काठमाडौं- इङग्लिस प्रिमियर लिगमा मर्सिसाइड क्लब लिभरपुलको उपाधि जित्ने अभियानमा ठूलो धक्का पुगेको छ।
शनिबार एनफिल्डमा सम्पन्न खेलमा टोटनहमसँग १–१ को बराबरी खेलेपछि लिभरपुलको अभियान कठिन बनेको हो।
जितपछि लिभरपुल लिग तालिकाको शीर्ष स्थानमा उक्ले पनि उसलाई म्यानचेस्टर सिटीको उछिन्न सक्नेछ।
दुवै टिम समान ८३ अंकमा छन् र सिटीले एक खेल कम खेलेका छ। शनिबार भएको खेलमा टोटनहमले सन ह्वेङ–मिनको गोलले अग्रता लिएको थियो। लिभरपुलका लागि लुइस डिजायले बरारबी गोल फर्काए।
खेलको ५६औं मिनेटमा सनले गोल गर्दै अग्रता दिलाएका थिए। तर ७४ औं मिनेटमा डियाजले बराबरी गोल फर्काए।
लिभरपुल पछिल्ला १६ खेलमा अपराजित रहेको छ। जसमा टोलीले १३ जित र ३ बराबरी खेलेको छ। ३५ खेलपछि लिभरपुलको ८३ अंक रहेको छ भने एक खेल कम खेलेको सिटीको समान अंक छ।
शनिबारकै अर्को खेलमा ब्राइटनले म्यानचेस्टर युनाइटेडलाई ४–० ले हराएको छ। यसले म्यानचेस्टरको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सपना अधुरो रहने सम्भावना बढेको छ।
अन्य खेलमा क्रिस्टल प्यालेसले वाटफोर्डलाई १–०, एस्टन भिल्लाले बर्नलीलाई ३–१ र ब्रेन्टफोर्डले साउथह्याम्पटनलाई ३–० ले हरायो। हारले वाटफोर्ड प्रिमियर लिगबाट रेलिगेसनमा पर्ने दोस्रो टिम बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।