काठमाडौं–नेपालका सात प्रदेश सम्बन्धितथ ४९ डकुमेन्ट्रीहरुको प्रसारण गरिने टेलिभिजन रियालिटी कार्यक्रम ‘इम्याजिन नेपाल’ आजबाट प्रसारण हुँदैछ। कार्यक्रम आजबाट राती ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ।
प्रकाश कर्णको लेखन तथा निर्देशनमा रहेको यो कार्यक्रममा विभिन्न सात वटा समूहहरुले सात प्रदेशसँग सम्बन्धित डकुमेन्ट्रीहरु बनाउनेछन्।
उनीहरुले बनाएका डकुमेन्ट्रीका आधारमा उनीहरु बीच प्रतिस्पर्धा हुनेछ। यीनै डकुमेन्ट्रीहरुलाई टेलिभिजनमा प्रसारण गरिनेछन्।
कार्यक्रमको लेखन सुरज सुवेदीको रहेको छ भने यसको सम्पादन र रंग संयोजन सुदिप पाण्डेले गरेका छन्।
कार्यक्रममा प्रदेश १ का लागि टिम सहाना, मधेश प्रदेशका लागि टिम घुमन्ते, बागमती प्रदेशका लागि टिम मानसी, गण्डकी प्रदेशका लागि टिम दर्शक, लुम्बिनी प्रदेशका लागि टिम किशोर, कर्णाली प्रदेशका लागि टिम अबिन र सुदुरपश्चिम प्रदेशका लागि टिम नेपाल फुडले भिडियो निर्माण गर्नेछन्। यी सबै निर्माताहरुले आफ्नो आफ्नो तोकिएको प्रदेशसँग सम्बन्धित रहेर त्यहाँको पहिचान, संस्कृति, भुगोललगायतका विशेषता समेटिएको डकुमेन्ट्री बनाउँनेछन्।
१६ भागमा प्रसारण हुने यो कार्यक्रमका मुख्य निर्णायक भुषण दाहाल रहेका छन्। टेलिभिजन प्रस्तोता सुरज सिंह ठकुरी यसका होस्ट र निर्माण संयोजक रहेका छन्। कार्यक्रम राति ९ बजे टेलिभिजनमा प्रसारण भएको एक घण्टापछि १० बजे कार्यक्रमको आधिकारिक युट्युब च्यानल ‘इम्याजिन नेपाल’मा प्रसारण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।