काठमाडौं– दिवाकर भट्टराईको फिल्म ‘हनीबनी’मा अभिनेत्री जसिता गुरुङ पक्का भएकी छिन्। गुरुङ र निर्देशक भट्टराईले सम्झौता गर्दै उनलाई फिल्ममा भित्र्याइएको हो।
सुरुवातमा फिल्ममा सारा श्रीपाइलीले अभिनय गर्ने भनिएको थियो। तर, विविध कारणले सारा केही दिनअघि फिल्मबाट बाहिरिएकी थिइन्।
फिल्मको निर्माण पक्षले लण्डनमा छायांकन हुने फिलमका लागि अभिनेत्रीलाई भिसा उपलब्ध नभएकाले विकल्प खोज्नु परेको बताएको थियो। सारासँगै फिल्मका मुख्य अभिनेता अनमोल केसी पनि बाहिरिएका थिए।
लिड कलाकार नै बाहिरिएपछिको अवस्थामा रहेको फिल्ममा अब भने जसिताको इन्ट्री भएको छ। हाल लण्डन पुगेका फिल्मका निर्देशक भट्टराई र त्यही रहेकी अभिनेत्रीबीच सम्झौता भएको छ। फिल्म केही समयमै छायांकनमा जाने निर्माण पक्षले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।