काठमाडौं– युवा ट्रेन्ड सेटरबीच उच्चतम रोजाइको रुपमा पर्न सफल ओपोको एफ सिरिजअन्तर्गत एफ १९ प्रोको मूल्य घटेको छ। यसअघि ३९ हजार ९९० रुपैयाँ पर्ने यो मोबाइलको मूल्यमा ४ हजार रुपैयाँ घटेको हो। अब यो फोनको नयाँ मूल्य ३५ हजार ९९० रुपैयाँ कायम गरिएको छ।
यो मोबाइलमा ३० वाट भीओओसी फ्लास चार्ज ४.० प्रविधि रहेको छ। यस्तै, यसमा रहेको कलरओएस ११.१ ले दैनिककार्य क्षमतालाई बढाउनुका साथै बिना कुनै रोकावट दिनभरिको कार्य सम्पादनमा मद्दत पुर्याउने कम्पनीले जनाएको छ।
जेनेरेशन अपग्रेडका साथ आएको यो फोनमा एआई कलर पोट्र्रेट भिडियो र डुअल भ्यु भिडियो तथा एआईसञ्चालित पोट्र्रेट फोटोग्राफीको सुविधा छ। यसमा ४८ एमपी क्वाड क्यामेरा छ भने ८ एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, दुई एमपी म्याक्रो क्यामेरा, दुई एमपी मोनो क्यामेरा रहेको छ। यस्तै, ३२ एमपी फ्रन्ट फेसिङ क्यामेरा पनि रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।