काठमाडौं– अमेरिकी अर्वपति टोड बोहलीले इङ्लिस प्रिमियर लिग क्लब चेल्सी किनेका छन्। टोडले ४.२५ विलियन पाउण्डमा चेल्सी क्लब खरिद गरेको हो।
चेल्सीले शनिबार एक विज्ञप्ति जारी गर्दै टोडको नेतृत्वमा रहेको कम्पनीले क्लब किनेको जनाकारी दिएको छ।
उनी एलए डजर्स बेसबल टोलीका सह-मालिक हुन्। नयाँ मालिकले चेल्सीको सेयरका लागि २.५ विलियन तिर्नुपर्ने हुन्छ।
चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले गत महिना क्लब बेच्ने घोषणा गरेका थिए।
युक्रेनमाथि रुसले आक्रमण थालेपछि बेलायतले उनीमाथि प्रतिबन्ध लगाएको थियोे। जस कारण उनले क्लब बेच्ने निर्णय गरेका हुन्।
रोमनले २००४ मा चेल्सी किनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।