काठमाडाैं-नासिर याहया हुसैनले २४ औं राष्ट्रिय खुला तथा उमेर समूह प्रतियोगिताको पुरुष २ सय मिटर फ्रिस्टाइलमा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।
सातदोबाटोस्थित पौडी पोखरीमा नासिरले निर्धारित दूरी २ मिनेट ००.९२ सेकेन्डमा पूरा गर्दै शिरिष गुरुङको नाममा रहेको २ मिनेट ०५.७१ सेकेन्डको कीर्तिमान भंग गरेका हुन्। नासिरले हिटमा उक्त टाइमिङ निकालेका हुन्।
फाइनलमा भने नासिरको टाइमिङ २ मिनेट ०१.६० सेकेन्ड रह्यो। प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले उद्घाटन गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।