काठमाडौं– जोन योञ्जनको निर्देशनमा बन्न लागेको फिल्म ‘आँखा’को औपचारिक घोषणा भएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्म घोषणा भएको हो।
सामाजिक कथावस्तुमा बन्ने भनिएको फिल्ममा निशा अधिकारी, आरके मेहता, अस्मिता लामिछाने मुख्य भूमिकामा छन्। सँगै बुद्धि तामाङ, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभय बराल, राजन खतिवडा, विजय बराललगायतका कलाकारको अभिनय रहनेछ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक योञ्जनले फिल्मले नेपाली समाजको वास्तविकता चित्रण गर्ने बताए। त्यस्तै, अभिनेत्री निशा अधिकारीले फिल्मको कथा आफूलाई पहिलो भेटमै चित्त बुझेपछि काम गर्न तयार भएको बताइन्।
फिल्मलाई आकोश शुक्लाले खिच्दै छन्। फिल्म २०८० मा प्रदर्शन गरिने लक्ष्य लिइएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।