काठमाडौं- फुटबलको सर्वोच्च निकाय फिफाले यस वर्ष कतारमा आयोजना हुने विश्वकप फाइनलका लागि ३० लाख टिकटको माग भएको बताएको छ।
डिसेम्बर १८ मा दोहाको लुसेल स्टेडियममा हुने फाइनलका लागि सहरमा कुनै पनि होटल खाली रहने छैन।
यसबाहेक समूह चरणको बीचमा हुने खेलका लागि पनि ठूलो संख्यामा टिकटको माग भइरहेको छ।
एसोसिएटेड प्रेसले जारी गरेको तथ्यांकअनुसार नोभेम्बर २६ मा ८० हजार क्षमताको लुसेल स्टेडियममा हुने अर्जेन्टिना र मेक्सिकोबीचको खेलका लागि २५ लाख टिकट माग भएको छ।
त्यसैगरी, त्यसको एक दिन अगाडि १४ लाख दर्शक इङ्ल्यान्ड र अमेरिकाको खेल हेर्न चाहन्छन्। उक्त खेल ६० हजार दर्शक क्षमता रहेको अल बायात स्टेडियम हुने छ।
यस वर्ष नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म चल्ने प्रतियोगिताको दोस्रो चरणको टिकट बिक्रीमा अमेरिका, इङ्ल्यान्ड र कतारबाट २० लाखभन्दा बढी माग भएको छ।
फिफासँग फाइनलका लागि ३० लाख टिकट माग भएको छ भने अन्तर्राष्ट्रिय फ्यानका लागि २०१८ को फाइनलको तुलनामा ४६ प्रतिशतले मूल्य बढाइएको छ ।
यस पटकको फुटबल प्रतियोगिताको सबैभन्दा महँगो टिकट १२ लाख रुपैयाँ (१६०७ डलर) राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।