काठमाडौं– बलिउड अभिनेता रणविर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको फिल्म ‘ब्रह्मास्त्र’ विश्व चर्चित फिल्म निर्माता तथा वितरक डिज्नी स्टुडियाको ग्लोबल रिलिज क्यालेण्डरमा सामेल भएको छ।
फिल्मको निर्माण पक्षले फिल्म डिज्नीको ग्लोबल रिलिज क्यालेण्डरमा सामेल भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ।
‘ब्रह्मास्त्र’ पहिलो भारतीय फिल्म हो जसलाई यो स्थान दिइएको छ। योसँगै यो साइन्स फिक्सन फिल्म ९ सेप्टेम्बरमा विश्वव्यापी रुपमा प्रदर्शनमा आउने छ।
डिज्नी स्टुडियो पिक्चर्सको ग्लोबल रिलिज क्यालेण्डरमा २०२२ मा ‘ब्रह्मास्त्र’सँगै हलिउडा चर्चित फिल्महरु ‘अवतारः द वे अफ वाटर’, ‘थोरः लव एण्ड थण्डर’ र ‘ब्ल्याक प्यान्थरः वाकाण्डा फरएभर’ समेत सामेल छन्। यी फिल्महरु पनि डिज्नीको ब्यानरमा यही वर्ष प्रदर्शनमा आउनेछन्।
रणविरको फिल्म ‘ब्रह्मास्त्र’लाई फक्स स्टार स्टुडियोले निर्माण गरेको हो। यो फिल्म तीन वटा फिल्म श्रृङ्खलाको पहिलो भाग हो जसलाई ‘शिवा’ नाम दिइएको छ।
एकातिर डिज्नीको ग्लोबल रिलिज क्यालेण्डरमा सामेल हुने पहिलो फिल्म बनेर इतिहास रचेको ‘ब्रह्मास्त्र’ आलिया भट्ट र रणविर कपुर पर्दामा देखिने पहिलो फिल्म पनि हो। फिल्ममा रणविर ‘शिवा’ र अलिया ‘इशा’को भूमिकामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।