काठमाडौं- घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सी इङग्लिस प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ।
शनिबार सम्पन्न खेलमा चेल्सीले उल्भ्ससँग २-२ गोलको बराबरी खेलेको हो। खेलको ५६औं मिनेटमा रोमेलु लुकाकुले पेनाल्टीबाट गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए।
५८औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई २-० को अग्रता दिलाए। ७९औं मिनेटमा फ्रान्सिस्को ट्रीन्काओले गोल गर्दै उल्भ्सलाई २-१ को स्थितिमा ल्याए।
त्यसपछि खेलको इन्जुरी समयमा कोनोर कोडीले गोल गर्दै उल्भ्सलाई २-२ गोलको बराबरीमा ल्याए। बराबरीसँगै तेस्रो स्थानमा रहेको चेल्सीले ३५ खेलमा ६७ अंक जोडेको छ। उल्भ्स ५० अंक जोडेर आठौं स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।