काठमाडौं– काठमाडौंमा ‘काठमाडौं ट्रयास कलेक्सन रेस २०२२’ गरिएको छ। उक्त मैनादेवी फाउन्डेसनले गरेको कार्यक्रममा कुमारी जबले करियर पार्टनरको रुपमा हातेमालो गरेको थियो।
४०० भन्दा बढी युवाहरुको उत्साहजनक उपस्थिति रहेको उक्त रेस हात्तीसार चोकबाट शुरु भएर सिटी सेन्टर, रातोपुल, सेतोपुल, पुतलीसडक हुँदै पुनः हात्तीसार पुगेर समापन भएको थियो।
दौडँदै सबैभन्दा धेरै फोहोर संकलन गर्न सफल प्रत्येक ५ वटा टिमलाई नगद १० हजार पुरस्कार र पदक प्रदान गरिएको थियो।
दौडमा टिम कफीबाट रामचन्द्र कुमाल र विवेक पोख्रेल, टिम इम्पेरियल बोइजबाट लक्ष्मण गिरी र विश्वामित्र थारु, टिम खवटबाट प्रेमप्रकाश खड्का र जश्विन भाट, टिम पिसफुल डोभबाट सविन राई र निमा रुम्बा तथा टिम द रेभुल्युसनबाट बिनोद जेठारा र शंकर रोकाया विजयी भएका थिए।
यसका साथै कुमारी जबले अन्य मनोरन्जात्मक कार्यक्रमहरु पनि गरेको थियो। जसको विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको कुमारी जबले जनाएको छ। विजेताहरुको घोषणा कुमारी जबको आधिकारिक फेसबुक पेज र इन्स्टाग्राम मार्फत केही दिन पछि गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।