• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मन्त्रीको रुपमा डिस्टिङ्सन होइन फर्स्ट डिभिजनमा पास भएँ : विरोध खतिवडा

64x64
नेपाल लाइभ आइतबार, जेठ २२, २०७९  १७:१५
1140x725

काठमाडौं- नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीको नाम सिफारिस गरेको छ। आइतबार एकीकृत समाजवादीले सरकारमा रहेका पाँच जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ। पार्टीको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा सरकारबाट फिर्ता हुनेछन्। खतिवडाले स्वास्थ्यमन्त्रीका रुपमा ८ महिना काम गरेका छन्। मन्त्री खतिवडाले आफ्नो कार्यकालमा गरेका काम, उनको प्राथमिकता लगायतका विषयमा रिता लम्सालले गरेको कुराकानी:

तपाईंले स्वास्थ्यमन्त्रीका रुपमा ८ महिना काम गर्नुभयो। स्वास्थ्यमन्त्रीको रुपमा गरेका कामलाईं आफैंले मूल्यांकन गर्नुपर्दा कति नम्बर दिनुहुन्छ?  
मलाईं नम्बर दिन आउँदैन। डिस्टिङसन (विशिष्ट श्रेणी) आएको छैन। यहाँ आएर नराम्रो काम गरिएन त्यसलाई पनि नम्बर दिनुपर्छ। नराम्रो काम भनेको स्वास्थ्यमा अनियमितता भयो, भष्ट्राचार भयो भन्ने कुरालाई रोकेको छु। नराम्रा कुरा रोक्न म पास भएको छु। देशमा आर्थिक अभाव छ भन्दाभन्दै पनि नयाँ कार्यक्रम सुरु गरिरहेको छु। त्यसमाथि पनि जे मलाईं चुनौती भनिएको थियो, त्यसलाई पूरा गरेको छु। अर्को कुरा बजेटले तोकेको कार्यक्रमलाईं कार्यन्वयनमा लगेको छु। बजेटले तोकेका कार्यक्रम मबाट रोकिएको छैन। यो सबै पक्षलाई हेर्दा ५०/६० जति दिँदा पनि हुन्छ। सबैले सम्झने गरी हाइ हाइ हुने काम के गरिस् भन्ने हो भने त निःशुल्क हुने बाहेक अन्य कार्यक्रम हाइ हाइ नै हुँदै हुँदैन। त्यो निःशुल्क कार्यक्रममा अब ४० वर्ष माथिकाको स्वास्थ्य परीक्षण गर्ने विषय पर्ला। समग्रमा हेर्दा फर्स्ट डिभिजनमा पास भएको छु जस्तो लाग्छ।

आठ महिनाअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवेश गर्दै गर्दा के कस्ता योजना लिएर आउनु भएको थियो? 
हामी सरकारमा जाने समयमा मैले स्वास्थ्य मन्त्रालय सम्हाल्ने भन्ने कुनै पनि योजना नै थिएन। विना योजना नै म स्वास्थ्य मन्त्रालयमा आइपुगेको हो। किनकी गठबन्धनमा कुन मन्त्रालय कसलाई भाग पर्ने ? मेरो पार्टीको भागमा परेपनि को मन्त्री भएर जाने भन्ने कुरा नै थाहा थिएन। त्यसकारण कुन मन्त्रालयमा गए के गर्ने भन्ने योजना नै बनाउन पाइएन। भागबन्डाका क्रममा मलाईं अन्तिम समयमा स्वास्थ्य मन्त्रालयको जिम्मा दिएको जानकारी आएको थियो। अपर्झट जिम्मेवारी आएकाले स्वास्थ्य मन्त्रालयमा आउनुभन्दा अघि यो–यो काम गर्छु वा यस्ता योजना बनाएर अगाडि बढ्छु भन्ने योजना नै बनाउन पाइएन। 

योजना बिना नै स्वास्थ्य मन्त्रालयमा आउनु भएको यहाँले मन्त्रालयमा आएपछि के–के समस्या तथा चुनौतीहरु पाउनु भयो?
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा जिम्मेवारी सम्हाल्दै गर्दा सबैभन्दा ठूलो समस्या कोरोना भाइरसकै थियो। नागरिकलाई कसरी कोरोना भाइरस विरुद्धको खोप पुर्‍याउने भन्ने कुरा नै प्रमुख कुरा थियो। म आउँदै गर्दा ४०/४५ लाख भ्याक्सिन आएको थियो। थप ४०/४५ लाख भ्याक्सिन आउने क्रममा थिए। सबै गरेर एक करोड डोजभन्दा कम संख्यामा भ्याक्सिन उपलब्ध हुने अवस्था थियो। तर भ्याक्सिन त खोप लगाउने उमेरका झण्डै साढे २ करोड नागरिकलाई पुर्‍याउनु पर्ने थियो। भ्याक्सिन कसरी ल्याएर पुर्‍याउने भन्ने विषय नै निकै चुनौतीपूर्ण थियो। गठबन्धनको सरकार बनेपछि प्रधानमन्त्रीले सपथग्रहण गर्दा नै सरकारको प्रथामिकता ‘खोप, खोप, खोप’ भन्नुभएको थियो। प्रधानमन्त्रीको नेृतत्वबाटै म स्वास्थ्यमन्त्री भएको हुनाले मेरो पनि नारा खोप नै भयो।

स्वास्थ्य मन्त्रालयमा ८ महिनाको अवधिमा यहाँले के के काम गर्नुभयो?
सबैभन्दा महत्वपूर्ण काम भनेको खोपको अभाव हुन दिएनौं। मन्त्रालयको नेतृत्वमा म आएपछि ‘खोप अभाव भयो, खोप पाइएन’ भन्ने अवस्था आएको छैन। बरु उल्टै खोप लगाइदिनुस् भनेर अनुरोध गर्नुपर्ने अवस्था आयो। सातवटै प्रदेशमा खोप अभियान नै चलाउनुपर्‍यो। खोपमा हाम्रो उपस्थिति राम्रो रह्यो। यसका साथै कोभिड संक्रमितको उपचार र अन्य व्यवस्थापनमा पनि उल्लेख्य काम भए। विश्व स्वास्थ्य संगठनले कोभिड व्यवस्थापनमा उपलब्धि गर्ने देशमध्ये नेपालले राम्रो गरेको भनेर धन्यवाद दिएको छ। त्यसैले यसमा हामी अन्य मुलुकभन्दा धेरै अगाडि भएछौं भन्ने लाग्यो। यो उपलब्धि हाम्रा स्वास्थ्यकर्मी तथा अन्य जनशक्तिको निरन्तरको मेहनतको फल हो। 

nimb
nimb

अर्को खोपको बुस्टर डोजको व्यवस्थापन पनि हो। गत फागुन १ गतेबाट कोरोनाविरुद्ध बुस्टर डोज लगाउने व्यवस्था गरिएको छ। कम्तिमा पनि डेढ करोडले बुस्टर डोज खोप लगाउँछन् भन्ने मेरो अनुमान थियो तर यसमा भने म फेल खाएँ। वैशाख अन्तिम सातासम्म ४० लाख पनि नाघेको छैन।

आजभोलि मैले खोप कतिले लगाए भन्ने डाटा लिन छाडिदिएँ। सुरुमा मिडियालाई पनि  भन्नुपर्ने थियो। नागरिकलाई पनि चासो थियो। हामीलाई पनि प्रगति भएको डाटा देखाउन पाउँदा केही न केही काम गरिएछ भन्ने फिल हुन्थ्यो। तर अहिले यो डाटातिर मान्छेको  चासो छैन। खोप प्रसस्त छ।  बुस्टर डोज र खोप नै अहिले कम लगाउनुको कारण कोरोना घटेर एक भन्दा पनि कम प्रतिशतमा पुगेर हो। संक्रमण घटेसँगै मानिसहरुले लापरबाही गर्न थाले। लापरबाही गर्नुहुन्न खोप लगाउनु पर्छ भनेर हामीले भनिरहेका छौँ। कोरोना अझै सकिएको छैन। कोरोना महामारी वा अभियान सकिएर हामी मुक्त भएको होइन, यो कायमै छ। त्यसकारण बुस्टर डोज लगाइदिनुस् भन्ने मेरो अनुरोध छ। 

म यहाँ आउँदै गर्दा बजेटले तय गरेका कार्यक्रमहरुमा रकम अभाव थियो। कार्यक्रमहरु घोषणा गरिएका थिए, तर कार्यक्रम अनुसार पैसा राखिएका थिएनन्।  बजेटले बोलेको कुरा गाउँपालिका, नगर, प्रदेशले माग्न आउनु स्वभाविक हो। तर स्वास्थ्य मन्त्रालयसँग विनियोजित बजेटले भनेको भन्दा २० प्रतिशत पनि काम गर्न पाउने गरी थिएन। त्यसले गर्दा थप बजेट निकासा गराउने, बजेटमा तोकिएका कार्यक्रमलाईं अगाडि बढाउने काम गर्न पनि हम्मे हम्मे परेको अवस्था थियो। त्यसलाई हामीले समाधान गर्ने प्रयास गर्‍यौं। अलि ठाडो सुनिएला तर कम्तिमा मुख टाल्ने किसिमले काम गरिएको छ भन्न सकिन्छ। अहिले पनि हामीलाई ५,६ अर्ब रुपैयाँ वा तीन अर्बभन्दा माथि काम गरिसकिएको दायित्व खासगरी  ५, १० र १५ बेडको आधारभुत अस्पतालहरुमा भुक्तानी गर्न बाँकी छ। पहिलो किस्ता लगेकालाई दोस्रो किस्ता दिन बाँकी छ। दोस्रो किस्ता लगेकालाई तेस्रो किस्ता दिन बाँकी छ। नयाँ सुरु गर्छु भन्नेलाई पहिलो किस्ता नै पनि दिन बाँकी छ। यसलाई हामीले सामना गर्दैछौं।

स्वाथ्य बीमाको प्रतिशत वृद्धि गर्न आउँदो असार मसान्त सम्ममा ५० प्रतिशत पुर्‍याउने लक्ष्य हो। म आउँदा २० प्रतिशतले मात्र बीमा गराएको पाएको छु। सायद अहिले ३० प्रतिशतभन्दा माथि पुगेको छ।

प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लेदो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
रसुवा बाढी : यती एअरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने
बाढीपीडितका लागि पद्मज्योति ग्रुपले दियो सरकारलाई एक करोड
सम्बन्धित सामग्री
सरकारले भन्यो: चीनतर्फ तालबाटग्ल्यासियर फुटेको हो, तत्काल ठूलो जोखिम छैन बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यसबारे जानकारी गराएका हुन् । शुक्रबार, भदौ १२, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ३ निर्णय शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको बैठकपछि शिक्षा तथा खेलकुद मन्त्री समेत रहेका... शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दैवी प्रकोप कोषमा जम्मा गर्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । शुक्रबार, भदौ १२, २०८३
ताजा समाचारसबै
लेदो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा शुक्रबार, भदौ १२, २०८३
रसुवा बाढी : यती एअरलाइन्सले राहत सामग्री निःशुल्क ढुवानी गर्ने शुक्रबार, भदौ १२, २०८३
बाढीपीडितका लागि पद्मज्योति ग्रुपले दियो सरकारलाई एक करोड शुक्रबार, भदौ १२, २०८३
महाविपत्तिमा सक्षम सरकारको खोजी शुक्रबार, भदौ १२, २०८३
रसुवाबाट तिब्बत गएकाहरुलाई हिल्सा नाकाबाट फर्किँदा शुल्क नलाग्ने शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्