• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अर्काको गीत ‘चोरेर’ चर्चामा

64x64
युवराज भट्टराई सोमबार, असार २७, २०७९  ०७:५१
1140x725

काठमाडौं– ‘पछ्यौरी’ बोलको गीत अहिले सांगीतिक क्षेत्रमा चर्चामा छ। गायिका इन्दिरा जोशीले १२ वर्षपछि आफ्नै संगीत, शब्द र गायनमा गाएको यो गीत सार्वजनिक भएको केही समयमै चर्चा बटुल्न सफल भएको छ। टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालका माध्यमहरुमा गीतको भ्यूज बढ्दो छ। सार्वजनिक भएको १० दिनमा नै युट्युबमा गीतलाई ४ लाखभन्दा धेरै पटक हेरिएको छ।

तर, गीत चर्चामा आउनुको कारण भने भिन्न देखिन्छ। त्यो हो, गायिका इन्दिरामाथि लागेको चोरीको आरोप। एकातिर आकर्षक र फरक धुनले भरिएको गीत दर्शकले रुचाइरहँदा इन्दिराले यो गीत चोरेको विषय सार्वजनिक भएको छ। जसमा इन्दिरा आफैंले पनि सामाजिक सञ्जालमार्फत् स्पष्टीकरण पनि दिएकी छिन्।

इन्दिराको गीत ‘पछ्यौरी’मा प्रयोग भएको ‘स्याक्सोफोन’ बाजाको जस्तो मेलोडी धुन २०१३ मा सार्वजनिक भएको एक गीतसँग मिल्न जाँदा उनीमाथि चोरीको आरोप लागेको छ। अमेरिकी गायक जेसन डेरुलोले गाएको ‘टक डर्टी–२’ गीतमा प्रयोग भएको स्याक्सोफोनकै धुनसँग मिल्न गएको हो। जुन विषयलाई लिएर आम दर्शक तथा सञ्चारमाध्यमले इन्दिरामाथि चोरीको आरोप लगाइरहेका छन्। 

इन्दिराले भने आफ्नो स्पष्टीकरणका रुपमा सामाजिक सञ्जालमार्फत् बिनाकारण आलोचना खेप्नु परेको बताएकी छिन्। उनले शनिबार साँझ सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘बेक्कारमा टन्नै आलोचना खेप्न पर्नि! अबदेखि अन्तर्राष्ट्रिय शैलीलाई नेपाली शैलीमा समावेश नगर्दा नै बेस होला। अरुले त्यही काम गर्दा स्टायल र ट्रेण्ड, हामी आफूले प्रयोगमा ल्याउँदा चोरेको!!!’

इन्दिराले उक्त स्टेटस् राख्दै एक गीतको लिंक पनि समावेश गरेकी छिन्, जसमा उनको गीत र डेरुलोले गाएको ‘टक डर्टी–२’ मा भएको स्याक्सोफोन शैलीको धुन समावेश छ। उक्त गीत ‘हेर्मेटिको’ बोलको छ, जसलाई ‘बाल्कन बिट बक्स’ नामक सांगीतिक समूहले तयार पारेको हो। स्मरण गर्नुपर्ने कुरा, डेरुलोले उक्त गीतको धुनलाई आधिकारिक रुपमै अनुमति लिएर प्रयोग गरेका थिए।

इन्दिराले आफ्नो पक्षमा स्पष्टीकरण लेखेकी भएपछि सामाजिक सञ्जालमा उनको खेदो खन्ने काम झन् कम भएको छैन। ‘चोरेर’ चर्चा कमाइरहेको भन्दै उनको आलोचना भएको छ।

तर, चर्चामा आउन ‘चोर’ बाटो अपनाउने कलाकारमा इन्दिरा पहिले होइनन्। यसअघि पनि नेपाली सांगीतिक क्षेत्रमा यस्ता चोरीका थुप्रै घटनाहरु भएका छन्। चोरेर आफ्नो भन्दै ल्याइएका गीत तथा संगीतहरुले चर्चा कमाइरहँदा सर्जकमाथि लाग्ने आरोपमा सर्जकहरुले भने मौनता साँध्ने गरेका छन्। आफूमाथि लागेको आरोपको विषयमा मौन रहनेदेखि आरोपलाई तर्कसंगत नभई खण्डन गर्न खोज्नेसम्मको विगत नेपाली संगीत क्षेत्रमा देखिएको छ।

‘शत्रु गते’ नामक फिल्ममा समावेश भएको चर्चित गीत ‘रुपै मोहनी’माथि पनि चोरीको आरोप लागेको थियो। तर, गीत समावेश फिल्मका निर्माण पक्ष वा गीतका लेखक तथा गायक कसैले पनि यो आरोपमाथि बोलेनन्। उनीहरु चुपचाप बसेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त गीतलाई टंक बुढाथोकीले गाएका थिए, जसमा शब्द लोकराज अधिकारीको थियो। उक्त गीतमा प्रयोग भएको शब्द बाहेक लयदेखि संगीतसम्म लोक गायक कुमार बस्नेतको चर्चित गीत ‘रौसी खान जाम दाजै’सँग मेल खाएको थियो। बस्नेतले फिल्मको उक्त गीत सार्वजनिक भएपछि आफ्नो गीतसँग मिल्न गएको भन्दै आपत्ति पनि जनाएका थिए। आफूले संकलन गरेको र गाएको गीतलाई अरुले प्रयोग गरेकोमा बस्नेतको चित्त दुखाई थियो।

तर, यस विषयमा न फिल्मको निर्माण पक्ष बोल्यो, न गायक र लेखक नै। ओरिजिनल सर्जकले आपत्ति जनाउँदा ‘रुपै मोहनी’का सर्जकहरुले भने ‘संगीतमा १२ वटा नोटहरुमा बसेर काम गर्दा यताउता ठोक्किनु स्वभाविक हो’ भन्ने गैरजिम्मेवार तर्क दिएका थिए।

गायक तथा संगीतकारका रुपमा आफ्नो परिचय स्थापित गराएका कालिप्रसाद बाँस्कोटा पनि गीत चोरीको आरोप खेपेकामध्येमा पर्छन्। तीन वर्षअघि सार्वजनिक भएको उनको गीत ‘इन्स्टाको फोटो’ चोरिएको आरोप लागेको थियो। 

सार्वजनिक भएयता हालसम्म १ करोड ५० लाखभन्दा धेरै पटक युट्युबमा हेरिएको उक्त गीतमा संगीत, शब्द र गायन सबै बाँस्कोटाकै थियो। गीत सार्वजनिक भएर चर्चामा आइरहँदा भने गीतसँग मिल्दोजुल्दो अर्को गीत चर्चामा आयो। उक्त गीत थियो फ्रेन्च गायक कार्ला ब्रुनीको ‘क्वेलक्यु उन मा दित’। उक्त गीतसँग बाँस्कोटाको गीतको संगीत र लय मिल्ने मात्रै नभएर धेरै हदसम्म प्रसंग पनि मिलेको छ। बाँस्कोटले ब्रुनीको गीतमा जस्तै आफ्नो गीतमा छुटिएको प्रेम सम्बन्धको सम्झनालाई प्रस्तुत गरेका छन् र निरन्तर सम्झिरहेको उल्लेख गरेका छन्।

लोक गीत गायनमा प्रतिभाशाली गायकको रुपमा प्रस्तुत भएका गायक प्रकाश सपुत पनि चोरीको आरोप लाग्नेमा पर्छन्। तीन वर्षअघि सार्वजनिक भएको उनको बहुचर्चित गीत ‘गल्बन्दी’माथि चोरीको आरोप लागेको थियो। उक्त गीतमा प्रयोग भएको लय दिग्गज गायक शम्भु राईको देउसी भैलो गीत ‘आउ नाचौं साथी हो’सँग मिल्न गएको थियो। 

सपुतको गीत सार्वजनिक भएपछि चर्चित बन्यो। एक हिसाबले लोक गायनमा सपुतलाई स्थापित गराउने स्तरमै यो गीतले प्रशंसा र चर्चा बटुलेको थियो। तर, सँगै स्रोतादर्शकले उनले गीतमा प्रयोग भएको लय शम्भु राईबाट चोरेको पनि आरोप लगाए।

केही समयसम्म गीतको लयको चोरी भएको विषयमा विवाद भएको थियो। व्यक्तिगत छलफलमार्फत् दुई पक्षबीच सहमति हुन नसक्दा मुल सर्जक शम्भु राईले कानुनी ढोकासम्म जाने निधो गरेका थिए। अन्ततः प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा उनीहरुबीच सहमति भएको थियो।

सपुतले उक्त सहमतिमा आफूले गरेको गल्ती स्वीकार्दै युट्युबमा आफ्नो गीतको विवरणमा मूल संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जनामा आफ्नो नाम समावेश गर्ने सहमति जनाएका थिए।

त्यस्तै, ‘कृ’ फिल्ममा समावेश गीत ‘उकालीमा पछिपछि’ पनि चोरी विवादमा तानिएको गीत हो। सुरेन्द्र पौडेलको निर्देशन र सुवास गिरीको लगानीमा बनेको यो फिल्मको उक्त गीतलाई अल्मोडा राना उप्रेतीले गाएका थिए। उक्त गीत आफ्नो फिल्म ‘सम्झना’बाट अनुमति बिना लिइएको भन्दै निर्माता तथा निर्देशक शम्भु प्रधानले प्रतिलिपि अधिकार हनन् भएको भन्दै प्रहरी प्रभाग टेकुमा उजुरी दिएका थिए। 

प्रहरीले ‘कृ’ फिल्मका निर्माता सुवास गिरीलाई पक्राउ गरेर ११ लाख क्षतिपूर्ति प्रधानलाई दिलाएपछि मात्रै हिरासत मुक्त गरेको थियो।

त्यसो त, अल्मोडाले नै तयार पारेको ‘छक्का पञ्जा–२ को गीत’ ‘नाइलनको सारीमा’ स्वर्गीय गायक कान्छा मगर नेपालीको गीतको नक्कल गरेको आरोप लागेको थियो। सारंगी वादक तथा प्रशिक्षक श्याम नेपालीले उक्त गीत आफ्नो हजुरबुबाको रचना भएको बताउँदै फिल्मको निर्माण पक्षमाथि आपत्ति जनाएका थिए। पछि रातारात फिल्मको गीत सार्वजनिक भएको युट्युबको विवरणमा कान्छा मगर नेपालीको नाम राखिएको थियो।

यी मात्रै नभएर विगतदेखि वर्तमानसम्म नेपाली संगीत क्षेत्रमा नेपाल भित्रकै र नेपाल बाहिरका गीतहरुको चोरीका घटना निरन्तर भइरहेका छन्। २००३ मा सार्वजनिक भएको मन्त्र ब्याण्डको ‘वीर गोरखाली’ गीत सन् १९८३ मा जुडास प्रिस्टले गाएको ‘प्यारेन्टल गाइडेन्स’बाट, २००६ मा सार्वजनिक ‘८८४८’ सांगितिक समूहको ‘बुढेशकालको लाठी’ गीत १९७३ मा द फ्रि इलेक्ट्रिक ब्याण्डले गाएको ‘अल्बर्ट होम्मोन्ड’बाट, दिपक बज्राचार्यको बहुचर्चित गीत ‘ओ अमिरा’ विल्किन्सले गाएको गीत ‘मार्गरिटा’बाट, कालीप्रसाद बाँस्कोटाको ‘मन यो मेरो हजुर’ सचिन–जिगरको गीत ‘सैबो’बाट, बाँस्कोटाकै ‘सुन बाटुली’गीत भारतीय फिल्म ‘दिल्ली ६’मा रेखा भारद्वाजलगायतले गाएको ‘गेन्धा फुल’बाट चोरिएका केही गीतका उदाहरणहरु हुन्।

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ०७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
फिल्म ‘कार्की साइँला’की अभिनेत्री प्रियना आचार्य राहत सामग्रीसहित बाढी प्रभावित क्षेत्रमा बाढीका कारण रसुवा र नुवाकोटसहित प्रभावित क्षेत्रका हजारौँ नागरिकको जनधनमा क्षति पुगेको तथा धेरै परिवार गाँस, बास र कपासको समस्यामा प... शुक्रबार, भदौ १९, २०८३
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा पाली फिल्मका अभिनेता दीपकराज गिरीले बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि राहत कोषमा तीन लाख रुपैयाँ सहयोगको... शुक्रबार, भदौ १२, २०८३
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि... शुक्रबार, भदौ ५, २०८३
ताजा समाचारसबै
लिभरपुलको पहिलो जित शनिबार, भदौ २०, २०८३
वर्षा र पहिरोले सडक सञ्जाल अस्तव्यस्त, दर्जनौं सडकखण्ड प्रभावित शनिबार, भदौ २०, २०८३
मुग्लिन–काठमाडौं सडक साँझ ६ बजेसम्म बन्द शनिबार, भदौ २०, २०८३
बाढी प्रभावितको स्थायी पुनर्स्थापना सरकारको प्राथमिकतामा राखेको छ : मन्त्री बादी शनिबार, भदौ २०, २०८३
एमबाप्पेले पेनाल्टीमा गोल गर्न नसक्दा हार्‍यो रियल शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्