काठमाडाैं-विभागीय नेपाल एपीएफ क्लबले छैटौं आरबीबी एनभीए राष्ट्रिय लिग भलिबल अन्तर्गत महिलातर्फ न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको खेलमा एपीएफले न्यू डायमण्डलाई २५–१९, २५–१० र २५–९ ले पराजित गरेको हो।
यो जितसँगै एपीएफको चार खेलबाट ९ अंक पुगेको छ। न्यू डायमण्डले चार खेलबाट १ अंक जोडेको छ। पुलिसको ३ खेलबाट ९ तथा एभरेस्टको २ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।