काठमाडौं– इङ्लिस क्लब लेस्टर सिटीलाई पराजित गर्दै इटालियन क्लब रोमा युरोपा कन्फ्रेन्स लिगको उपाधिनजिक पुगेको छ।
घरेलु मैदानमा बिहीबार राति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा १–० को जित निकाल्दै समग्रमा २–१ को जितसहित रोमा फाइनलमा प्रवेश गरेको हो।
रोमामा भएको खेलमा घरेलु टोलीको जितमा पहिलो हाफमा ट्याम्मी अब्राहमले गरेको गोल नै निर्णायक बन्यो। उनले ११औं मिनेटमा लोरेन्जो पेलिग्रेनीको पासमा गोल गर्न सफल भएका थिए।
अर्काे खेलमा डच क्लब फियोनुर्डले दोस्रो लेगमा फ्रान्सेली क्लब मार्सेलाई गोलरहित बराबरीमा रोक्दै फाइनलमा स्थान बनाउन सफल भएको छ। फियोनुर्डलाई पहिलो लेगको ३–२ को नतिजा नै फाइनल पुग्न पर्याप्त बन्यो।
अब रोमा र फियोनुर्डबीचको फाइनल २५ मेको राति हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।