• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

प्रचण्डको अभिव्यक्ति तर्साएर स्वार्थसिद्ध गर्ने खेतीकै निरन्तरता हो : पद्मा अर्याल [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २०, २०७९  २१:३३
1140x725

फुटपछि नेकपा एमालेले पहिलो निर्वाचन बेहोर्‍यो। निर्वाचनमा अपेक्षित नतिजा हासिल गर्न सकेन। दोस्रो पार्टीमा खुम्चिनुपर्‍यो। देशभर गठबन्धनले एमालेलाई कमजोर बनाउँदा गण्डककी प्रदेशमा भने केही सम्हालियो। नेकपा एमालेले स्थानीय निर्वाचनमा प्राप्त गरेको मतको संकेत, अन्तरघातको आशंका र वाम गठबन्धनको पुनरावृत्तिको चर्चाका विषयमा एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालसँग डिबी खड्काले गरेको कुराकानी:

एमालेले यो निर्वाचनमा देशभर क्षति बेहोर्‍यो। प्रदेशगत रुपमा तपाईं इञ्चार्ज रहेको गण्डकीले यसपल्ट पनि ३५ वटा पालिका जितेको छ। यो परिणामबाट सन्तुष्ट हुनुहुन्छ?
गण्डकीमा पहिले पनि ३५ पालिका जितिएको हो, अहिले पनि ३५ हो। प्लस चारवटा उपप्रमुख थप जितिएको छ। सिटको हिसाबले पनि कम भएन, मतको हिसाबले कम भएन। हामी असफल पनि भएनौं, सिट बढाउन पनि सकेनौं। देशव्यापी नतिजाको दृष्टिबाट हेर्दा गण्डकी गठबन्धन र पार्टी विभाजनले प्रभाव पार्न नसकेको भनेर स्थापित गर्‍यौं। 

३५ वटा पालिकाको जित बिर्साउनेगरी पोखरा महानगरपालिका हार्नुभयो। एमालेले महानगरमा सबैभन्दा बढी जित्ने आशा गरेको र एमाले गढ मानिने पोखरा हार्नुको कारण के हो?
पोखरा महानगरको नतिजा अनपेक्षित आएको छ। यसले सोचनीय ठाउँमा पुर्‍याएको छ। यसलाई सुक्ष्म ढंगले समीक्षा गर्नुपर्छ। स्थानीय रुपमा वडा-वडाका समीक्षा हुँदैछन्। त्यसपछि निर्वाचन हाँक्न महानगर कमिटीले समीक्षा गर्ला। त्यो भइसकेपछि जिल्ला हुँदै प्रदेशमा पुग्दा तलका प्रतिवेदनका आधारमा हेर्दा के देख्यौं भनेर आन्तरिक समीक्षा गरौंला। आन्तरिक रूपमा समीक्षा बाँकी रहेकाले अहिले ठ्याक्कै कारण बताउन सक्दिनँ। मलाईं लागेको एउटा भए पनि निर्वाचन परिचालन गर्ने ठाउँमा भएकाहरुको समीक्षा आओस्। 

हामीलाई हारिन्छ भन्ने लागेको थिएन, हारियो। पहिले गठबन्धन फितलो होला भन्ने लागेको थियो तर कसिलो भयो। गठबन्धन फितलो र कसिलो हुँदा के भन्ने आंकलन गरेका थियौं।  दुवै आंकलन फेल खाए। 

एमालेले समग्रमा २०७४ सालको परिणाम भन्दा कमजोर नतिजा हासिल गर्‍यो। स्थानीय तहमा दोस्रो पार्टीमा झर्‍यो। एमालेले हारलाई अन्तरघातको लेप लगाउन खोजेजस्तो देखिँदैछ। गर्नुपर्ने त तपाईंहरुले आत्मसमीक्षा होइन?
यसमा दुवै कुरा छ। एउटा त हाम्रो पार्टीको जीवनमा अनुशासनहीनता र अराजकता जस्ता प्रवृत्ति पनि हावी भए। देशभर नै यस्तो अवस्था देखा पर्‍यो। पार्टीभित्रका आन्तरिक जीवनमा यस्तो किन भयो भनेर समीक्षा गर्न जरुरी भएको छ। 

दोस्रो, गठबन्धन भएपछि धेरै पार्टी एक ठाउँ हुन्छन् र एमाले एक्लै थियो। जनताको मनोविज्ञान के देखियो भने जो धेरै छ, उसैले जित्छ नि। यस्तो मनोविज्ञानले नतिजामा फरक पार्ने रहेछ। 

निर्वाचनमा ठूलो संख्यामा मतदाता नयाँ थिए। उनीहरुको मनोविज्ञान आंकलन गरिएको थिएन। तटस्थ मत जित्न खोज्ने मत हो। तरल खालको मत हुरी र हावाले प्रभाव पार्छ। त्यो पनि प्रभावित भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्को, स्‍थानीय चुनाव विचारको आधारमा भएन। लोकतन्त्रमा पार्टीहरुले विचारको प्रतिष्पर्धा गर्ने हो नि। जनताको बीचमा विचार अनुमोदन गराउन निर्वाचन हुने हो। तर यसपल्ट अचार र विचार एकै ठाउँमा भएर चुनावमा गए। कुनै पनि विचारको प्रतिष्पर्धा भयो? पूर्व-पश्चिम र उत्तर-दक्षिण फर्केका कुनै आइडोलोजी नमिल्नेहरु एकै ठाउँमा उभिएपछि विचारको निर्वाचन भएन।

अहिलेको निर्वाचनको आधारमा को ठूलो र को सानोको फैसला भएन। यदि सबै एक्लाएक्लै चुनाव लड्थे भने थाहा हुन्थ्यो, जनताले कुन विचार मन पराए भन्ने। कुन ठूलो र कुन सानो फैसला हुन्थ्यो? पाँचवटा एक ठाउँ र एमाले एक ठाउँ रहेर लडेको चुनावमा ठूलो सानोको हिसाब कसरी गर्ने? सबैले सबैलाई भोट हालेका छन्। कसरी सिट भागबन्डा गर्ने।

सबैले आ-आफ्नै उम्मेदवार उठाएर चुनाव लडेको भए दलको यथार्थ अवस्था थाहा हुन्थ्यो। हामी त्यही चाहन्थ्यौं। सबैले आफ्नो भुइँ, धरातल र हैसियत बुझ्ने चुनाव हुनुपर्थ्यो। त्यो हामीले चाहेर पनि भएन। आफ्नो धरातल पत्ता लागेको त एमालेको मात्रै हो। अरुको कति हो अझै यकिन भएन। कांग्रेसले प्राप्त गरेको सिट माओवादी र अन्य दलको पनि हो। माओवादीले प्राप्त गरेका सिटमा अरु गठबन्धनको पनि भागहिस्सा छ। 

यसैका आधारमा एमालेल कमजोर भयो भन्न सकिन्नँ। यति धेरै प्रतिकुलताका बीचमा पनि एमाले जनमतका हिसाबले एमाले पहिलो शक्ति नै बन्यो। सिटको हिसाबले अलिकत तल पर्‍यौं। त्यसको कारण दुनियाँले बुझेका छन्। भोट हाल्ने थाहा पाएका छन्। एमालेको पराजय होइन। लोकप्रियता घटेको छैन। 

Xtrem

Xtrem

कहिलेकाहिँ खेलमा हार्दा भनिन्छ नि, खेल जितेन तर मन जित्यो। यो त त्यस्तै विश्लेषण भइगयो नि। एमालेले कम सिट जितेको कुरा सत्य हो। यसलाई आउने निर्वाचनबाट उल्टाउन एमालेको रणनीति के हुनुपर्छ? 
आज जति सिट कांग्रेस र माअ‍ोवादीको नाममा लेखिएको छ, त्यो उहाँहरुले एकल रुपमा लडेर जितेको होइन। अब आउने निर्वाचनमा पनि यही देखिनेछ। संघ र प्रदेशको निर्वाचनमा पनि सत्ता गठबन्धन विभाजन भएर जाने त देखिँदैन। त्यसैले नेकपा एमाले एक्लै आफ्नो अजेन्डा लिएर निर्वाचनमा जान्छ। आवधिक निर्वाचन भएकाले एमाले आफ्ना कुरा लिएर जनतासमक्ष जान्छ। निर्वाचनको मिति कहिले घोषणा गर्ने भन्ने कुरा सरकारको हातमा छ। अब छिटै मिति पनि घोषणा होला।  हामी प्रतिस्पर्धाका निम्ति तयार छौं। 

एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीलाई फर्काउने विषयमा कुरा हुन थाल्यो कि छैन? वाम गठबन्धनको पुनरावृत्ति महसुस भएको हो कि होइन?
के फर्काउने र किन फर्काउने? एक्लै पनि टक्कर पुगेको छ। पाँच दललाई हामीले एक्लैले टक्कर दिएका छौं। भोलि जाँदै गर्दा गठबन्धनमा रहेका साथीहरुको मति फिर्‍यो भने सोचौंला, साथीहरुले गठबन्धन बनाएर एमालेलाई धुलो चटाउने भनेकै हो। तर सम्भव त देखिएन नि। धुलो चटाउने भनिएको एमाले स्थानीय निर्वाचनमा टक्करमै रह्यो।  त्यसैले त्यहाँबाट सुध्रेर साथीहरु आएमा सोचिएला। सगोत्रीको लडाइँले क्षति कसलाई होला भन्ने कुरा उहाँहरुले बुझ्नुभएकै होला। यसरी सोच्दा हिजो पनि मिलेको हो। भोलि पनि मिल्‍न सकिन्छ। हिजो पनि बाम गठबन्धनदेखि नेकपासम्म बनेको हो। अबका दिनमा पनि सबै जना आ-आफ्नो स्थानवाट सच्चिने हो भने असम्भव छैन।  

माओवादी केन्द्र र एकीकृत समाजवादीसँग मिल्न नचाहनुको अर्थ नेकपा एमालेले आगामी निर्वाचनपछि बलियो प्रतिपक्षको भूमिकाका लागि तयार गर्न थालेको छ भन्ने बुझ्ने त होला? 
किन प्रतिपक्ष नि, हामी त सरकार बनाउने अजेण्डाका साथ निर्वाचनमा जान्छौं। किनकी अबको सरकार चलाउने भिजन भएको प्रधानमन्त्रीको उम्मेदवार (केपी ओली) नेकपा एमालेसँग मात्र छ। यही कारण हामी दाबीका साथ पहिलो हुनेगरी मत दिनुस् भनेर जनतामा जान्छौं। जनताले हामीलाई दिन्छन् भन्ने विश्वास पनि छ। प्रतिपक्षका निम्ति हैन, सरकार गठनका लागि हामी भिजनसहित म्यान्डेट माग्न जान्छौं। 

तपाईंले भनेअनुसार नतिजा आउने संकेतहरु देखिँदैन। फेरि पनि वामहरु एक ठाउँमा उभिनुपर्ने चर्चा सुरु भएको छ। तपाईंले चाहिँ त्यस्तो हुनुपर्छ जस्तो लाग्दैन?
हामीले निर्वाचनसँग जोडिएर समीक्षा गर्न बाँकी छ। पार्टीले अहिलेसम्म यसमा समीक्षा गरेको छैन। त्यस्तै गठबन्धनमा समावेश भएका साथीहरुको धोको पूरा भयो कि भएको छैन? पूरा भएको भए छलफल हुन्छ, पूरा भएको छैन भने यसमा छलफल नै हुन सक्दैन। हिजो पनि आफूलाई मौका नपरे देउवालाई बालकोट देखाउने र बालकोटलाई देउवा देखाउने काम भएकै हो।  बिगतमा पनि यसरी तर्साउने अनि स्वार्थसिद्ध गर्ने खेती भएकै हुन्। अहिले पनि शीर्ष नेताहरु (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) र अन्य नेताहरुका जे-जे कुरा सुनिएका छन्, लाग्छ उहाँहरु मिसनमै हुनुहुन्छ। उहाँहरुले थालेको मिसनको धोको पूरा नभएसम्म कांग्रेस तर्साउने अनि गठबन्धन कसिलो बनाउने क्रम चलिरहन्छ।

पवित्र भावनाका साथ आउँछन् भने एमालेले ढोका बन्द गरेको छैन। त्यस्तै सिद्धान्त मिल्ने, देशको विकास गर्नेका लागि एमाले सधैं एकता गर्न तयार छ। हिजो दुर्घटना भएको हो, दुर्घटना जहिले पनि हुनसक्छ। यसलाई सच्याउन पनि सकिन्छ नि। उहाँरुलाई गलत गरिएछ भन्ने हुन पर्‍यो नि।  

यो निर्वाचनले कि एमाले सच्चिनुपर्छ नभए सक्किन तयार रहनुपर्छ भन्ने सन्देश दिएको एमालेकै कतिपय नेताहरुले बताउन थाल्नुभएको छ नि ? 
यो पनि हतासको अभिव्यक्ति हो। कमजोरी भएको भए सच्चाएर जानुपर्छ। कहिलेकाहिँ कमजोरी हुन्छन्, नेतृत्वले सच्चाएर जानुपर्छ तर अहिले स्थानीय निर्वाचनको नतिजालाई हेरेर यस्तो टिप्पणी गर्नुपर्ने अवस्था होइन। हामी कस्तो गठबन्धनसँग प्रतिस्पर्धा गरेको भन्ने हो नि। जे हो, त्यही मूल्यांकन गर्ने र बस्तुनिष्ट मूल्यांकन गरेपछि भोलिको यात्रा तय गर्ने हो। पहिला आन्तरिक समीक्षा गर्ने अनि निष्कर्ष निकालेर दिशा तयार गर्ने हो। 

तपाईंहरुले स्थानीय निर्वाचनमा कहीँकतै चुक भएको वा गलत उम्मेदवार छनोट गरियो भन्ने समीक्षा गर्नु भएको छ कि छैन? 
उम्मेदवारहरुमा केही न केही समस्या भएको हुनसक्छ। तल्लो तहमा अन्तरविरोध रहेको हुनसक्छ। कुनै समयमा लोकप्रिय रहेको व्यक्ति अहिले नरहेकोको पनि हुनसक्छ।  सधैं एउटै मान्छे लोकप्रिय हुन्छ भन्ने हुँदैन। पदमा हुँदा सबै अपेक्षा पूरा नहुँदा पनि अलोकप्रिय भएको हुनसक्छ। तर राम्रा साथीहरु के-के अन्तरविरोधसँग जोडिएको हुनसक्छ।  हामीले ए वान उम्मेदवार चयन गर्‍यौं भन्दैनौं। हामीले विगतमा उम्मेदवार र पार्टीभित्रको सहयोग तथा जनप्रतिनिधिको भूमिकाका कारण केही प्रभाव पर्‍यो कि भन्ने समीक्षा गर्न जरुरी हुन्छ। समीक्षा नै नगरी जे भयो, राम्रो थियो वा नराम्रो थियो भन्ने हुँदैन। 

अहिलेको निर्वाचनमा युवा उम्मेदवारहरुको लोकप्रियता देखियो। स्वतन्त्र व्यक्तिहरुले पनि राम्रौ नतिजा ल्याउन सफल भए। एमालेले पनि काठमाडौंमा उपमेयरमा स्वतन्त्र उम्मेदवारी तयारी गरेकीलाई  टिकट दिएर जित्यो। युवालाई प्राथमिकतामा राखेर उम्मेदवारी तय गर्नुपर्ने दबाब पार्टीमा परेको छ कि छैन?
यो निर्वाचन हेर्दा अलि धेरै हावाको वहाव युवातिर देखिएको छ। परिपक्व मानिसले पनि जितेका छन्। अग्रजहरुले पनि जितेका छन्। तर तुलनात्मक सेन्टिमेन्ट युवातर्फ वगेको देखिएकै हो। सबै ठाउँमा यो लागू भएको छ। अर्को एउटा कुरा हिजो जो-जो पदमा थिए, उनीहरुले जित्ने अवस्था देखिएन। दोहोर्‍याउनुपर्ने राम्रो रहेन छ कि भन्ने देखियो। अब आइन्दा उम्मेदवार छान्दा नदोहोर्‍याउने कि भन्ने सन्देश पनि पार्टीहरुका लागि यो निर्वाचनले दिएको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  २१:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्तो छ गगन थापाको राजनीतिक प्रतिवेदन (पूर्णपाठ) सोमबार, असोज १९, २०८३
चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह सोमबार, असोज १९, २०८३
शालिक गौतमले गरे युरोप क्लस्टरको कांग्रेस केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशनको बन्द सत्र सुरु, तीन छुट्टाछुट्टै हलमा छलफल सोमबार, असोज १९, २०८३
कांग्रेस महामन्त्रीमा डिलाले गरिन् उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्