काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले चुनावसँग बजेटको कुनै साइनो नभएको टिप्पणी गरेका छन्। राष्ट्रिय सभामा सासदहरूले उठाएको प्रश्नमा जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेटमा अहिलेको आर्थिक अवस्था सुधार गर्ने र विकास खर्च बढाउने कार्यक्रम ल्याएको दावी गरे।
‘जति कार्यक्रमहरू बजेटमा छन्, ति सबै गरिबी कम गर्ने र देशमा रोजगारी सिर्जनाका गर्ने खालका छन्,’ उनले भने, ‘बजेटमा कहिँ पनि निर्वाचनका लागि भनि कार्यक्रम उल्लेख भएका छैनन्।’
पर्यटनको विकासका लागि पनि बजेटमा योजना आएको दावी गरेका छन्। उनले सुदूरपश्चिमबाट केही, लुम्बीनी र सगरमाथावाट केही उपलव्धी हासिल गर्ने प्रयास सरकारले गरेको दावी गरे।
सबैलाई सीपयुक्त बनाउने कुरा पनि बजेटमा गरिएको भन्दै उनले सांसदहरूको आलोचनाको बचाउ गरे। उनले प्रधानमन्त्री रोजगार कार्यक्रम पनि कृषिमा आधारित क्षेत्रमा हुने उनले दावी गरे।
श्रमको अभाव कम गर्न र विदेशमा ३० हजार कमाउन जाने भन्दा यहि २० हजार कमाउने वातावरण सरकारले तय गर्ने उनको भनाइ छ। उनले कृषिलाई सम्मानको पेशा बनाउन पेन्सन दिनेदेखि अन्य कार्यक्रम ल्याएको बताए।
उनले काठमाडौंमा मात्र अस्पताल निर्माण हुनुपर्ने तर पहाड र मधेशमा आवश्यकता नभएको हो र? भन्दै सबै क्षेत्रमा विकास गर्ने लक्ष्य बजेटले राखेको दावी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।