काठमाडौं– विभागीय टोली त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको अन्तिम खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो।
आर्मीले पुलिसमाथि २५-१८, २५-२३ र २५-२० को सेटमा जित निकालेको हो। आर्मी पहिलो पटक च्याम्पियन बनेको हो। उपाधिसँगै आर्मीले नगद ६ लाख प्राप्त गरेको छ।
उपविजेता पुलिसले ३ लाख प्राप्त गर्दा तेस्रो बनेको एपीएफले १ लाख ५० हजार र चौथो एभरेस्टले ७५ हजार प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।