काठमाडौं– अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी)को १३औं संस्करणमा तीन सयभन्दा बढी खेलाडीक सहभागी हुने भएका छन्।
प्रतियागिता मे १३ र १४ तारिकमा अमेरिकाको मिचिगन राज्यमा हुँदै छ। च्याम्पियनसिपका लागि मे दश तारिक सम्म खेलाडी दर्ता खुला छ। तर ६ तारिक सम्ममा तीन सय भन्दा बढी खेलाडीले नाम दर्ता गराइसकेको आइओएफटीसीको स्थानीय इभेन्ट म्यानेजर अमुल गोर्खालीको भनाइ छ।
च्याम्पियनसिपमा अहिले सम्म अमेरिका बाहेक आठ देशका खेलाडीले प्रतिस्पर्धाका लागि नाम दर्ता गराएका छन्। अमेरिका भित्र पनि मिचिगन बाहेक ११ राज्यका खेलाडीले सहभागिता जनाउँदै छन्।
गोर्खालीका अनुसार अमेरिका विभिन्न राज्यबाट नेपाली खेलाडी मात्र ३२ जनाले अहिले सम्म नाम दर्ता गराएका छन्। त्यस पछि क्यानडाबाट एक नेपालीसहित १३ खेलाडीको सहभागिताको टुङ्गो लागेको छ। मेक्सिको, कतार, भारत, दक्षिण कोरिया, फिलिपिन्सबाट पनि खेलाडीले भाग लिने छन्।
नेपालबाट अहिलेसम्म दुई खेलाडीले भिसा पाए पनि उनीहरुको सहभागिता पक्का भइनसकेको जनाइएको छ। प्रतियोगिता जुनियर र सिनियर गरी दुई समूहमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।