नयाँदिल्ली–भारत र बंगलादेशबीच तेस्रो रेल सेवा सुरु भएको छ। यो द्विदेशीय रेल सेवाको सुरुआत दुवै देशका अधिकारीहरूले झण्डा फहराएर गरेका हुन्।
पश्चिम बङ्गालको न्यू जलपाइगुडीबाट बंगलादेशको राजधानी ढाका पुग्ने मिताली एक्सप्रेसलाई भारतका रेलमन्त्री अश्विनी वैष्णव र उनका बंगलादेशी समकक्षी मोहम्मद नुरुल इस्लाम सुजनले आ–आफ्नो देशका झण्डा फहराएर सेवा सुरु गरेका हुन्।
भारत–बंगलादेश रेलसेवाबाट जनता–जनताबीचको सम्पर्कलाई अझ सुदृढ गर्न सहयोग पुग्ने भारतीय रेल मन्त्रालयका प्रवक्ताले बताएका छन्। मिताली एक्सप्रेसको गत मार्च २७ मा दुवै देशका प्रधानमन्त्रीले औपचारिकरूपमा उद्घाटन गरेका थिए । कोभिड–१९ महामारीका कारण सेवा सुरु हुनसकेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।