• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

पैदलयात्री हिँड्न नपाउने फुटपाथ

64x64
युवराज भट्टराई शुक्रबार, असार ३१, २०७९  ०७:०१
1140x725

काठमाडौं– पोखराका किरण रानाभाट काठमाडौं आएको केही महिना मात्रै भयो। पुतलीसडकस्थित एक इन्स्टिच्युटमा अध्ययन गरिरहेका उनी दैनिक रातोपुलबाट पैदल यात्रा गर्छन्। तर, पैदलयात्रा गर्दा भोग्नु परेका समस्याले उनलाई विरक्त बनाइसकेको छ।

‘रातोपुलबाट हिँडन थाल्यो, हिँड्दाहिँड्दै फुटपाथ नै हराउँछ,’ उनी भन्छन्, ‘फुटपाथ भएका ठाउँमा पनि पोल र तार छन्। सडकबाट हिँड्दा गाडीले हान्ला कि भन्ने डर लाग्छ। फुटपाथ नै नभएपछि कहाँबाट हिँड्नु?’

पैदलयात्रीका लागि भनेर बनाइएका फुटपाथ हिँड्नै नसक्ने खालका भएको किरणको गुनासो छ। कतै फोहोरको डंगुर भेटिने उनी बताउँछन्। ‘डिल्लीबजार चोकको फुटपाथमा फोहोर हुन्छ। पुतलीसडक चोक नजिकै पनि फोहोर थुपारिएको हुन्छ। रातो पुलमा हिँड्ने बाटोमै बिजुलीका पोल छन्,’ उनी भन्छन्।

थापाथलीस्थित एक पुस्तक पसलमा कार्यरत सुनिता गिरी पैदलयात्रीका लागि फुटपाथ सहज नबनाइएको बताउँछिन्। अनामनगर धोबीखोला नजिक बस्ने उनी हरेक दिन सिंहदरबार हुँदै थापाथली पुग्छिन्। उनी भन्छिन्, ‘सिंहदरबार वरपर निर्माण सामग्रीले फुटपाथ छेकिएको छ। अनामनगरमा फुटपाथमा व्यापार गरिन्छ। हामी हिँड्नेहरूका लागि बनाइएको सडक हामीले नै प्रयोग गर्न पाएका छैनौं।’

उता, रातोपुल बस्ने सामना जिसी पैदलयात्रीका लागि बनाइएको फुटपाथ अव्यवस्थित र दुर्घटना गराउने खालका भएको बताउँछिन्। फुटपाथमा पैदलयात्रीलाई नै छेकेर व्यापार गर्ने, निर्माण सामग्री थुपार्ने र पार्किङ गर्ने गरिएको उनको भनाइ छ। ‘रातो पुल, डिल्लीबजार, पुतलीसडक, टुकुचालगायतका फुटपाथ हुँदै म दैनिक यात्रा गर्छु,’ उनी भन्छिन्, ‘तर, यी ठाउँहरु दुर्गन्धले भरिएको छ। फोहोरका कारण बाटोमा सास नै नफेरी हिँडनु पर्छ।’

सहरी सडक मापदण्ड, २०७६ अनुसार फरक उमेर समूह र फरक क्षमता भएकासहित सबैका लागि उपयुक्त फुटपाथको व्यवस्था हुनुपर्छ। सार्वजनिक सडक ऐन, २०३१ को दोस्रो संसोधन २०४६ को प्रस्तावनामै सर्वसाधारणको सुविधाका लागि सबै किसिमका सार्वजनिक सडकहरुको निर्माण, मर्मत र सुधार गरिनु पर्ने उल्लेख छ। 

फुटपाथ, अर्थात् तरकारी बजार!
पैदलयात्रीको लागि बनाइएका काठमाडौंका फुटपाथ ठीकविपरीत रूपमा प्रयोग भइरहेका छन्। मैतीदेवीदेखि सेतोपुलतर्फ जाने सडकको दायाँतर्फको फुटपाथमै व्यापार हुनेगर्छ। त्यहाँ तरकारी र फलफूल बेच्नेको ‘हाट’ नै लाग्छ। 

मैतीदेवी बस्ने अस्मिता खड्का यो फुटपाथमा हिँड्न असहज हुने बताउँछिन्। उनी भन्छिन्, ‘फुटपाथ भनेर बनाएको ठाउँमा तरकारी बजार छ। हिँडन पाउनु त परको कुरा, यहाँ त भिडका कारण पाइला चाल्नै मुस्किल हुन्छ।’ फुटपाथमा तरकारी बजार भएकाले आफू मूल सडकबाटै हिँड्न बाध्य हुने गरेको उनी बताउँछिन्।

nimb
nimb

रातोपुलबाट गौशाला जाने क्षेत्रको फुटपाथमा पनि यही समस्या छ। हरेक साँझ यो क्षेत्रमा तरकारी, फलफूल र चटपटे तथा पानीपुरी बेच्ने र खानेको भिड हुन्छ। पुरानो बानेश्वरबाट भिमसेनगोला जाने सडक खण्डमा रहेको फुटपाथमा पनि यही समस्या छ। त्यस्तै, चाबहिल चोकबाट चुच्चेपाटी सडकखण्डमा पनि तरकारी तथा फलफूल बेच्नेको बजार लाग्छ। काठमाडौंको प्रमुख चोकमा यो समस्या भएको पैदलयात्री बताउँछन्।

फुटपाथमा फोहोरको डंगुर
गैह्रीधारास्थित सनराइज बैंक सामुन्नेको फुटपाथमा मंगलबार साँझ फोहोरको डंगुर थियो। बिहीबार बिहानसम्म पनि उक्त स्थानमा फ्याँकिएको फोहोर उठेको थिएन। खाली जमिनमा थुपारिएको फोहोर नजिकैको फुटपाथसम्म पुगेको थियो, जसले गर्दा पैदलयात्रीलाई असहज थियो। ‘यो ठाउँमा केही दिन फोहोर उठेजस्तो हुन्छ, फेरि फ्याँकिन्छ’, मंगलबार उक्त फुटपाथमा भेटिएका प्रशान्त शर्मा भन्छन्, ‘हामी हिँड्नेले नै मुख बन्द गरेर फुटपाथभन्दा बाहिरबाट हिँडनु पर्छ।’

डिल्लीबजार पिपलबोट सामुन्नेको फुटपाथमा प्रायः फोहोर थुप्रिएको हुन्छ। रातोपुलमा पनि फुटपाथमै फोहोर थुपारिएको हुन्छ। मैतिदेवी मन्दिर क्षेत्रस्थित फुटपाथ पनि उस्तै हुन्छ। 

सडक किनारमै गरिने पार्किङ र फुटपाथमा थुपारिएको फोहोरले हिँड्न नै मुस्किल हुने गरेको मैतीदेवी बस्ने लक्षु सापकोटा बताउँछन्। उनी भन्छन्, ‘यहाँ चोकमा फोहोर फ्याल्ने समस्या त सधैंको हो। हामी पैदलयात्रीले हिँड्ने ठाउँमै पार्किङ हुन्छ। फुटपाथ छोडेर तर्किएर हिँड्नु पर्छ।’

बिजुलीका तार र ट्रान्समिटरले जोखिममा पैदलयात्री 
नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा विद्युतीय तार भूमिगत गरिरहेको छ। त्यसका लागि फुटपाथ भत्काएको लामो समय भइसकेको छ भने सडक किनारमा विद्युतीय ट्रान्समिटर पनि राखिएका छन्। पैदलयात्री हिँड्ने ठाउँमा ट्रान्समिटर राख्ने र बिजुलीका तार असरल्ल छाड्ने गर्दा जोखिम बढेको पैदलयात्रीहरू बताउँछन्। विद्युतीय तार भूमिगत गर्न सडक पेटी खनेर छाड्दा पनि जोखिम बढेको उनीहरूको गुनासो छ।

footpath1657804917.jpg

बिजुलीबजारदेखि रातोपुल हुँदै चाबहिल गोपीकृष्ण क्षेत्रसम्मको करिडोरमा ट्रान्समिटरहरू राखिएका छन्। यी ट्रान्समिटरले पैदलयात्री हिँड्ने बाटो छेकिएको छ। 

इलेक्ट्रिकल इन्जिनियर अनिस खड्काका अनुसार ट्रान्समिटर वा ट्रान्सफर्मर सर्वसाधारणको भिडभाडभन्दा एक मिटरको दूरीमा हुनुपर्छ। तर, पैदलयात्री हिँडने ठाउँमा नै राखिँदा जोखिम हुने उनी बताउँछन्। अपांगता भएकाहरूलाई यस्ता ट्रान्सफर्मर र बिजुलीका तारहरूले सबैभन्दा धेरै जोखिम भएको छ।

पैदलयात्रीका लागि समस्या भइरहँदा विद्युत प्राधिकरणले भने काममा समन्वय नहुँदा समस्या भएको जनाएको छ। प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले सडक विभाग र महानगरपालिकासँगको समन्वयमा गर्नुपर्ने काम विभागको असहयोगका कारण हुन नसकेको दाबी गरे।

हिँड्दाहिँड्दै दुर्घटनामा
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी विनोद शर्मा दासका अनुसार काठमाडौं उपत्यकामा भएका दुर्घटनामा मृत्यु हुनेमध्ये करिब ३५ प्रतिशत पैदलयात्री छन्। ट्राफिकको यो तथ्यांकले पनि उपत्यकामा पैदलयात्री दुर्घटनाको जोखिममा रहेको देखाउँछ।

प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै ५१ जना पैदलयात्रीको गाडीको ठक्करबाट मृत्यु भएको थियो। यो आर्थिक वर्षमा मोटरसाइकल/स्कटुरमा सवार ८१ जना, ट्रकमा सवार पाँच, साइकलयात्री पाँच, बसमा सवार ६ र कार/जीपमा ६ जना गरी १५३ जनाको ज्यान गएको थियो।

पैदलयात्रीका लागि भनेर बनाइएका फुटपाथमा तरकारी बेच्न राख्ने र फोहोर फ्याल्ने गर्दा पैदलयात्री मूल सडकबाट हिँडन बाध्य हुन्छन्। त्यही कारण पैदलयात्री दुर्घटनामा पर्ने गरेका छन्।

सडक क्षेत्रमा राखिने निर्माण सामग्रीले पनि जोखिम निम्त्याइरहेको छ। तत्कालीन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सडक अनुगमन यस्ता सामग्री जफत गर्नेसम्मको निर्देशन दिएकी थिइन्। तर, अहिले पनि अवस्था उस्तै छ। 

पैदलयात्रीको हिँडने अधिकार सुनिश्चित गरिन्छः सहरी विकास मन्त्रालय
फुटपाथलाई असुरक्षित, जोखिम र भिडभाड पार्ने गरी बनेका संरचना हटाउन नसकेको सहरी विकास मन्त्रालय भने पैदलयात्रीको अधिकार सुनिश्चित हुने बताउँछ। मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्मा नयाँ निर्माण हुने र मर्मतसम्भार गरिने सडकमा पैदलयात्रीका लागि फुटपाथ बनाइने बताउँछन्।

footpath21657805049.jpg

शर्मा भन्छन्, ‘सडकपेटी नभएका कारण समस्या धेरै भयो भन्ने कुरा हो। दुर्घटना पनि धेरै भएका छन्। त्यसैले अबका दिनमा यो समस्यालाई समाधान गर्दै पैदलयात्रीको हिँड्ने अधिकार सुनिश्चित गर्ने काम गर्दैछौं।’

भएका फुटपाथको उपयोग र नभएका ठाउँमा निर्माणका लागि आगामी आर्थिक वर्षमा उल्लेख्य बजेट विनियोजन गरिएको उनले बताए। धोबिखोला करिडोर क्षेत्रमा भएका ट्रान्स्फर्मरको विषयमा पनि विद्युत् प्राधिकरण र मन्त्रालयबीच मौखिक समझदारी गरेर पैदलयात्रीलाई समस्या नहुने अवस्था निर्माण गर्ने निर्णय भएको शर्मा बताउँछन्।

‘करिडोर क्षेत्र वा अन्य ठाउँमा बनेका ट्रान्सफर्मरलाई हटाउने र नयाँ बनाएर पैदलयात्रीको अधिकार सुनिश्चित गर्ने समझदारी प्राधिकरणसँग भएको छ,’ उनले भने, ‘फुटपाथमा व्यापार वा तरकारी बेच्ने भन्ने कुरा हाम्रो क्षेत्राधिकार होइन। काठमाडौं महानगरपालिकाले काम नगर्दा यस्तो समस्या आएको हो।’

प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
रसुवा बाढी : बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला, ८ हजार ७३० जनाको उद्धार आइतबार, भदौ १४, २०८३
मुग्लिन–काठमाडौं वैकल्पिक बाटो खुल्यो, इन्धन आपूर्तिमा समस्या नहुने आइतबार, भदौ १४, २०८३
कप्तान सन्दीप लामिछानेले एक महिनाको तलब विपद् राहत कोषमा दिने आइतबार, भदौ १४, २०८३
फुर्केखोलामा तत्काल बेलीब्रिजल जोड्न सकिँदैन : महानिर्देशक डा. जैसी आइतबार, भदौ १४, २०८३
उद्धार र राहतमा पार्टीलाई प्रभावकारी काम गर्न रविको निर्देशन आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध आइतबार, भदौ १४, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
त्रिशूलीको बाढीले धादिङको गल्छीमा चार घर बगायो आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्