काठमाडौं- सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा महाविर र रानीबन स्पोर्ट्स क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।
खेलको दुवै हाफमा महाविर र रानीबनले गोलका लागि केही राम्रा अवर सिर्जना गरेपनि गोलमा परिणत गर्न सकेनन्।
यस बराबरीसँगै ५ खेलबाट महाविरले ८ अंक जोडेको छ। समान खेलबाट रानीबनले ७ अंक जोडेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।