काठमाडौं– दीपेन्द्र के खनालले निर्देशन रहेको फिल्म ‘के घर के डेरा’को शुभमूर्हत भएको छ। शुक्रबार उक्त फिल्मको शुभमूर्हत गर्दै छायांकन सुरु गरिएको।
खनालले ‘पशुपतिप्रसाद’, ‘आमा’जस्ता प्रभावशाली फिल्मको निर्देशन गरिसकेका छन्। ‘ए प्लस इन्टरटेन्मेन्ट’को प्रस्तुति रहेको फिल्म वैशाखको तेस्रो साताबाट छायांकन सुरु भएको छ।
फिल्ममा दयाहाङ राई, विपीन कार्की, रवीन्द्र झा, वर्षा राउतलगायतको कलाकारको अभिनय रहने छ। हास्यव्यंग्य र सामाजिक विषयवस्तु समेटिएको फिल्ममा डेरामा बस्ने घर नभएका र डेरा लगाउने घर भएकाहरु दुवै वर्गको कथालाई समेटिएको निर्देशन खनालले जनाएका छन्। फिल्मको सम्पूर्ण छायांकन काठमाडौंमै हुने बताइएको छ।
फिल्ममा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद रहेको छ। फिल्ममा लगानी भने शरद श्रेष्ठ, राजिव श्रेष्ठ र किरण महर्जनको रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।