काठमाडौं– भोटेकोशी बाढीका कारण रसुवाको टिमुरे नाका बन्द भएपछि तिब्बतबाट नेपाल फर्किने विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट प्रवेश गर्दा लाग्ने पदयात्रा दस्तुर एक साताका लागि मिनाहा गरिएको छ।
अध्यागमन विभागले शुक्रबार सूचना जारी गर्दै भदौ ११ गतेदेखि लागू हुने गरी शुल्क मिनाहा गरेको जनाएको हो। हिल्सा नाकाबाट फर्किने विदेशी नागरिकका लागि ट्रेकिङ गाइडको बीमा तथा गाइडसम्बन्धी व्यवस्था पनि अनिवार्य नगरिएको विभागले जनाएको छ।
तिब्बतबाट फर्किने यात्रुका लागि हिल्सासँगै सिन्धुपाल्चोकको तातोपानी नाका पनि विकल्पका रूपमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।