• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

प्रधानमन्त्रीका नातेदारलाई बढुवा गर्न नियमावली संशोधन, एसएसपी भएलगत्तै डीआईजी बन्ने दाउ!

64x64
नारायण अधिकारी शुक्रबार, असार २४, २०७९  १८:४७
1140x725

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाका एक नातेदारलाई बढुवा गर्नकै लागि सशस्त्र प्रहरी नियमावली, २०७२ संशोधन गरिएको छ। 

सशस्त्र प्रहरी नियमावलीका कारण बढुवाका लागि अयोग्य भएपछि नियमावलीको नियम ४० लाई नै संशोधन गरेर बढुवा सूचना निकालिएको छ। 

कतिसम्म भने नियमावली संशोधन गरेर राजपत्रमा सूचना प्रकाशित भएलगत्तै सशस्त्र प्रहरी हेडक्वाटरले बढुवाका लागि सूचना निकालेको छ। सशस्त्र प्रहरी नियमावलीको नियम ४० अनुसार एसपीबाट एसएसपीमा बढुवा हुनका लागि एसपीमा ४ वर्ष सेवा गरेको हुनुपर्ने उल्लेख थियो।

‘सशस्त्र प्रहरी सेवामा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तह भन्दा एक तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्नेछ’ नियम ४० मा उल्लेख थियो। 

४ वर्ष सेवा नगरेको भए पनि एसएसपी पद रिक्त भएको अवस्थामा कायममुकाय एसएसपीको दर्जा दिएर काम गर्न भने नरोक्ने उल्लेख नियमावलीले गरेको थियो। तर एसपीबाट कन्फम एसएसपी हुन भने ४ वर्ष सेवा अनिवार्य गरेको हुनुपर्ने प्रावधान थियो।

उक्त प्रावधानका कारण प्रधानमन्त्री देउवाका आफन्त तथा उनका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाईँ दीपेन्द्र कुँवर कन्फम एसएसपी बन्न नसक्ने भएपछि नियमावली नै संशोधन गरिएको छ।

नियम ४० मा उल्लेख भएको एसपी दर्जामा ४ वर्षसम्म सेवा गरेको व्यक्ति बढुवाका लागि योग्य हुने भन्ने ठाउँमा ३ वर्ष बनाइएको छ। यदी नियमावली संशोधन नभएको भए कुँवर आउँदो चैतको अन्तिम सातामात्रै कन्फम एसएसपी बन्नका लागि योग्य ठहरिन्थे।

Ncell 2
Ncell 2

तर, उनले बढुवा हुनका लागि चैतसम्म कुर्नु परेन। आफ्नै नातेदार शक्तिकेन्द्रको उच्च ओहोदामा रहेको फाइदा उठाउँदै नियमावली नै संशोधन गरेर उनी बढुवा हुने लाइनमा छन्। नियमावली संशोधन भएर हिजो (बिहीबार) राजपत्रमा सूचना प्रकाशित भएको थियो। राजपत्रमा सूचना प्रकाशित भएलगत्तै सशस्त्र प्रहरी हेडक्वाटरले बढुवाका लागि सूचना समेत निकालिसकेको छ। पाँच दिनको म्याद राखेर आवेदन माग गरिएको छ। 

एसएसपी भएलगत्तै डीआईजी बन्ने दाउ

एसपीबाट कामु एसएसपी बन्दा कुँवर ११ नम्बरमा थिए। रोलक्रम नमिची, कासमु नहेरी कामु बढुवा दिइन्छ। जसकारण एसपी बढुवा हुँदा ११ नम्बरमा रहेका कुँवर कामु एसएसपी बन्नका लागि ११ जना एसएसपी पद रिक्त हुनुपर्थ्याे। २०७७ माघदेखि ८ वटा एसएसपी पद रिक्त हुँदासमेत झण्डै एक वर्षसम्म पद रिक्त राखेर २०७८ मंसिर २९ गते बल्ल कामु एसएसपी बनाइएको थियो।

११ एसएसपीको पद खाली भएपछि ११ औं नम्बरमा रहेका कुँवर कामु बन्न योग्य भएपछि बल्ल कामु एसएसपी दिइएको थियो। पद रिक्त भएको झण्डै एक वर्षसम्म कामु एसएसपी बन्ने प्रक्रियासमेत उनै कुँवरका कारण रोकिएको थियो। 

यसरी एक वर्षसम्म पद रिक्त राखेर कामु बन्न सफल भएका कुँवर अहिले फेरि नियमावली संशोधन गर्दै कामुबाट कन्फम एसएसपी बन्दै डीआईजी बन्ने दाउमा लागेका छन्। कामु एसएसपीबाट कन्फम एसएसपी बन्दा बरियतामा अघि आउने र त्यसको केही समयमै डीआईजी बन्ने दाउ कुँवरको छ। 

सशस्त्र प्रहरीमा अहिले दुई डीआईजीको पद रिक्त छ। प्रतिस्पर्धी हुँदासमेत डीआईजी बढुवाको तयारी सशस्त्र हेडक्वाटरले थालेको छैन।

सशस्त्र प्रहरीको डीआईजीमा बढुवा हुनका लागि स्टाफ कलेज पास गर्नुपर्ने हुन्छ। तर कुँवर भने स्टाफ कलेजको प्रवेश परीक्षामै दुई पटकसम्म फेल भएका थिए। उनै कुँवरलाई स्टाफ कलेज पास गर्नका लागि गत वर्ष त्रिभुवन विश्वविद्यालयको उपस्थितिबिनै परीक्षा लिएर पास गराइएको थियो। 

तत्कालीन एआईजी पुष्पराम केसी (पछि आईजी भएर अवकाश) को नेतृत्वमा प्रवेश परीक्षा समिति बनाएर कुँवरलाई पास गरिएको थियो। प्रवेश परीक्षा पास गरेपछि मात्रै शिवपुरीस्थित स्टाफ कलेजमा अवसर पाउँछन्।
अहिले कन्फम एसएसपी हुँदै डीआईजीमा समेत बढुवा भएको अवस्थामा कुँवर भावि आईजीको बलियो दाबेदार बन्छन्।

प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्