काठमाडौं- गलकोट स्पोर्टस् क्लबले आरबीबी एनभीए क्लब लिग च्याम्पियनसिपको पुरुषतर्फ बिहीबार ढोरपाटन स्पोर्टस् क्लबलाई ३–२ ले पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सम्पन्न खेलमा गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ ले पराजित गरेको हो।
जितसँगै गलकोटको २ अंक भएको छ भने ढोरपाटनको १ अंक भएको छ।
आजै सम्पन्न अर्को खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले नेपाल पुलिस क्लबमाथि २५–२३, २५–२३ र २५–२० को जित निकाल्यो। जितसँगै हेल्प नेपालको ११ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।