काठमाडौं- श्रीलंकामा सरकारका समर्थक र विपक्षीबीच भएको हिंसात्मक झडपमा सत्तारुढ दलका एक सांसदको मृत्यु भएको छ।
सत्तारुढ दलका सांसद अमरकीर्ति अथुकोरालाले सोमबार सरकार विरोधी प्रदर्शनकारीमाथि गोली चलाएर आफूलाई गोली हानेर आत्महत्या गरेका हुन्। समाचार एजेन्सी एएफपीका अनुसार कोलम्बोको बाहिरी क्षेत्रमा घटना भएको हो।
अमरकीर्तिले निताम्बुआमा आफ्नो कार रोक्न खोजिरहेका दुई व्यक्तिमाथि गोली चलाएको प्रहरीले जनाएको छ। गोली लागेर एक जनाको मृत्यु भएको छ।
त्यसपछि आक्रोशित भिडबाट बच्न सांसदले नजिकैको भवनमा लुक्ने प्रयास गरेका थिए। तर, आक्रोशित भिडले पूरै भवनलाई घेरा हालेका थिए। घेरेको देखेर सांसदले आफैंलाई गोली हानेका थिए, जसका कारण उनको घटनास्थलमै मृत्यु भएको थियो।
श्रीलंकामा सोमबारदेखि सरकार समर्थक र विपक्षीबीच झडप सुरु भएको छ। कोलम्बोमा भएको झडपमा १३८ जना घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।