काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरेको छ।
राखेपले शनिबार एक कार्यक्रममा गर्दै नवौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरेको हो।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, राखेपका सदस्यसचिब टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाले लोगो र मस्कट सार्वजनिक गरेका हुन्।

यस्तै, नवौंको नारा समेत सार्वजनिक गरिएको छ। 'एकताबद्ध देश, खेलकुदको सन्देश' नारा रहेको छ।
लोगो र मस्कट खुल्ला छनोट खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको हो। लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन्। नारा सुयोग्य राज काफ्लेले रचना गरेका हुन्।
लोगो डिजाइन गरेका भोलानाथले पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै, मस्कट डिजाइन गरेवापत उनले २५ हजार पाए। नारा बनाउने काफ्लेले १० हजार प्राप्त गरे।
नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ। नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिएको छ। यस्तै, दुई प्रर्दशनी खेल आयोजना गरिने छ।

नवौं राष्ट्रिय खेलकुदमा एथलेटिक्स, ब्याडमिन्टन, टेबल टेनिस, क्रिकेट, फुटबल, टेनिस, हक्की, बक्सिङ, भलिबल, जिम्नास्टिक, कबड्डी, भारत्तोलन, सुटिङ, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई समावेश गरिएको छ।
जसमा ठेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा नवौंमा राष्ट्रिय खेलकुदमा समावेश गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।