काठमाडौं- चीनको हाङ्जाउमा हुने भनिएको १९औं एसियन गेम्स स्थगित भएको छ। एसियाली ओलम्पिक काउन्सिलले प्रतियोगिता स्थगित भएको जानकारी दिएको हो।
चिनियाँ ओलम्पिक कमिटी र हाङजाउ एसियन गेम्स आयोजक कमिटी तथा एसियाली ओलम्पिक काउन्सिलको कार्यकारी समितिको छलफल पछि शुक्रबार प्रतियोगिता स्थगन गर्ने निर्णय गरेको हो।
चीनको हाङजाउमा १९ देखि २५ सेप्टेम्बरमा प्रतियोगिताहरु हुने तय थियो। प्रतियोगिता कहिले हुने भन्ने बारे कुनै टुंगो भने लागिसकेको छैन।
एसियाली ओलम्पिक काउन्सिल, चिनियाँ ओलम्पिक कमिटी र हाङजाउ एसियन गेम्स आयोजक कमिटीले निकट भविष्यमा नै नयाँ मिति तय हुने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।