• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
मानव–वन्यजन्तु द्वन्द्वः बाँच्ने संघर्षमा परिणाम मृत्यु
युवराज भट्टराई/ईश्वर बराल शुक्रबार, असार १७, २०७९  ०७:०४
1140x725
तस्बिरहरू : राष्ट्रिय प्रकृति संरक्षण कोष र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

काठमाडौं– केही वर्षअघिसम्म धान फल्ने खेत ताप्लेजुङ फुङलिङका पुष्प पुरीले अहिले बाँझै छाडेका छन्। बालीमा बाँदरले क्षति पुर्‍याएर हैरान पारेपछि उनले करिब ६० रोपनी जग्गा बाँझै छाड्न थालेका हुन्। उनी भन्छन्, ‘बाँदरले मकै, धान, गहुँ जे लगाए पनि फल्नै दिँदैन। कति पो धपाउनु? अहिले त बाली नै लगाउन छाडियो।’

अहिले उनी ताप्लेजुङ सदरमुकामको घर र खेतबारी छाडेर झापा झरिसकेका छन्। बाँदरले बाली उठाउनै दिन छाडेपछि बसाइँ हिँड्न बाध्य भएको पुरी बताउँछन्। झापाको अर्जुनधारामा पनि उनी खेती नै गरेर बसेका छन्।

झापाको मेचीनगर नगरपालिकास्थित बाहुनडाँगीका मिलन कार्की हात्तीका कारण बाली जोगाउन नसकेर हैरान छन्। हरेक चैतदेखि मंसिरसम्म हात्तीले बाली नष्ट गरिदिने उनी बताउँछन्। भारतीसँगको सीमा पार गरेर आउने हात्तीले मकै हुर्किएदेखि धान काट्ने बेलासम्म वितण्डा मच्चाउने उनी बताउँछन्। कार्की भन्छन्, ‘भारतको जंगलमा दिनभर बसेर हात्ती राति यता बाली खान आउँछन्। बाली हुर्कनै नपाइ हात्ती सखाप बनाउँछ।’

हात्तीबाट बाली जोगाउन स्थानीय सरकारले जंगल र खेतबारीको सीमामा तारजाली लगाएको छ। तर, त्यसले काम नगरेको कार्की बताउँछन्। 

बाली नष्ट गर्ने मात्रै नभइ वन्यजन्तुको आक्रमणका कारण मान्छेको मृत्युसमेत हुने गरेको छ। झापाको मेचीनगरस्थित बाहुनडाँगी क्षेत्रका धेरै स्थानीयले हात्तीको आक्रमणबाट ज्यान गुमाइसकेको कार्की बताउँछन्। उनका अनुसार मृत्यु हुने अधिकांश हात्ती धपाउन जाँदा आक्रमणमा परेका हुन्। कतिपयलाई भने हात्तीले घरैमा पनि आक्रमण गरेको छ।

हात्तीबाट मात्र नभइ बाघको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या पनि वर्षेनी बढिरहेको छ। चालु आर्थिक वर्षमा बर्दियामा मात्र बाघको आक्रमणमा परी चार जनाको मृत्यु भइसकेको छ।

बर्दिया राष्ट्रिय निकुञ्जको हात्ती चराउन गएका पुलिसराम थारुको पनि २०७७ चैत २२ गते बाघको आक्रमणमा परी मृत्यु भएको थियो। गएको आर्थिक वर्षमा बाघको आक्रमणबाट उनीसहित १२ जनाको मृत्यु भएको थियो।

वन्यजन्तुको आक्रमणबाट हरेक वर्ष मानवीय क्षतिका घटना बढिरहेको तथ्यांकले देखाउँछ। आव २०७४/७५ मा वन्यजन्तुको आक्रमणबाट १७ जनाको मृत्यु भएको थियो। गत आर्थिक वर्षसम्म आइपुग्दा यो संख्यामा १३५ प्रतिशतले वृद्धि भएको छ। आव २०७५/७६ मा ३० जनाको मृत्यु भएको थियो। त्यस्तै, आव २०७६/७७ मा ३३ र आव २०७७/७८ मा ४० जनाको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वार्षिक प्रतिवेदनहरूमा उल्लेख छ।

Ncell 2
Ncell 2

सन् २०१० (२०६७/६८ साल) देखि सन् २०१४ (२०७१/७२ साल) सम्म मान्छेको द्वन्द्व मुख्य गरी पाँच वटा जनावरसँग भएको एक अध्ययनले देखाएको छ। कृष्ण प्रसाद आचार्य, प्रकाश कुमार पौडेल, प्रेम राज न्यौपाने र माइकल कोह्लले गरेको अध्ययनमा मुख्यगरी बाघ, हात्ती, गैंडा, भालु र चितुवासँग मान्छेको द्वन्द्व भएको पाइएको हो। 

उक्त अध्ययनअनुसार वन्यजन्तुले मानव बस्तीमा छिरेर आक्रमण गरेका घटना अपवादमा मात्र छन्। वन्यजन्तुको बासस्थानमा मानवीय गतिविधिकै कारण द्वन्द्व बढेको अध्ययनमा उल्लेख छ।

वन्यजन्तुमा पनि विशेषगरी हात्ती र बाघको आक्रमणबाट धेरैको मृत्यु भएको तथ्यांकले देखाउँछ। बर्दियामा आव २०७६/७७ मा बाघको आक्रमणबाट ६ जनाको मृत्यु भएको थियो। गत आर्थिक वर्षमा १२ जनाको मृत्यु भयो, जसमध्ये पाँच जनाको राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्र र सात जनाको वन कार्यालयको क्षेत्रमा मृत्यु भएको थियो। चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट त्यहाँ चार जनाको मृत्यु भएको छ। 

shivam cement

shivam cement

बर्दियामै हात्तीको आक्रमणबाट गत आर्थिक वर्ष चार जनाको मृत्यु भएको थियो। आर्थिक वर्षमा दुई जनाले ज्यान गुमाएका छन्। यो वर्ष चितुवाको आक्रमणबाट समेत एक जनाको मृत्यु भएको छ। 

प्रायः वन्यजन्तुले आफ्नो भाले वा पोथीसँग समय बिताइरहेको बेला, आहार खाइरहेको बेला, संसर्गको बेला वा बच्चासँग भएको बेला बाधा सिर्जना गरे अथवा जिस्काए आक्रमण गर्ने जोखिम बढी हुने चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षक अधिकृत कमलजंग कुँवर बताउँछिन्। उनी भन्छन्, ‘मानवीय गतिविधिका कारण जनावरमाथि असर पुगिरहेको छ। त्यहीकारण वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि बढिरहेको छ।’

मान्छेले निकुञ्जभित्र गतिविधि गर्दा नै वन्यजन्तुको आक्रमणमा पर्ने तथ्यांकले पनि देखाउँछ। बर्दियामा बाघले गरेको अधिकांश आक्रमण वन क्षेत्रमा नै भएका छन्। वन क्षेत्रमा निहुरो तथा च्याउजस्ता तरकारीजन्य वस्तु टिप्न गएका बेला निहुरिएको अवस्थामा बाघले आक्रमण गरेको पाइएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ बताउँछन्। ‘मानिसहरु वन्यजन्तुको क्षेत्रमा जाँदा बाघको आक्रमण भएको छ,’ श्रेष्ठ भन्छन्, ‘बाघ मानव बस्तीमा आएर आक्रमण गरेको वा मारेको अपवाद मात्र होला।’

मारिँदैछन् वन्यजन्तु पनि
वन्यजन्तु संरक्षणकर्मीले प्रायः उठाइरहेको विषय हो– मानिसको मृत्युमाथि चर्चा भए पनि वन्यजन्तु मारिँदा चर्चा भएन। ‘जनावरका लागि मानिसले मर्नुपर्ने?’ भन्ने विषय उठिरहे पनि मानिसको अतिक्रमणबाट वन्यजन्तुलाई पुगेको क्षतिबारे चर्चा नभएको उनीहरूको तर्क छ। तथ्यांकमा पनि यी दुई बीचको द्वन्द्वका कारण जति अनुपातमा मानिसको मृत्यु भएको छ, सोही अनुपातमा वन्यजन्तुको पनि मारिएको देखिन्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जारी गर्ने वार्षिक प्रगति विवरणअनुसार आव २०७४/७५ मा देशभरका निकुञ्ज, आरक्षण क्षेत्र, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्रमा कुल ३२६ वन्यजन्तुको मृत्यु भयो। त्यसको चार वर्षपछि यो संख्या ७५ प्रतिशतले बढेको छ। आव २०७७/७८ मा देशभरका २० संरक्षित क्षेत्र र वरपरिका क्षेत्रमा कुल ५७३ वन्यजन्तुको मृत्यु भयो।

संरक्षण क्षेत्रमा वन्यजन्तु मारिने मुख्य कारण सवारी दुर्घटना, चोरी सिकारी, कुकुरको आक्रमणलगायत छन्। आव २०७४/७५ मा प्राकृतिक कारणबाट ५७ वटा वन्यजन्तुको मृत्यु भएको थियो। त्यसबाहेक सवारी दुर्घटनामा १२४, चोरी सिकारीबाट दुई, कुकुरको टोकाइबाट ४८ र नहरमा डुबेर २७ वन्यजन्तुको मृत्यु भयो। गत आर्थिक वर्ष संरक्षण क्षेत्रमा प्राकृतिक कारणले मृत्यु हुने वन्यजन्तुको संख्या ४२ प्रतिशत छ। त्यसबाहेक सडक दुर्घटनामा २३ र कुकुरको आक्रमणबाट १९ प्रतिशत वन्यजन्तुको मृत्यु भएको छ।

आर्थिक वर्ष २०७७/७८ को तथ्यांकअनुसार मृत्यु भएकामध्ये २२५ चित्तल, ५४ बँदेल, ३४ गैंडा, १८ जरायो, १८ कृष्णसार, १७ बाँदर, १५ नाउर, ११ दुम्सी र बाँकी अन्य जनावर छन्।

संरक्षित क्षेत्रकै बीचबाट बनाइएका सडक मार्ग र बसाइएका मानव बस्ती वन्यजन्तुका लागि जोखिम भएका छन्। वन्यजन्तु र मानव द्वन्द्वका अध्येता कुमार पौडेल विकास निर्माणका काम वन्यजन्तु मैत्री नहुनु र मानवीय क्रियाकलापलाई एकीकृत रुपमा लैजान नसक्नुको परिणामस्वरुप वन्यजन्तुको मृत्युको संख्या उकालो लागेको बताउँछन्। ‘सडक निर्माण गर्दा कसरी गर्ने? वन्यजन्तुले प्रयोग गरिरहेको ठाउँमा राजमार्ग बनाउँदा दुर्घटना कसरी रोक्ने भन्ने विषयमा खास ध्यान दिइएको छैन,’ पौडेल भन्छन्।    

मानवीय गतिविधिले बढ्यो द्वन्द्व
जानकारहरु मानिस र वन्यजन्तुबीचको द्वन्द्व बढ्नुको एउटै कारण मानवीय गतिविधि भएको बताउँछन्। ‘मान्छे र वन्यजन्तुबीचको द्वन्द्व बढ्नुको एउटै कारण भनेको मान्छेको बासस्थान बढ्दा जंगल अतिक्रमण हुनु नै हो,’ पौडेल भन्छन्, ‘वन्यजन्तुको बासस्थान घटिरहेको छ। त्यस कारण वन्यजन्तुको बासस्थान र मान्छेको बासस्थान ओभरल्याप हुँदा एक–अर्कामाथि आक्रमण हुने गरेको छ।’

नेपालको पूर्वी तराईदेखि पश्चिम तराईसम्मका वन तथा अरक्षण क्षेत्रमा रहेका वन्यजन्तुमध्ये कतिपय संसारमै लोप हुन थालेका पनि छन्। तर, आरक्षण क्षेत्रमा मानवीय गतिविधि बढ्दा ती जनावरलाई बासस्थान र खाद्यान्नको संकट पर्न थालेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘मान्छेको जनसंख्या बढिरहेको छ। बसोबास गर्ने ठाउँदेखि जंगलमाथि आश्रीत हुने अनुपात पनि बढेको छ। मान्छे वन्यजन्तुको क्षेत्रमा प्रवेश गरेर अतिक्रमण गर्दा द्वन्द्व बढिरहेको छ।’

नेपालमा विश्वभर नै लोप हुन लागेको बाघको संख्या पछिल्ला वर्षहरुमा उल्लेख्य मात्रामा बढको छ। सन् २०१० मा रुसको सेन्ट पिट्सबर्गमा भएको विश्व बाघ सम्मेलनमा नेपालमा सन् २०२२ मा बाघको संख्या दोब्बर बनाउने भनिएको थियो। त्यो बेला नेपालमा १२९ बाघ थिए। सन् २०१८ को गणनाकाअनुसार २३५ वटा छन्। बर्दियास्थित निकुञ्ज तथा वन क्षेत्रमा बाघको संख्यामा उल्लेख्य वृद्धि भएको छ। यो क्षेत्रमा सन् २०१० मा १८ वटा बाघ थिए भने सन् २०१८ ८५ वटा पुगेका थिए।

बाघजस्तै अन्य लोपुन्मुख वन्यजन्तुको संख्यामा पनि उल्लेख्य प्रगति भएको देखिन्छ। संख्यामा भएको बढोत्तरीसँगै मानव–वन्यजन्तु द्वन्द्व पनि उकालो लागिरहेको छ। 

निकुञ्जभित्रै मानव बस्ती, कहाँ जाउन् वन्यजन्तु?
प्रायः तराईका आरक्षण क्षेत्र तथा निकुञ्ज क्षेत्र अतिक्रमणमा परेका छन्। वन्यजन्तु–मानव द्वन्द्व पनि तराईकै मध्यवर्ती क्षेत्र र निकुञ्जमा बढेको जानकारहरू बताउँछन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पूर्वमहानिर्देशक मानबहादुर खड्का मुख्यगरी मानवबस्ती बढ्दै गएका तराईका क्षेत्रमा द्वन्द्व भएको बताउँछन्। बर्दिया, लाङटाङ, शिवपुरी, चितवनलगायत क्षेत्रमा रहेका निकुञ्ज र आरक्षणहरूसँगै मावनबस्ती पनि छन्।

आरक्षण वा निकुञ्जबाहिर गएर मानिसमाथि आक्रमणका धेरै घटना हात्तीबाट भएको खड्का बताउँछन्। गैंडा र चितुवा पनि बस्तीमा पस्ने गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘हात्तीले मात्रै संरक्षण क्षेत्रभन्दा बाहिर आएर बिगार गर्ने गरेको छ। बाघलाई हेर्नुहुन्छ भने मानवबस्तीमा आएर घटनाहरु भएको छैन। त्यस्ता घटना नगन्य छन्।’

निकुञ्जभित्र आहार कमी हुँदा हात्ती खानेकुरा खोज्दै मानवबस्ती तिर पुग्ने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘हात्ती ठूलो जनावर हो। उसलाई पर्याप्त आहारा चाहिन्छ। त्यसैले बाहिर निस्किन्छ। गैंडा पनि आहार खोज्दै बस्तीसम्म आइपुगेको हुन्छ। चितुवा पनि गाउँतिर बस्तीमा आउँछ। तर, बाघको हकमा यस्तो नगन्य छ।’

निरन्तर बढिरहेको मानिसको जनसंख्याका कारण यस्तो अवस्था सिर्जना भएको हात्ती संरक्षणविद् शंकर लुइँटेल बताउँछन्। झापामा भएका हात्ती आक्रमणलाई उदाहरण दिँदै उनी पनि जंगलमाथि मानिसको अतिक्रमण बढेकोले द्वन्द्व भएको बताउँछन्। ‘जनसंख्या बढ्नुले हात्तीको बासस्थान घटदै गएको छ,’ उनी भन्छन्, ‘जंगलमा अतिक्रमण बढेको छ। यसकारण हात्तीले खाने घाँसको कमी छ। यसले थप द्वन्द्व सिर्जना गरेको छ।’

वन्यजन्तुमैत्री छैन विकास
बर्दियास्थित निकुञ्ज तथा वन क्षेत्र र चितवनस्थित चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबीचबाट राजमार्ग सञ्चालन गरिएको छ। त्यस्तै, देशका अन्य वन क्षेत्रमा पनि यसरी नै सडक र ठूला पूर्वाधार बनाइएका छन्। चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षक कमलजंग कुँवर यस्तो अवस्थाले पनि वन्यजन्तुलाई क्षति पुगेको र द्वन्द्व बढिरहेको बताउँछन्।

उनका अनुसार चितवनमा थारु बस्तीलाई मध्यवर्ती क्षेत्रबाट सारेर करिडोर ल्याइए पनि हालसम्म उक्त बस्ती वनकै क्षेत्रमा जोडिएको छ। निकुञ्जको क्षेत्रभित्रबाटै सडकको निर्माण हुँदा यसले थप समस्या निम्त्याइरहेको छ।

पूर्वाधार निर्माणको काम वन्यजन्तुमैत्री नहुँदा एकातिर मानिस र वन्यजन्तुबीचको द्वन्द्व बढिरहेको छ भने अर्कातिर वन्यजन्तुको मृत्यु पनि बढिरहेको छ। प्राकृतिकबाहेकका कारणमध्ये सबैभन्दा धेरै वन्यजन्तुको मृत्यु सवारी दुर्घटनामा भइरहेको छ।

‘हाम्रा सडकहरु निकुञ्ज क्षेत्रभित्रबाट बने,’ कुँवर भन्छन्, ‘वन्यजन्तु हिँडने ठाउँमा सडक बनाइएको छ। वन्यजन्तुको मार्गमा मानिसको अतिक्रमण भएको छ। यसलाई कम गर्न आवश्यक छ।’

त्यस्तै, वन्यजन्तुसम्बन्धी अध्येता कुमार पौडेल पछिल्लो पाँच दशकको अवस्थालाई अध्ययन गर्दा विकास निर्माणका काम वन्यजन्तुमैत्री नभएको देखिने बताउँछन्। विकास निर्माणका कारण वन्यजन्तुको बासस्थान खण्डित भइरहेको उनले बताए। ‘नेपालमा अधिकांश पूर्वाधार र विकासका काम वन्यजन्तुमैत्री भएनन्,’ पौडेल भन्छन्, ‘हामीले बाटै नबनाउने, ढुंगे युगमा जाने भन्ने होइन। तर, बनाउँदा विभिन्न तरिका अपनाएर बनाउने हो। कतिपय ठाउँमा अण्डर पास राख्ने, कतिपय ठाउँमा ओभर पास राख्ने, कति उचाइका बार राख्ने, वन्यजन्तुको आवागमनलाई सहज बनाउने, उनीहरुमाथि पर्ने असरलाई कम गर्नेलगायतका विषयलाई ध्यानमा राख्नुपर्छ।’

विकास निर्माणका काम हुँदा वन्यजन्तु हिँडने, उनीहरुले आहारविहार गर्ने, पानी खाने ठाउँलगायत विशेष प्राथमिकतामा राखेर संरक्षण गर्नुपर्ने उनको भनाइ छ।

दीर्घकालीन समाधानको खोजी
प्रायः वन्यजन्तु र मानिसबीचका द्वन्द्वका घटनामा जनावरमाथि दोष थोपरिन्छ। वन्यजन्तुले मानिस मारेको वा वन्यजन्तुका लागि मानिस मर्नु परेको भन्ने विषय उठ्छ। संरक्षणविद् तथा वन्यजन्तु–मानव द्वन्द्वका जानकारहरु भने अबको बहस दोषारोपणको पक्षबाट नभएर दीर्घकालिन समाधानको खोजीतर्फ केन्द्रित हुनुपर्ने बताउँछन्।

वन्यजन्तु अध्येता पौडेल भन्छन्, ‘संरक्षणको पक्षबाट वन्यजन्तुले दुःख दियो, यसलाई खोरमा वा चिडियाखानामा पालौं भनेर हुँदैन। यसले पारिस्थितिक प्रणालीमा पर्ने असरको पक्षमा जानुपर्छ। त्यसैले, अब दीर्घकालीन समाधानको खोजी हुनुपर्छ।’ 

त्यसो त, केही स्थानमा यस्तो काम सुरु पनि भएको छ। बर्दियाको निकुञ्ज क्षेत्र र वन कार्यालयको क्षेत्रमा पछिल्लो आर्थिक वर्ष अघिल्लो आर्थिक वर्षभन्दा संख्यात्मक रुपमा मानव तथा वन्यजन्तु द्वन्द्वका घटना कम भएका छन्। त्यहाँको निकुञ्ज कार्यालयले नै विभिन्न १३ बुँदे कार्यविधि बनाएरै वन्यजन्तु र मानवबीचको द्वन्द्व कम गर्ने अभियान थालेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठ भन्छन्, ‘मानिसको व्यवहारमा परिवर्तन ल्याउने अभियान थालेका छौं। गोठालो जाँदा वा अन्य कामले जंगल जाँदा वन्यजन्तुको आक्रमण हुने अवस्था आउन नदिन के गर्ने भन्ने कार्यविधि नै बनाएका छौं।’

अध्येता पौडेल भने वन्यजन्तु र मानिसबीचको द्वन्द्वको समाधानको सुरुवात मानिसबाटै हुनुपर्ने बताउँछन्। उनी वन्यजन्तु सबैको भएकाले यसका कारण भएका क्षति र निम्तिएका द्वन्द्वको पूर्ति गर्न पनि सबैले एकसाथ लाग्नुपर्ने बताउँछन्। ‘वन्यजन्तुले क्षति नहुने गरी मान्छेको बस्तीको व्यवस्थापन गर्नुपर्छ,’ पौडेल भन्छन्, ‘संरक्षणको पाटोबाट हेर्दा वन्यजन्तु भनेको बर्दियाको मान्छेको मात्रै होइन। नेपालको भनिएको बाघ नेपालको मात्रै होइन। यो संसारकै सम्पत्ति हो। त्यसैले, बाघ संरक्षण गर्दा हुने क्षति संसारका सबैको क्षति हो। यो क्षति सबैले बेहोर्नुपर्छ।’

हात्ती संरक्षणविद् शंकर लुइँटेल भने मानिस र वन्यजन्तु दुवैले एकअर्काको सहअस्तित्व कायम गरेर बस्ने अवस्था सिर्जना गर्न राज्यले जोड दिनुपर्ने बताउँछन्। वन्यजन्तुको क्षेत्रमा मानिसको अतिक्रमणलगायतका कारणले यो अवस्था निम्तिएकाले दुवैको सहअस्तित्व कायम गरिने पक्षमा राज्यले भूमिका खेल्नुपर्ने उनको जिकिर छ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवर भने वन्यजन्तु र मानिसबीच भइरहेको द्वन्द्वको समाधानका लागि राज्यले वन र आरक्षण क्षेत्रबाट भइरहेको आम्दानी खर्चिनुपर्ने बताउँछन्। राज्यले वन तथा आरक्षण क्षेत्रबाट गरिरहेको आम्दानी सडक निर्माण, पूर्वाधार विकास वा सिचाइजस्ता अन्य क्षेत्रमा नभई यही क्षेत्रमा खर्चिएर दीर्घकालीन समाधानमा ध्यान दिनुपर्ने उनको तर्क छ।

‘तत्कालका लागि वनमा जाँदा सावधानी अपनाउने, सडकमा हिँड्दा हेरेर हिँड्ने भन्ने नै हो,’ उनले भने, ‘दीर्घकालका लागि हामीले वनको स्रोत कहाँ खर्च गरिरहेका छौं सोच्नुपर्छ। जनावरले मान्छे वा मान्छेले जनावरमाथि क्षति पुर्‍याइरहेको छ भने वनबाट भएको आम्दानीलाई त्यस्ता घटना न्यूनीकरणमा खर्च गर्नुपर्छ।’

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवद्र्धनका लागि ‘स्पार्क एडभेञ्चर’ शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारमा कतार गएका समसुद्दीन पत्नी बलात्कारको आरोपमा इन्टरपोलमार्फत पक्राउ शुक्रबार, वैशाख २६, २०८२
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्