काठमाडौं– भारतीय कलाकार बबी देओल अभिनित वेब सिरिज ‘आश्रम’को तेस्रो सिजन सार्वजनिक भएका छ।
१० एपिसोड रहेको यो सिजन सार्वजनिक भएसँगै ‘आश्रम’ वेब सिरिजको हालसम्म २८ एपिसोड सार्वजनिक भएका छन्। तीन सिजन सार्वजनिक हुँदा सिरिजको कुल एपिसोडको संख्या २८ पुगेको हो। सिरिजको पहिलो र दोस्रो सिजनमा ९–९ एपिसोड थिए भने तेस्रो सिजनमा १० एपिसोड रहेका छन्।
योसँगै ‘आश्रम’ भारतमा हालसम्म सार्वजनिक भएका वेब सिरिजहरुमा सबैभन्दा धेरै सिजन र एपिसोड भएको सिरिज बनेको छ।
धार्मिक गुरुले धर्मको आडमा रहेर गरेको अपराधको श्रृङ्खलामाथि भएको अनुसन्धानका विविध आयामहरुलाई समेटिएको यो श्रृङ्खलाको पहिलो सिजन आउँदादेखि नै चर्चा र आलोचना दुवै भइरहेको छ।
धार्मिक पक्षलाई लिएर कतिपयले सिरिजको विरोध गरेका छन् भने कतिपयले सिरिजमा प्रस्तुत कथाको प्रशंसा गरेका छन्। ‘एमएक्स प्लेयर’ नामक ओटीटी माध्यमबाट प्रसारण भइरहेको यो सिरिजको कथा हविव फासिलको रहेको छ भने सिरिजको निर्देशन प्रकाश झाले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।