• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सशस्त्रका चार सिपाहीविरुद्ध पक्राउ पूर्जी जारी, हतियार तस्करसँग कनेक्सनको आरोप

64x64
नारायण अधिकारी मंगलबार, जेठ १०, २०७९  २०:५०
1140x725

काठमाडौं– हतियार सप्लाई गर्ने गरेको आरोपमा सशस्त्र प्रहरी बलका चार जना सिपाही/हवल्दारविरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

सशस्त्र प्रहरी बलको प्रदेश २ स्थित छिन्नमस्ता बाहिनीका प्रमुख तथा डीआईजी गणेश ठाडामगरको निर्देशनमा खटिएका चारजना सादा पोसाकका सिपाही/हवल्दारविरुद्ध जिल्ला अदालत बाराले पक्राउ पूर्जी जारी गरेको हो। 

'इन्टेलिजेन्स' बाहेक सादा पोशाकमा सुरक्षाकर्मी खटाउन नपाइने सशस्त्र हेडक्वाटरको आदेशविपरित डीआईजी ठाडामगरले सादा पोशाकमा सुरक्षाकर्मी खटाएका थिए। उनै ठाडामगरले खटाएका चारजना सुरक्षाकर्मीविरुद्ध अहिले जिल्ला प्रहरी कार्यालय बाराको सिफारिसरमा जिल्ला अदालत बाराले पक्राउ पूर्जी जारी गरेको छ। 

आफ्ना चार जना निर्दोष सिपाहीविरुद्ध हतियार सप्लाई जस्तो गम्भीर आरोपमा पक्राउ पूर्जी जारी भएपछि सशस्त्र हेडक्वाटरले यसलाई गम्भीर रुपमा लिएर छानबिन सुरु गरेको छ।

तराईका विभिन्न जिल्लाहरुमा सुरक्षा निकायले आपराधिक गिरोहको संरक्षणका साथ अवैध धन्दाबाट रकम आर्जन गर्ने गरेको आरोप लाग्ने गरेको बेला यस्तो घटना सार्वजनिक भएको हो।

घटना स्थानीय तह निर्वाचन भन्दा केही दिन अघिको हो। स्रोतका अनुसार ठाडामगरले सादा पोशाकमा खटाउँदै आएका सुरक्षाकर्मीलाई काम खोई, काम चाहियो भन्दै प्रेसर दिएका थिए। त्यसपछि डीआईजी ठाडामगरको निर्देशनमा खटिएका सहायक हवल्दार सागर झाले हाकिमको प्रेसर आएपछि पेस्तोल किन्ने भन्दै एक भारतीय नागरिक लालबाबु कुसहवासँग सम्पर्क गरेर हतियार बारामा ल्याइदिन आग्रह गरेका थिए। 

भारत मोतिहार भलेवाहका कुसहवा हतियार सप्लाईमा निपूर्ण मानिन्छन्। उनकै योजनामा मध्य तराईमा हतियार सप्लाई हुने गरेको स्रोत बताउँछ।

भारतीय नागरिक कुसहवाले बेच्नका लागि हतियार ल्याउँछन् त्यहीबेला उनलाई हतियारसहित पक्राउ गरिएको भनेर काम देखाउने उद्देश्यले ठाडामगरले खटाएका सादा पोशाकका घुमुवामा बारा पुगेका थिए।

Ncell 2
Ncell 2

सहायक हवल्दार झासँगै सशस्त्रका सिपाही आत्माराम राउत, सुनिल यादव र अशोक सोनार बारा पुगेका थिए। तर, सशस्त्रका घुमुवाले भारतबाट पेस्तोल लिएर बारा आउँदै गरेका कुसहवालाई पक्राउ गर्नुको साटो उनीहरुभन्दा पहिला बारा प्रहरीले उनलाई पेस्तोलसहित नियन्त्रणमा लियो। 

बाराको सिम्रनगौढ नगरपालिका–९ बा कुसहवा १ थान पेस्तोलसहित पक्राउ गरेका थिए। कुसहवालाई पक्राउ गरेपछि बारा प्रहरीले उनलाई हतियार सप्लाई गर्ने अरु को–को छन् उनीहरुलाई पनि हतियार लिएर आउन भनेर बोलाउन लगाएका थिए।

कुसहवाले भारतमा रहेका आफ्ना दुई साथीलाई पेस्तोल किन्ने मान्छे रेडी भएको भन्दै दुई थान पेस्तोल लिएर आउन निर्देशन दिएका थिए। कुसहवा पक्राउ परेको भोलिपल्ट उनीहरु दुई थान पेस्तोल लिएर बारा आउँदै गर्दा प्रहरीको फन्दामा परे। 

पक्राउ परेका भारतीय नागरिकसँगको सोधपुछबाट यो घटनामा सशस्त्र प्रहरीका चार जना हवल्दार/सिपाहीको संलग्नता रहेको खुलेको हो। 

भारतीय नागरिकलाई पेस्तोलसहित पक्राउ गरेपछि उनीहरुले सशस्त्र प्रहरीका चार जनाको नाम लिएका थिए। त्यसपछि उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको हो।

यो घटनामा डीआईजी ठाडामगरले गम्भीर गल्ती गरेको भन्दै हेडक्वाटरले गुपचुपमा छानबिन प्रक्रिया अघि बढाएको छ। घटनाबारे ठाडामगरसँग प्रतिक्रिया लिने प्रयास सफल हुन सकेन। सशस्त्रका प्रवक्ता तथा डीआइजी विदूर खड्काले भने यस घटनाबारे आफूलाई जानकारी नै नभएको भन्दै पन्छिए। 

यता प्रहरीले भने सशस्त्रलाई पक्राउ परेका चार जना सुरक्षाकर्मीलाई बुझाउन भन्दै परिपत्र गरेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्