• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेट छलफल : कार्यान्वयनमा शंका, प्रतिपक्षको आलोचना, सत्तापक्षको समर्थन

64x64
नेपाल लाइभ बुधबार, जेठ १८, २०७९  २०:४९
1140x725

काठमाडौं-संघीय संसदमा जेठ १५ गते सरकारले पेश गरेको बजेटमाथिको छलफल राष्ट्रिय सभामा समाप्त भएको छ भने प्रतिनिधि सभामा जारी छ। माथिल्लो सदन राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ  दिएका छन्। 

बजेटमाथि राष्ट्रिय सभामा सोमबार, मंगलबार र बुधबार गरि तीन दिनसम्म सांसदहरुले आफ्ना धारणा राखे। राष्ट्रिय सभामा बजेट एमसीसीदेखि निर्वाचनमा धाँधली गर्नका लागि ल्याइएको हो कि भन्नेसम्मका प्रश्न अर्थमन्त्री शर्माले खेपे। अघिल्लो दिन आफ्नो दल माअ‍ोवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठको एमसीसीसम्बन्धी प्रश्न सुनेका अर्थमन्त्रीले अन्तिम दिन सत्ता साझेदार नेपाली कांग्रेसदेखि प्रमुख प्रतिपक्षी एमालेका सांसदहरुको प्रश्नसमेत सुने।  
बुधबार जवाफका क्रममा अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गरे। 

सांसदहरुको मुख्य आशंका–‘कार्यान्वयन हुन्छ त?’ 
संघीय संसदका दुवै सदनको छलफलमा भाग लिएका सांसदहरुले बजेट कार्यान्वयनमा आशंका गरे। सत्ता पक्षदेखि प्रतिपक्षसम्मले यही प्रश्न पटक–पटक रोष्ट्रमबाट अर्थमन्त्रीलाई सोधिरहे। नेपालमा हरेक वर्ष बजेटमा राम्रा कार्यक्रम आउने तर कार्यान्वयन कहिल्यै पनि नहुने भएपछि सांसदहरुले यस्तो प्रश्न सोधेका थिए। यसरी सोध्नेमा कुनै समय रातो ब्रिफकेस बोकेर बजेट भाषण गर्ने अर्थमन्त्रीहरु पनि थिए।  प्रतिपक्षमा रहेका पूर्व अर्थमन्त्रीहरुले आलोचनासहित यस्तो प्रश्न उठाए भने सत्तापक्षका पूर्वअर्थमन्त्रीहरुले समर्थनसहित सरकारको बचाउ गरे। 

पूर्व अर्थमन्त्री एवं एमाले सांसद सुरेन्द्र पाण्डेबाट सुरु भएको छलफलका क्रममा करिब ५० सांसदहरुले आफ्ना कुरा राखे। उनले सरकारले अहिले देशमा देखिएको संकट व्यवस्थापन गर्नका लागि बजेटमा कुनै स्पेस नदिएको आरोप लगाए।  

मूल्यवृद्धि, महँगी र आर्थिक मन्दी चुलिन लागेका बेला सरकारले ल्याएको बजेटमा यस्ता समस्या सामाधानका लागि कुनै ठोस योजना नभएको उनको टिप्पणी थियो । 

‘संकटका बेला सरकार प्रतिपक्षलाई हिजो तिमीहरूले यस्तो बजेट ल्याएका थियौं भनेर आरोप लगाएर बसेको छ,’ उनले भने,  ‘हिजो हामीले बजेट ल्याएका बेला देशमा आर्थिक संकट थियो? खाद्यान्नको मूल्य यसरी बढेको  थियो? केही भएको थिएन, देशको अवस्था ठीक थियो।’

सरकारले राजस्व संकलनमा लिएको लक्ष्य पूरा नहुने खालको रहेको उनको भनाइ छ। यस्तै सरकारले हरेक परिवारलाई विद्युतीय चुल्हो बाँड्ने नीति लिएको तर, यो कार्यक्रम चुनावका लागि पैसा उडाउने फण्डा भएको आरोप उनले लगाए। 

उनले हरेक परिवारलाई निःशुल्क चुल्हो बाँड्ने कार्यक्रम अहिलेलाई असम्भव भएको बताए । 

Ncell 2
Ncell 2
nimb
nimb

‘६० लाख परिवारलाई न्यूनतम बेसमा राखेर किन्दा पनि ३० अर्ब रुपैयाँ हुने मैले अनुमान गरेँ। यो हेर्दा लोकप्रिय भए पनि अहिले पूरा गर्न सम्भव देखिँदैन’ पाण्डेले भने। उनीपछि सत्ता पक्षका सांसद शक्ति बस्नेतले बचाउमा तर्क गरे। उनले बजेटका हरेक बुँदामा नियतमाथि शंका गरेर प्रश्न नसोध्न प्रमुख प्रतिपक्षी दलसँग आग्रह गरे। उनले त्यसको परिणामसम्म धैर्य गर्न आग्रह गरे। 

घर बेचेर सहयोग गर्ने सांसदको घोषणा 
बजेटमाथिको छलफलका क्रममा एक सांसदले बजेटले लिएको कार्यक्रम सफल भएमा आफूले घर बेचेर पनि सहयोग गर्ने प्रतिनिधि सभाको रोष्ट्रमबाटै घोषणा गरे। 

सरकारले रुग्ण ८ उद्योग सञ्चालन गर्ने बजेटमार्फत् गरेको घोषणालाई सांसद विमलप्रसाद श्रीवास्तवले चुनौती दिएका हुन्। उनले वीरगञ्जस्थित कृषि औजार कारखाना र चिनी मिल सरकारले यही वर्ष फेरि सञ्चालनमा ल्याए आफूले घर घडेरी बेचेर सहयोग गर्ने टिप्पणी गरे। सरकारले जनतालाई आश्वासनमात्र देखाउन खोजेको भन्दै उनले बजेटमार्फत् घोषणा गरेर ललिपप देखाउने काम भएको दाबी गरे। 

‘यदि घोषणा गरेजस्तै यी दुई उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् भने म धनी छैन, तर मेरो नामको घर छ। बेचेर भए पनि सहयोग गर्छु ’ उनले भने ‘त्यो बेचेर एक डेढ करोड  व्यक्तिगत सहयोग गर्ने घोषणा गर्दछु।’

Xtrem

Xtrem

उनले उद्योग सञ्चालन हुँदा बारा, पर्सा लगायतका किसानलाई टेवा मिल्ने उल्लेख गर्दै त्यसले देशभरिका किसानलाई लाभ हुने बताए। श्रीवास्तवले पर्सामा दिइएको बजेटका अन्य कुराहरु कटौती गरेर भए पनि मल कारखाना सञ्चालन गर्न आग्रह गरे।  

‘सबै नेपालीले नेपालको कपडा लगाउन प्रोत्साहन गरौं’ 
सत्तामा नरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको बजेटको अन्य कार्यक्रमको आलोचना गरे पनि नेपाली उद्योगलाई सहयोग गर्ने कार्यक्रमको भने सर्मथन गरेको छ। राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले बजेटमा हेटौंडाको कपडा उद्योग सञ्चालन गर्ने कुरा राम्रो भएको भन्दै सबै नेपालीलाई नेपालको उत्पादन प्रयोग गर्न सरकारले प्रोत्साहन गर्नुपर्ने बताए।

उनले हेटौंडा कपडा उद्योगले बनाएको कपडा सरकारी कर्मचारीले प्रयोग गर्ने भनिएको तर कहिलेदेखि भनि प्रष्ट नहुँदा कार्यान्वयन नहुने हो कि भन्ने आशंका रहेको बताए। ‘हेटौंडाबाट नेपाली कपडा उत्पादन  गर्ने र सरकारी कर्मचारीले लगाउने कुरा बजेटमा त समावेश भयो तर उद्योग सञ्चालन हुनेमा कुनै मोडालिटी छैन’ उनले प्रश्न गरे ‘यो खाली सपना देखाउनेमात्र त हुने होइन?’ 

उनले एकै घण्टामा चितवन पुग्ने कुरा राम्रो भए पनि कार्यान्वयनमा चुनौती भएकाले जनतालाई भुल्याउनका लागि मात्र ल्याएको हो कि भनि आशंका गरे। विद्युतीय चुल्हो वितरणको पनि प्रश्न बाँकी रहेको भन्दै लिङदेनले नेपालमा यसरी विद्युतीय चुल्हो वितरण सम्भव छ कि छैन र कमिसनको खेल त हैन भन्ने प्रश्न देखिएको उनले बताए। 

अर्थमन्त्रीको जवाफ : चुनावदेखि किसान पेन्सनसम्म 
प्रतिनिधि सभाको छलफल सुनेर राष्ट्रिय सभा पुगेका अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनको प्रतिबद्धता जनाए। राष्ट्रिय सभामा चुनावलक्षित बजेट हो कि भनि गरिएको आशंकालाई पनि उनले निवारण गर्नेे प्रयास गरे। उनले विद्युतीय चुलो वितरण निर्वाचनलक्षित हुने हो कि भनेर एमाले सांसदले गरेको आशंकामा प्रतिपक्षलाई पनि सँगै लिएर वितरण गर्न सकिने जवाफ दिए। उनले देशको आर्थिक अवस्था उकास्नका लागि कृषिमा बजेट बढाइएको भन्दै आयात घटाउने लक्ष्य राखेर बजेट ल्याएको दाबी गरे। उनले निर्वाचनलक्षित गरेर कुनै पनि कार्यक्रम बजेटमा नभएको जवाफ दिए।

चुनावसँग बजेटको कुनै साइनो नभएको उनको टिप्पणी थियो। 

अर्थमन्त्री शर्माले अहिलेको आर्थिक अवस्था सुधार गर्ने अनि विकास खर्च बढाउने  कार्यक्रम बजेटमा भएको बताए। ‘जति कार्यक्रमहरु बजेटमा छन् ती सबै गरिबी कम गर्ने र देशमा रोजगारी सिर्जनाका लागि हुन्,’ उनले भने ‘बजेटमा कहीँ पनि निर्वाचनका लागि भनि कार्यक्रम उल्लेख भएका छैनन्।’ 

पर्यटन विकासका लागि पनि बजेटमा योजना आएको शर्माले बताए। उनले सुदूरपश्चिमबाट केही, लुम्बिनी र सगरमाथाबाट केही उपलव्धी हासिल गर्ने प्रयास सरकारले गरेको दाबी गरे। सबैलाई सीपयुक्त बनाउने कुरा पनि बजेटमा गरिएको भन्दै उनले सांसदहरुको आलोचनाको प्रतिरक्षा गरे। 

मन्त्री शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रम पनि कृषिमा आधारित क्षेत्रको केन्द्रित भएको दाबी गरे। श्रमको अभाव कम गर्न र विदेशमा ३० हजार कमाउन जाने भन्दा यही २० हजार कमाउन बस्ने लक्ष्य सरकारले राखेको उनले दाबी गरे। उनले कृषिलाई सम्मानको पेसा बनाउन पेन्सन दिनेलगायतका कार्यक्रम समेटिएको बताए। उनले काठमाडौंमा मात्र अस्पताल निर्माण हुनुपर्ने तर पहाड र मधेशमा आवश्यकता नभएको हो र ? भन्दै सबै क्षेत्रमा विकास गर्ने लक्ष्य राखिएको दाबी गरे। बजेटमाथिको छलफल प्रतिनिधि सभामा भने बिहीबार पनि जारी रहनेछ। 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  २०:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
राष्ट्र बैंकले ३० करोड थान २ रुपैयाँका सिक्का टकमारी गर्ने नेपाल राष्ट्र बैंकले २ रुपैयाँ दरका ३० करोड थान चल्तीका सिक्का टकमारी गरी आपूर्ति गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। राष्ट... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्