काठमाडौं– यती एअरलाइन्सले बाढीपहिरो प्रभावित क्षेत्रमा पठाइने राहत सामग्री निःशुल्क हवाई ढुवानी गर्ने भएको छ।
विपद्का कारण सडक तथा अन्य यातायात सेवा प्रभावित भएपछि राहत सामग्री पुर्याउन सहज होस् भन्ने उद्देश्यले कम्पनीले यस्तो निर्णय गरेको हो।

यस्तै, यात्रुको चाप बढिरहेका बेला आर्थिक भार कम गर्न यतीले यात्रुलाई न्यूनतम भाडादरमा दिँदै आएको हवाई सेवा केही दिन थप निरन्तरता दिने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।