काठमाडौं– जिनोआले इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टस्लाई पराजित गरेको छ। शुक्रबार राति सम्पन्न खेलमा जिनोआले युभेन्टस्लाई २–१ गोल अन्तरले पराजित गरेको हो।
खेलको ४८औं मिनेटमा पाउलो डिबलाले गोल गर्दै युभेन्टस्लाई सुरुआती अग्रता दिलाएका थिए। तर,८७ औं मिनेटमा अल्बर्टले गोल गर्दै जिनोआलाई खेलमा फर्काए।
त्यसपछि खेलको इन्जुरी समयमा डोमिनिकोले गोल गर्दै जिनोआलाई २–१ को जित दिलाए। जितसँगै १९औं स्थानमा रहेको जिनोआले ३६ खेलमा २८ अंक जोडेको छ।
युभेन्टस् ६९ अंक जोडेर चौंथो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।