काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ। अघिल्लो दिन बुधबार ८०० रुपैयाँले घटेको सुनको मूल्य बिहीबार ४०० रुपैयाँले बढेको हो।
तोलामा ४०० रुपैयाँले बढेपछि नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ प्रतितोला पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ पुगेको छ।
यसअघि बुधबार छापावाल सुनको मूल्य ९७ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ थियो।
बिहीबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला १ हजार २६५ पुगेको छ। यसअघि बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २५० रुपैयाँ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।