काठमाडाैं-प्रगति र पिनाकलले प्रथम ब्राइट फ्युचर एसइइ कप छात्र फुटसल प्रतियोगितामा बिहीबार विजयी सुरुआत गरेका छन्।
ब्राइट फ्युचर सेकेन्डरी स्कुल प्लस टुद्वारा आयोजित प्रतियोगितामा प्रगतिले भ्याली पब्लिकलाई ४–१ तथा पिनाकलले एम्बिसनलाई ६–० गोलले पराजित गरे।
अन्य खेलमा ओरेकल रेले आयोजक ब्राइट फ्युचरलाई ५–०, पाठशालाले हिमालयनलाई २–०, यसश्वीले रिब्सलाई ५–०, एडभान्स इन्टरनेसनल स्कुलले युनाइटेड स्कलर्स एकेडेमीलाई २–१, नेपाल राष्ट्रियले जेसिसलाई ८–०, ध्रुव ताराले एआई स्कुललाई ११–० तथा प्रारम्भले ग्रान्ड एकेडेमीलाई ४–१ गोलले हराए । बालकुञ्ज र जन उद्धारले १–१ तथा महांकाल र ग्रिन भिलेज फाउन्डेसनले ३–३ को बराबरी खेले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।