काठमाडौं– गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार फाइनलमा प्रवेश गरेका छन्।
गोल्डेनगेटले नाथमलाई ६१–५३ ले पराजित गर्यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले १९ अंक योगदान गरे।
अर्को सेमिफाइनलमा रवि पौडेलको १४ अंक सहयोगमा जेभियरले आयोजक क्वेस्ट इन्टरनेसनल कलेजलाई ५०–२७ ले हरायो। चौथो क्वाटर १०–१० को बराबरीमा टुंगियो भने बाँकीमा जेभियर अगाडि रह्यो । जेभियरले पहिलोमा १०–६, दोस्रोमा २१–८ र तेस्रोमा मा ९–३ को प्रदर्शन गर्यो।
गर्ल्सतर्फ नाथम र शुभश्रीले फाइनलमा भिडन्त पक्का गरिसकेका छन्। राउन्ड रोविन लिगमा नाथम पहिलो र शुभश्री दोस्रो हुँदै फाइनल पुगेका हुन्। फाइनल सोमबार हुनेछ।
ब्वाइजको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्नेछ। गर्ल्समा पहिलो हुनेले ३० हजार र दोस्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुवैका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।