काठमाडौं– इङ्लिस क्लब चेल्सीका कप्तान तथा डिफेन्डर सेजर एज्पिलिक्वेटा अनुबन्ध गर्न स्पेनिस क्लब बार्सिलोना सहमत भएको छ।
स्पेनिस डिफेन्डर सेजरसँग दुई वर्षको सम्झौता गर्न बार्सिलोनाले सहमति जनाएको हो।
३२ वर्षीय डिफेन्डर सेजरलाई एक सिजन बराबर ११ मिलियन युरो दिने गरी बार्सिलोनाले सहमति जनाएको डेली मेलले जनाएको छ।
चेल्सीसँग सेजरको सम्झौता यसै सिजनको अन्तिममा सकिँदैछ। सेजर २०१२ मा मार्सेबाट चेल्सी आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।