काठमाडौं– बलिउडका कलाकारद्वय मलाइका अरोडा र अर्जुन कपुर आफ्नो प्रेम सम्बन्धलाई लिएर चर्चामा छाइरहन्छन्। अहिले भने उनीहरु प्रेमभन्दा एक चरण माथिको सम्बन्धलाई लिएर चर्चामा आएका छन्। उनीहरु दुवैले आफ्नो प्रेम सम्बन्धलाई अब विवाहमा बदलिने संकेत दिन थालेका छन्।
हालसालै मलाइकाले एक अन्तर्वातामा आफ्नो र अर्जुनको सम्बन्धको भविष्यको बारेमा सोच्न थालेको बताएकी थिइन्। उनले अब के गर्ने भन्ने विषयमा तयारी गरिरहेको बताइन्।
उनले भनिन्, ‘सबैभन्दा महत्त्वपूर्ण कुरा हामी आफ्नो भविष्यसँगै चाहन्छौं। त्यसैले अबको यात्रा र पाइला के हुन्छ भन्नेमा हामी तयारी गरिरहेका छौं। यो यात्रा मेरो लागि पवित्र र महत्त्वपूर्ण हुनेछ।’
मलाइकाको यस्तो भनाईसँगै अहिले उनीहरुको विवाहको विषय चर्चामा आएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरुले छिट्टै नै आफ्नो विवाहको विषयलाई सार्वजनिक गर्ने देखिएको छ।
बलिउडका लबबर्डस् मलाइका र अर्जुन २०१९ देखि आफ्नो सम्बन्धको औपचारिक घोषणा गरेर प्रेममा छन्। पूर्वपति अरबाज खानसँगको सम्बन्ध विच्छेदपछि अर्जुनसँग प्रेम सम्बन्धमा रहेकी मलाइकाको एक छोरा पनि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।