

सिफारिस
पैदलयात्री हिँड्न नपाउने फुटपाथ

अनलाइन न्यूज पोर्टल नेपालखबर डटकमका तत्कालीन सम्पादक कृष्ण ढुंगाना जेब्राक्रसिङबाटै बाटो काटिरहँदा सवारीले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। २०७६ असोज २३ गते नेपालखबरको कार्यालय थापाथलीको ब्लुबर्ड कम्प्लेक्सबाट घर फर्कने क्रममा बाटो पार गर्ने क्रममा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। जेब्रा क्रसिङबाटै सडक पार गर्नेक क्रममा थापाथलीमा बा ३३प २३७ नम्बरको मोटरसाइकलले सम्पादक ढुंगानालाई ठक्कर दिएको थियो। उनको टाउकोमा गम्भीर चोट लाग्दा लामो समयको उपचारपछि उनी डिस्चार्ज भएका थिए।  

Ncell 2
Ncell 2

जेब्राक्रसिङ बटुवाकै लागि बनाइएको भए पनि त्यहीँबाटै बाटो पार गर्दासमेत असुरक्षित हुने घटनाको उदाहरण सम्पादक ढुंगाना हुन्। भएका जेब्राक्रसिङ पनि खुइलिएर नदेखिने हुनु र तिव्रगति तथा लापरबाही गरेर चलाउँदा जेब्राक्रसिङमै गाडीको ठक्करबाट पैदलयात्रुको ज्यान जाने तथा घाइते हुने घटना काठमाडौं उपत्यकामा ब्याप्त छ।  

त्यस्तै, काठमाडौंमा ठक्कर दिएर भाग्ने (हिट एण्ड रन) घटना समेत पछिल्लो समय निकै देखिन थालेको र प्रहरीले हिट एण्ड रन घटनालाई गम्भीर रुपमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनाली बताउँछन्।

उनका अनुसार गत जेठ ३० गते मात्रै डिल्लीबजारमा काभ्रेको भुम्लुका ३६ वर्षीय अशोक पहारीलाई ठक्कर दिएर एउटा मोटरसाइकल भागेको थियो। हिट एण्ड रन उक्त घटनाको अनुसन्धानको क्रममा सीसीटीभी फुटेजमार्फत् ठक्कर दिने मोटरसाइकलको पहिचान गरेर पक्राउ गर्न प्रहरी वृत्त मालिगाउँ सफल भएको थियो। ठक्कर दिने मोटरसाइकल नम्बर बा ६१ प ६०७० र त्यसका चालक थानकोट नागदहका १९ वर्षीय रोहन नगरकोटीलाई पक्राउ गरिएको थियो।  

दुर्घटनामा पर्नेमध्ये ३५ प्रतिशत पैदल यात्री
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी विनोद शर्मा दासका अनुसार काठमाडौं उपत्यकामा भएका दुर्घटनामा मृत्यु हुनेमध्ये करिब ३५ प्रतिशत पैदलयात्री छन्। ट्राफिकको यो तथ्यांकले पनि उपत्यकामा पैदलयात्री उच्च जोखिममा रहेको देखाउँछ।  

उपत्यका ट्राफिक कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा मात्रै ५० जना पैदलयात्रुको गाडीको ठक्करबाट मृत्यु भएको थियो। यो आर्थिक वर्षमा मोटरसाइकल/स्कटुरमा सवार ८१ जना, ट्रकमा सवार ५, साइकलयात्री ५, बसमा सवार ६ र कार/जीपमा ६ जना गरी १५३ जनाको ज्यान भएको थियो।  

आर्थिक वर्ष २०७७/७८ मा गाडीको ठक्करबाट मृत्यु हुने पैदल यात्रीको संख्या भने ५१ पुगेको ट्राफिकको तथ्यांक छ। आर्थिक वर्ष २०७८/७९ को वैशाखसम्म भने ३० जना पैदलयात्रीले ज्यान गुमाएका छन्। 

पैदयात्रीहरूलाई ठक्कर दिएर हुने मृत्युका घटना प्राय: बिहानीपख भएको देखिन्छ। एसपी दासका अनुसार बिहानीपख मर्निङवाक लगायतमा निस्कँदा जाडोयाममा लाग्ने हुस्सु, तिव्र गति र बिग्रिएको सडकका कारण दुर्घटना भएको देखिन्छ। 

कतिपय दुर्घटना भने पैदलयात्रीका कारण समेत निम्तिन्छ। हतारमा जथाभावी बाटो काट्दा, फुटपाथ छाडेर मूल सडकबाटै हिँड्दासमेत दुर्घटना भएको देखिन्छ। जसकारण पैदलयात्री आफू समेत सचेत हुनुपर्ने एसपी दासको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
मन्त्रिपरिषद् बैठक निर्णय :वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा
सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
चिसोमा मुटु रोगबाट बच्न: के गर्ने, के नगर्ने? मंगलबार, मंसिर १६, २०८२
नेकपा संयुक्तले माघ ३ र ४ गते राष्ट्रिय सम्मेलन गर्ने सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
मन्त्रिपरिषद् बैठक निर्णय :वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
सर्वोच्चद्वारा भूमि आयोग खारेज गर्ने सरकारको निर्णय बदर सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्