• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

हिँड्न असुरक्षित काठमाडौं उपत्यका: सवारी साधनले फुटपाथ र जेब्राक्रसमै दिन्छन् ठक्कर

64x64
नेपाल लाइभ शुक्रबार, असार ३१, २०७९  ०८:४९
1140x725

काठमाडौं– असार १३ गते राति करिब ८ बजेतिर कोटेश्वरमा सडक पेटीमा हिँड्दै गरेका ५२ वर्षीय देवकुमार सेनलाई गाडीले ठक्कर दियो।

प्रदेश २–००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बर माइक्रोबस ठोक्किएर दुर्घटना हुँदा सेनलाई गाडीले ठक्कर दिएको थियो। गाडीको ठक्करबाट उनी गम्भीर घाइते भए। उपचारका लागि ललितपुरस्थित बी एण्ड सी अस्पताल पुर्‍याइएका सेनको मृत्यु भयो। 

२०७६ मंसिर २८ गते बिहानीपख २१ वर्षीय पृथ्वी मल्लले चलाएको बा १४ च ६१२३ नम्बरको कारको ठक्करबाट फुटपाथमा हिँड्दै गरेकी लीला देवकोटाको ज्यान गयो। साथीहरुसँग मदिरा पिएर रातभर ठमेलका क्लबहरुमा रमाइलो गरेपछि मल्ल कार लिएर बूढानीलकण्ठस्थित ग्रिनभ्याली रिसोर्टमा पुगेका थिए।

मदिराले लठ्ठ भएका मल्लले चलाएको कारको ठक्करबाट पैदलयात्री देवकोटाको मृत्यु भएको थियो। प्रहरीमा मल्लले रातभरको अनिद्राले झ्याप्प निदाएपछि आफूले चलाएको कार अनियन्त्रित भई सडकको पल्लो छेउमा हिँडिरहेकी बटुवालाई ठक्कर दिन पुगेको बयान दिएका थिए।  

उनीसँग नेपालको ड्राइभिङ लाइसेन्स समेत थिएन। तर, प्रहरीमा गरेको भन्दा उनले अदालतमा उल्टो बयान गरे। कारको गति धेरै भएको र स्टार्ट बन्द नहुँदा भवितव्यका रुपमा दुर्घटना भएको दाबी गरे।

१० वर्ष कैद माग दाबी गर्दै दायर भएको मुद्दामा ६ महिना मात्रै कैदको फैसला सुनाइएको थियो। उक्त अवधि पनि जेलमा नबसी अस्पताल बसेरै मल्ल छुटेका थिए। मल्लको गम्भीर गल्तीका कारण पैदलयात्री देवकोटाले भने अनाहकमै ज्यान गुमाउनु परेको थियो। 

काठमाडौं उपत्यकामा पैदलयात्री कति असुरक्षित छन् भन्ने प्रतिनिधि घटना मात्रै हुन्, यी। सडकपेटीमा हिँडेका बटुवाको ज्यान जाने घटना भने रोकिनुको साटो बढ्ने क्रममा रहेको तथ्यांकले देखाएको छ। यतिमात्रै होइन पैदलयात्रीका लागि सडक पार गर्न बनाइएका जेब्रा क्रसिङबाटै पार गर्दासमेत असुरक्षित हुनुपर्ने अवस्था काठमाडौं उपत्यकामा छ। 

सिफारिस
पैदलयात्री हिँड्न नपाउने फुटपाथ

अनलाइन न्यूज पोर्टल नेपालखबर डटकमका तत्कालीन सम्पादक कृष्ण ढुंगाना जेब्राक्रसिङबाटै बाटो काटिरहँदा सवारीले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। २०७६ असोज २३ गते नेपालखबरको कार्यालय थापाथलीको ब्लुबर्ड कम्प्लेक्सबाट घर फर्कने क्रममा बाटो पार गर्ने क्रममा उनलाई मोटरसाइकलले ठक्कर दिएको थियो। जेब्रा क्रसिङबाटै सडक पार गर्नेक क्रममा थापाथलीमा बा ३३प २३७ नम्बरको मोटरसाइकलले सम्पादक ढुंगानालाई ठक्कर दिएको थियो। उनको टाउकोमा गम्भीर चोट लाग्दा लामो समयको उपचारपछि उनी डिस्चार्ज भएका थिए।  

Ncell 2
Ncell 2
nimb
nimb

जेब्राक्रसिङ बटुवाकै लागि बनाइएको भए पनि त्यहीँबाटै बाटो पार गर्दासमेत असुरक्षित हुने घटनाको उदाहरण सम्पादक ढुंगाना हुन्। भएका जेब्राक्रसिङ पनि खुइलिएर नदेखिने हुनु र तिव्रगति तथा लापरबाही गरेर चलाउँदा जेब्राक्रसिङमै गाडीको ठक्करबाट पैदलयात्रुको ज्यान जाने तथा घाइते हुने घटना काठमाडौं उपत्यकामा ब्याप्त छ।  

त्यस्तै, काठमाडौंमा ठक्कर दिएर भाग्ने (हिट एण्ड रन) घटना समेत पछिल्लो समय निकै देखिन थालेको र प्रहरीले हिट एण्ड रन घटनालाई गम्भीर रुपमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनाली बताउँछन्।

उनका अनुसार गत जेठ ३० गते मात्रै डिल्लीबजारमा काभ्रेको भुम्लुका ३६ वर्षीय अशोक पहारीलाई ठक्कर दिएर एउटा मोटरसाइकल भागेको थियो। हिट एण्ड रन उक्त घटनाको अनुसन्धानको क्रममा सीसीटीभी फुटेजमार्फत् ठक्कर दिने मोटरसाइकलको पहिचान गरेर पक्राउ गर्न प्रहरी वृत्त मालिगाउँ सफल भएको थियो। ठक्कर दिने मोटरसाइकल नम्बर बा ६१ प ६०७० र त्यसका चालक थानकोट नागदहका १९ वर्षीय रोहन नगरकोटीलाई पक्राउ गरिएको थियो।  

दुर्घटनामा पर्नेमध्ये ३५ प्रतिशत पैदल यात्री
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी विनोद शर्मा दासका अनुसार काठमाडौं उपत्यकामा भएका दुर्घटनामा मृत्यु हुनेमध्ये करिब ३५ प्रतिशत पैदलयात्री छन्। ट्राफिकको यो तथ्यांकले पनि उपत्यकामा पैदलयात्री उच्च जोखिममा रहेको देखाउँछ।  

उपत्यका ट्राफिक कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ मा मात्रै ५० जना पैदलयात्रुको गाडीको ठक्करबाट मृत्यु भएको थियो। यो आर्थिक वर्षमा मोटरसाइकल/स्कटुरमा सवार ८१ जना, ट्रकमा सवार ५, साइकलयात्री ५, बसमा सवार ६ र कार/जीपमा ६ जना गरी १५३ जनाको ज्यान भएको थियो।  

आर्थिक वर्ष २०७७/७८ मा गाडीको ठक्करबाट मृत्यु हुने पैदल यात्रीको संख्या भने ५१ पुगेको ट्राफिकको तथ्यांक छ। आर्थिक वर्ष २०७८/७९ को वैशाखसम्म भने ३० जना पैदलयात्रीले ज्यान गुमाएका छन्। 

पैदयात्रीहरूलाई ठक्कर दिएर हुने मृत्युका घटना प्राय: बिहानीपख भएको देखिन्छ। एसपी दासका अनुसार बिहानीपख मर्निङवाक लगायतमा निस्कँदा जाडोयाममा लाग्ने हुस्सु, तिव्र गति र बिग्रिएको सडकका कारण दुर्घटना भएको देखिन्छ। 

कतिपय दुर्घटना भने पैदलयात्रीका कारण समेत निम्तिन्छ। हतारमा जथाभावी बाटो काट्दा, फुटपाथ छाडेर मूल सडकबाटै हिँड्दासमेत दुर्घटना भएको देखिन्छ। जसकारण पैदलयात्री आफू समेत सचेत हुनुपर्ने एसपी दासको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्