काठमाडौं- सहिद स्मारक ‘सी’ डिभिजन लिगमा खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्रले बराबरी खेल्दै अंक बाडेका छन्।
एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार सम्पन्न दिनको तेस्रो खेलमा खालीबारी र समाज कल्याणले १–१ गोलको बराबरी खेलेका हुन्।
खेलको सुरुआती पाँचौ मिनटमा खेमराज श्रेष्ठले गोल गर्दै समाज कल्याणलाई अग्रता दिलाएका थिए।
तर, ६०औं मिनटमा खालीबारीमा सुदीप केसीले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा सकिएको हो।
यस बराबरीसँगै पाँच खेलबाट खालीबारीले ६ अंक जोडेको छ। यता, समाज कल्याणले ७ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।