काठमाडौं– अमेरिकी मूलकी बलिउड अभिनेत्री केही समयअघि बेलायती व्यवसायी जर्ज पानायिटुसँग सम्बन्धमा थिइन्।
२०१७ मा इंगेजमेन्ट गरेका उनीहरुले २०२१ मा सम्बन्ध बिच्छेद गरेका थिए। त्यसयता एक्लो रहेकी अभिनेत्री ज्याक्सनले अभिनेता एस वेस्टविकलाई डेट गर्न सुरु गरेकी छिन्।
बेलायती अभिनेता एड वेस्टविक र अभिनेत्री ज्याक्सन हाल एकअर्कासँगको प्रेम सम्बन्धमा छन्। सञ्चारमाध्यमका अनुसार उनीहरु हाल लण्डनमा छन् र एकअर्कालाई डेट गरिरहेका छन्।
अभिनेत्री ज्याक्सन र अभिनेत्रा वेस्टविकको पछिल्लो भेट केही समयअघि साउदी अरबमा भएको ‘रेड सी इन्टरनेसनल’ फिल्म महोत्सवमा भएको थियो। उनीहरुको भेटको तस्बीर निकै चर्चामा आएको थियो।
दुईको हाउभाउले उनीहरु एकअर्कासँग नजिक रहेको र चलिरहेका गसिपहरुले एकअर्कालाई डेट गरिरहेको देखाएपनि दुई मध्ये कसैले हालसम्म यो सम्बन्धको बारेमा औपचारिक घोषणा गरेका छैनन्।
अभिनेत्री ज्याक्सन भारतीय सिनेमामा गरेको अभिनयका कारण चर्चित छिन्। २०१० मा उनले तमिल फिल्म मद्रासपट्टिनमबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्।
त्यस यता उनले तेलगु, हिन्दी र कन्नड फिल्ममा काम गरेकी छिन्। पछिल्लो पटक उनलाई रजनीकान्तको फिल्म ‘२.०’मा देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।